जागरण मिडिया सेन्टर

Home » हाम्रो बारेमा

हाम्रो बारेमा

भित्तेपात्रो

August 2017
M T W T F S S
« Jul    
 123456
78910111213
14151617181920
21222324252627
28293031  

जागरण मिडिया सेन्टर विं.सं २०५७ सालमा दलित समुदायका सक्रिय युवा सञ्चारकर्मीहरूको पहलमा स्थापना गरिएको गैरसरकारी संस्था हो । यस संस्थाले दलित अधिकार सुनिश्चितताका लागि जातीय समानता, मानवअधिकार, लोकतन्त्र, समावेशीकरण, सामाजिक तथा वातावरणीय न्याय र दिगो विपद् व्यवस्थापनका क्षेत्रमा सञ्चार वकालत गर्दै आइरहेको छ ।
जागरण मिडिया सेन्टरले आफ्नो सञ्चार अभियानका क्रममा मानवअधिकार, जातीय समानता, वाताबरणीय न्याय र शान्ति तथा लोकतन्त्रसम्बन्धी रेडियो कार्यक्रमहरूको उत्पादन तथा प्रसारण,“दलन” टेलिश्रृखलाको निर्माण, मिडिया अनुसन्धान, सुचना ब्याङकको स्थापना, पत्रकारिता तालिम, फिचर सेवा, पुस्तक तथा पत्रपत्रिका प्रकाशन, दलित मानवअधिकार उल्ङघनका घटनाहरूको अनुगमन र विभिन्न छलफल तथा अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । साथै जागरण मिडिया सेन्टरको सक्रियतामा रूपन्देही जिल्लाको बुटवलमा सामुदायिक रेडियो जागरण ९३.६ मेगाहर्ज पनि सञ्चालन भइरहेकोे छ ।

16 million listeners regularly tune into Jagaran Media Centers radio programs which are broadcast to target rural Nepalese.

The Jagaran Media Center (JMC) as a non governmental organization was established in 2000 by journalists from the Dalit community in Nepal. The organization advocates to eliminate caste based discrimination, promote a more equitable, inclusive, and accountable democracy, and environmental justice and sustainable disaster risk reduction through media mobilization.

The center has promoted Dalit empowerment by giving Dalits the means to create their own media, and through journalism training, and producing and broadcasting Katwal Radio Magazine (KRM). JMC also operates the radio station Radio Jagaran 93.6 MHz in Rupandehi district, conducts discussion and interaction programs, runs the Dalit Research and Resource Center, Features services, Information Bank, produced the acclaimed television series “Dalan”, and Publishes and distributes books and magazines, and monitor the Dalit human right violation cases.

Vision

Creation of equitable society free from all forms of discriminations.

Mission

Jagaran Media Center (JMC) will be active in the national and international level through different means of media for the promotion and protection of Dalit Human Rights and to abolish every form of discriminations and create equitable society in Nepal.

Guiding principles

1. Pro-rights based approach: JMC will be active using every form of media for social transformations, establishment of rights of the Dalit community and against every form of discriminations as well.

2. Social Harmony: JMC is committed for social harmony respecting caste, religious and cultural differences.

3. Rights to Information and Freedom of Speech: JMC believes that “right to information” is one of the fundamental rights of people. With this backdrop JMC will produce and broadcast informative programs which are important for the population to empower them.

4. Cultured and Prosperous Society: JMC will be active against orthodox tradition and superstition paving ways for cultured and prosperous society.

5. Promotion and Protection of Traditional Skills, Arts and Culture: JMC will advocate against the negative effects of open economy and globalization on traditional culture, skills and occupation of the Dalit community. However, JMC will also promote appropriate technological options in modernizing traditional survival skills and occupations of the Dalit community.

6. Human Rights: JMC will be active in the protection and promotion of Dalit Human Rights, ensuring respectful lives for Dalits.

7. Neutrality in Party Politics: JMC will be active for establishing rights of the Dalit community, but without any affiliation with any of the political parties.

8. Democratic Practice: JMC will follow the democratic practice, and will be active in institutionalizing it in the country.

9. Accountability and Transparency: JMC will be accountable for its activities carried out. JMC will also maintain transparency of activities and budget to all relevant stakeholders. create inclusive society in Nepal.

10. Gender and Social Inclusion: JMC will be actively engaged to end gender based discriminations and to Create Inclusive society in Nepal.


4 Comments

  1. कसैलाई “दलित” भन्न नपाइने कानून पारित गर !!
    —————————————–
    कुनै पनि विवादास्पद विषयवस्तुलाई अब बन्ने संविधानमा नराखिने प्रसँग संविधान सभामा उठिसकेको अवस्थामा “दलित” जस्तो अस्पष्ट, अपमानबोधक र निकृष्ट शब्दले कुनै पनि समुदायलाई इंकित गरेर जातिय भेदभाव निरन्तर कायम राखिरहने प्रपंचको अन्त्य गरिनु पर्छ । यो विषयमा राजनीतिक पार्टीहरु, सरोकारवाला संघ संस्था र निकायहरु तथा माननीय सभासदहरुको गम्भीर ध्यानाकर्षण होस् ।

    “दलित” को बदलामा के भन्ने त ?
    ———————-
    तथाकथित जातियताका आधारमा भेदभाव गरेर राज्यले समेत विगतमा नियम कानून नै बनाएर सामाजिक, आर्थिक, शैक्षिक हरेक क्षेत्रमा पछाडी पारेकोले “जातिय भेदभावको आधारमा पछाडी पारिएका समुदायहरु” भन्ने नाम दिएर गन्धर्व, दमाई, कामी, सार्की, बादी, चमार, डोम, चिढिमार आदि लगायतका समुदायहरुलाई सुचिकृत गरिनु पर्दछ ।

    के “दलित” शब्द हटाउदा दलितका नाममा पाइने आरक्षणको अन्त्य हुन्छ ?
    ———————-
    राज्यले दिने आरक्षण विगतमा राज्यले समेत नियम कानून नै बनाएर केहि समुदायहरुलाई सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक आदि हरेक क्षेत्रमा पछाडी पारेको कारणले ति समुदायहरु अहिलेसम्म पनि पछि परेका हुनाले त्यसैको आधारमा निश्चित समयसम्मका लागि राज्यले क्षतिपूर्ति दिने हो, तथाकथित दलित भएका कारणले होइन । जसरी “आइमाई” शब्दको सट्टा सम्मानित शब्द “महिला” भनिदा महिलाहरुको अधिकार कटौती हुने परिकल्पना गर्न सकिंदैन त्यसैगरी अपमानित शब्द “दलित” को सट्टा सम्मानित भएर आफ्नो अधिकारको दाबी प्रस्तुत गर्दा झन् शशक्त भएर अधिकार स्थापित गर्ने आधार खडा हुन्छ ।

    के “दलित” शब्द नहुँदा एकता टुक्रिन्छ वा हुँदैन ?
    ———————-
    एकता जातिय भेदभावका विरुद्ध गरिनु पर्छ जसमा जो सुकैले पनि सहभागिता जनाउन सक्छन भने जातिय भेदभावको आधारमा पछाडी पारिएका समुदायहरु बढी भेदभावमा परेका भुक्तभोगी भएका कारण स्वत पर्ने नै भए । समाजमा विधमान जातिय भेदभाव हटाउन पिडित र पीडक समुदायहरुको सहभागिता र एकताले मात्र सम्भव छ । पिडित समुदायहरु मात्रैले गरेको एकताले झन् समाजबाट ति समुदायहरु टाढिने छन् जसले गर्दा सामाजिक असमानताको खाडल झन् फराकिलो हुनेछ । त्यसैले, जातिय भेदभावका विरुद्द जसले साथ् दिन्छ ति सबै समुदाय विच एकता गरिनु पर्छ । जातिय भेदभाव एक सामाजिक अपराधको रुपमा रहेको हुँदा यो अपराधलाई निरुत्साहित गर्न पिडित र पीडक समुदायहरुको अन्तरघुलनसंगै सामाजिक सदभाव अपरिहार्य छ ।

    के “दलित” शब्द हटने वित्तिकै भेदभाव हटछ ?
    ———————-
    यदि कसैलाई अछुत, सुद्र वा दलित भन्न नै नपाइने कानून बन्यो भने के आधारमा भेदभाव गर्ने ? दलित शब्द खारेज भए पछि भेदभाव गर्ने आधार नै समाप्त हुन्छ जसले गर्दा जातिय भेदभाव हटने दिशामा समाज उन्मुख हुनेछ । किनकि भेदभाव मात्र शब्दको आडमा गरिएको छ । भौतिक रुपमा र अन्य हरेक दृष्टिले एकै प्रकारको हुँदाहुदै पनि “दलित”, “अछुत”, “सुद्र” को संज्ञा दिएर भेदभाव गर्ने गरिएको छ । यदि यस्तो अपमानित शब्द हटने हो भने भेदभाव गर्ने आधार पनि स्वत: समाप्त हुने छ ।

    समग्रमा, जातिय भेदभाव समान सामाजिक व्यवहार लागि अपमान विरुद्धको आत्मसम्मानको लडाई हो । एकातिर दलित भनेर भेदभाव गर्ने र अर्को तिर आफुलाई दलित ठानेर झन् आत्मबल गिराउने भएका कारणले ति जातिय भेदभावका आधारमा पछाडी पारिएका समुदायहरु झन् झन् पछि परेका हुन् । हामी पनि अन्य समुदाय जस्तै छौ, हामीलाई दलित भनेर भेदभाव गर्नु पर्ने कारण केहि छैन भन्ने भावनाको विकास संगसंगै जातिय भेदभावलाई निरुत्साहित गर्न सबै समुदायका विच सदभाव राख्दै सामाजिक परिवर्तनका लागि एक जुट हौ । अब बन्ने संविधानमा यस्ता गलत शब्दलाई ठाउँ नदिन आ-आफ्नो ठाउबाट जोडदार पहल गरौं जसले गर्दा भावी पुस्ताले समेत जातीय भेदभाव जस्तो अमानवीय सामाजिक व्यवहारको सिकार हुनु नपरोस । त्यसैले, कसैलाई “दलित” भन्न नपाइने कानून पारित गर्न व्यापक दबाब सिर्जना गरौं !

  2. rajan ruchal says:

    jagaran media center ko kam ramro 6 nirantaratako kamana……………..

  3. Jeevan says:

    Very good

  4. KADAM Nepal, Jumla says:

    Congratulation for publicating Jagaran Media Centre.बधाइर् छ जागरण िमिडया सेन्टर संचालनमा ल्याउनु भएकाेमा यसले सधै दलीत र गैर दलीत बीचकाे भेदभावकाे िबषय मात्र नभइर् दलीत दलीत िबचमा भएका भेदभावका िबषयहरू माथी समेत स्पषट पानर् सकाेस र सवै काेमन िजत्न सकाेस यही छ हाम्ाे शुभकामना।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Image

fdf