जागरण मिडिया सेन्टर

Home » दलित समाचार » उच्च माध्यमिक शिक्षा परिषदको छात्रवृत्ति

उच्च माध्यमिक शिक्षा परिषदको छात्रवृत्ति

Advertisements

महावीर विश्वकर्मा
आषाढ २० ।

दलित, जनजाती, अपाङ्ग, जेहेन्दार र आर्थिक रुपले पिछडिएका वर्गका विद्यार्थीलाई उच्च माध्यमिक शिक्षा तहमा निःशुल्क पठनपाठनको लागि यही आषाढ २५ गतेसम्ममा फारम भरि सम्बन्धित कार्यालयहरुमा बुझाउन उच्च माध्यमिक शिक्षा परिषद(एच.एस.ई.वि.) ले सम्बन्धित सबैमा अनुरोध गरेको छ । कक्षा ११ र १२ मा निःशुल्क अध्ययनका लागि परिषदले तोकेको फारम भरि सो फारममा विद्यालयको प्रधानाध्यापक र जिल्ला शिक्षा अधिकारीको सिफारिसका साथै अन्य आवश्यक कागजात सहित शीघ्र फारम बुझाउन परिषदले अनुरोध गरेको हो । अन्य कागजातहरुमा एस.एल.सि.को लब्धाङ्क पत्र (सर्टिफिकेट)को प्रतिलिपि (फोटोकपी) र दलित÷जनजाती विद्यार्थीका लागि दलित÷जनजाती खुलेको सम्बन्धित संघसंस्थाको सिफारिस पत्र फारमसँगै संलग्न गराउनुपर्नेछ ।

विज्ञान र वाणिज्य (व्यवस्थापन÷कमर्स) विषय समूह अध्ययनका गर्नका लागि एस.एल.सि.मा क्रमशः कम्तीमा ६० % र ५० % अंक ल्याई प्रवेश परीक्षामा सम्मिलित भई उत्तीर्ण भएकाहरुलाई योग्यता क्रम अनुसार र शिक्षा र मानविकी(ह्युम्यानिटिज) विषय समूह अध्ययन गर्नका लागि एस.एल.सि.को प्राप्ताङ्कको आधारलाई समेत लिई विद्यालयमा सिफारिस गरिने परिषदले जनाएको छ । साथै छात्रवृत्ति प्रवेश परीक्षा यही आषाढ ३० गते शनिबार विहान १० बजे परिषदको सम्बन्धित जिल्लास्थित कार्यालय र पायक पर्ने जिल्लास्थित कार्यालयले तोकेको अञ्चलहरुमा सञ्चालन गरिने पनि जनाइएको छ ।

१) उ.मा.शि.परिषद विराटनगर कार्यालयमा आवेदन फारम प्राप्त गर्ने र बुझाउने जिल्लाहरु

– ताप्लेजुङ्ग, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, खोटाङ, उदयपुर, सप्तरी, सिराहा

२) उ.मा.शि.परिषद जनकपुर कार्यालयमा आवेदन फारम प्राप्त गर्ने र बुझाउने जिल्लाहरु
– धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली

३) उ.मा.शि.परिषद हेटौँडा कार्यालयमा आवेदन फारम प्राप्त गर्ने र बुझाउने जिल्लाहरु

– चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट

४) उ.मा.शि.परिषद काठमाण्डौं कार्यालयमा आवेदन फारम प्राप्त गर्ने र बुझाउने जिल्लाहरु

– सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, भक्तपुर, ललितपुर, काठमाण्डौं, नुवाकोट, रसुवा, धादिङ्ग

५) उ.मा.शि.परिषद वुटवल कार्यालयमा आवेदन फारम प्राप्त गर्ने र बुझाउने जिल्लाहरु

-गुल्मी, पाल्पा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, रोल्पा

६) उ.मा.शि.परिषद नेपालगञ्ज कार्यालयमा आवेदन फारम प्राप्त गर्ने र बुझाउने जिल्लाहरु

-रुकुम, सल्यान, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, मुगु, हुम्ला

७) उ.मा.शि.परिषद पोखरा कार्यालयमा आवेदन फारम प्राप्त गर्ने र बुझाउने जिल्लाहरु

-गोरखा, लमजुङ, तनहुँ, स्याङ्गजा, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, बागलुङ

 

Advertisements

1 Comment

  1. Rudra Bdr surybanshi says:

    Yo chhatra birti payka bidhyardhi haru lai abashiy bidhyalay ma pani kota rakhane tra rakam asulne kaam bhairaheko huda nisulk ko kota kina rakheko RW bidhyarthi RW abhibhabak haru ma tanab kina garaudai chhan e abashiy bidhyalay haru 12 ko form bharna Nadine gari tourcher d raheko bela sambandhit nikaysamma dhyan akarsan jaos bhanna chahanchhu.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s

%d bloggers like this: