जागरण मिडिया सेन्टर

Home » दलित समाचार » आजका दैनिक पत्रपत्रिका तथा अनलाईनमा दलित समाचार सामाग्री ।

आजका दैनिक पत्रपत्रिका तथा अनलाईनमा दलित समाचार सामाग्री ।

माघ १५,
जागरण मिडिया सेन्टर ।
१, आजको गोर्खापत्र दैनिकले गरीबको पहिचानका लागि पहल एक सम्पादकीय छापेको छ ।

http://gorkhapatraonline.com/epaper/showimage?img=uploads/epaper/2015-01-28/ad4458743c23055afff1bf82136c7221.jpg

२, सामाजिक सुरक्षा भत्ता बुझ्न बृद्धबृद्धालाई हैरानी शिर्षकमा अर्काे समाचार पनि गोर्खापत्रमै रहेको छ ।

सिन्धुलीमाढी, माघ १४ गते । सरकारले बृद्धाबृद्धाका लागि छुट्याएको सामाजिक सुरक्षा भत्ता बुझ्न कमलामाई नगरपालिकाका बृद्धबृद्धाले निकै हैरानी व्यहोर्ने गरेका छन् ।
सरकारले भत्ता वितरण कार्यलाई पारदर्शी बनाउने भन्दै नगरक्षेत्रहरूमा बैङकिग वितरण प्रणाली लागू गरे पनि त्यसले बृद्धबृद्धालाई अझ बढी हैरानी भएको गुनासो उनीहरूले गरेका छन् । अझ नगरपालिका क्षेत्रका सवै वडाहरुमा सडक सुविधा समेत विस्तार नभएकाले बृद्धबृद्धाहरु माढीबजारसम्म आई पुग्न निक्कै हैरानी व्यहोर्नु पर्ने समस्या रहेको बताउछन ।
कमलामाईनगर क्षेत्रका भत्ताबाहक बृद्धबृद्धा, अपाङ्ग, एकल महिला, लोपउन्मुख हायू जातीलाई कमलामाई नगरपालिका कार्यालयले राष्ट्रिय वाणिज्य बैंक सिन्धुली शाखामार्फत भक्ता वितरण गर्दै आएको छ । बैंङकमार्फत वितरण कार्यले आफु हैरानीमा परेको कमलामाई नगरपालिका–१० का ७० वर्षीया बृद्ध टंकबहादुर विकको गुनासो छ ।
‘पहिले वडा सचिवले घरमै ल्याइ दिन्थे’ उहाँले भन्नुभयो, ‘अहिले त दिनभर लाएर सदरमुकाम आउनु पर्छ । यहाँ पनि बैङकमा भनेको समयमा काम हुदैन, लाइन बस्दाको दिक्क हुन्छ ।’ कमलामाई नगरपालिका–४ का रामबहादुर ठोक्करको पनि त्यस्तै गुनासो छ । ‘मर्ने बेलामा पनि सरकारले किन दुःख दिएको होला यसरी ?’ उहाँले दुःखेसो पोख्नुभयो ।
गाउँका बृद्धबृद्धा सदरमुकामसम्म आइपुग्न गाह्रो हुने र गाउँमा बैङकको पहुँच नभएका कारण भत्ता वितरण गाउँमै आएर गरि दिए राम्रो हुने सुझाब छ बृद्ध टंक विकको । ‘भत्ता लिनेहरू कोही आँखा देख्दैनन्, कोही कान सुन्दैनन् भने कोही हिड्न सक्दैनन्,’ उहाँले अगाडी थप्नुभयो, ‘हामी जस्ता यस्ता नागरिकको विषयमा सरकारले सोचि दिए राम्रो हुन्थ्यो कि ।”
भत्ता वितरणले बैंकको समेत काम प्रभावित बनेको छ । कमलामाई नगरपालिकाका अनुसार नगर क्षेत्रभित्र २०७१ सम्मको तथ्याङक अनुसार जेष्ठ नागरिक ८४२ जना, दलित जेष्ठ नागरिक २४६ जना, एकल महिला ९२८ जना, पूर्ण अपाङ्ग ५५ जना, आशिक अपाङ्ग ३ जना र लोपउन्मुख हायू जाति ३२९ गरी सामाजिक सुरक्षा भत्ता लिने नागरिक जम्मा दुई हजार ४०३ जना छन् ।
भत्ता लिन उनीहरू सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयमा आउने गर्छन् । भत्ता वितरणका बेला बैंकको सबै काम छाडेर सबै कर्मचारी वितरणमा रुमलिनु पर्दा अरू सबै काम प्रभावित भएको बैङकका एक कर्मचारीले गुनासो गरे ।
सरकारले भत्ता वितरण कार्यलाई पारदर्शी बनाउन बैकिङ्ग प्रणालीको सुरुवात गरेको भएपनि सेवाग्राहीहरु भने समस्यामा परेका छन । बृद्धबृद्धाहरुलाई बुढेसकालमा सरकाले दिएको राहत रकम मर्ने बेलामा सजाय जस्तो भएको उनीहरुले महसुस गरेका छन । बुढेसकालमा दुःख भोगीरहेका सेवाग्राहीहरुको समस्यालाई सरकाले गम्भीरतापुर्वक लिन जरुरी रहेको स्थानीयहरु बताउछन ।
यता नगरपालिका कार्यालयले भने असक्त र बच्चा बच्चीहरुका लागि वडा सचिबको सिफारीसमा उस्ले इच्छाएको व्यक्तिले लिन पाउने व्यवस्था मिलाएको बताएको छ ।  http://gorkhapatraonline.com/news/2295

३, कान्तिपुर दैनिकमा विदेशमा छोरीको मृत्यु शंकास्पद :  माईती पक्ष शिर्षकमा कास्किको समाचार रहेको छ ।

फिनल्यान्ड बस्दै आएकी नयाँगाउँ, पोखराकी सुनिता नेपालीको शंकास्पद मृत्यु भएको भन्दै माइती पक्षले यथार्थ छानबिन गर्न माग गरेको छ । दुई महिनाअघि फिनल्यान्डमा मृत्यु भएकी नेपालीको हत्या भएको भन्दै दोषीलाई कारबाही माग गरेका हुन् । लेकसाइड माइती भएकी २२ वर्षीया सुनिताको एक वर्षअघि नयाँगाउँका सुरज नेपालीसँग विवाह भएको थियो । माइती पक्षले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी छोरीको शंकास्पद मृत्यु भएको निष्कर्ष निकाल्दै दोषीलाई कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । भावविह्वल अवस्थामा कार्यक्रममा आएकी मृतककी आमा नन्दकलाले दाइजो कम ल्याएको भन्दै छोरीलाई यातना दिँदै र पछि आएर हत्या गरेको बताइन् ।

‘यातना दिएर छोरीलाई मृत्युको मुखमा पुर्‍याए,’ रुँदै उनले भनिन्, ‘छोरीको मृतात्माको शान्तिका लागि पनि हामीलाई न्याय चाहियो ।’ उनका अनुसार छोरीले बेलाबेेलामा फोनमा घरपरिवारले दुई वटा सुनका औंठीलगायत सामान नन्द-आमाजूले माग गर्ने गरेको रुँदै भन्थिन् । दाइजो कम ल्याएको भन्दै घरपरिवारले यातना दिने गरेको उनले बताइन् । बाजा बजाएर धुमधामसँग बिहे गरेकी छोरीको यो हालतले उनी दिनहुँ रुने र बर्बराउने गरेकी छिन् । राम्रोसँग खानपिन र राति निदाउनसमेत सकेकी छैनन् । एउटै छोरीको यो अवस्था भएपछि परिवार शोकमा डुबेको छ । ६ महिनादेखि श्रीमान् र नन्द-अमाजूसँग फिनल्यान्ड बस्दै आएकी सुनिताले फोनमा घरपरिवारले चरम मानसिक यातना दिने गरेको फोनमा रुँदै बताउने गरेको दाजु गणेशबहादुर नेपालीले बताए । ‘दाइजो कम भयो, विवाहमा दिएको सामान पुगेन भन्दै यातना दिँदा पनि बहिनीले सहँदै आइरहेकी थिइन्,’ गणेशले भने, ‘मृत्युको तीन दिनअघि पनि घरमा झगडा परेको फोनमा भनेकी थिइन् ।’

गत मंसिर ८ गते मृत्यु भएकी सुनिताको भोलिपल्ट नन्दले ऊ त सुइट भई भन्दै फोन काटिदिएको उनले बताए । केटा पक्षले आत्महत्या भन्दै कसैले बाथरुममा, कसैले सिलिङमा र कसैले ढोकामा झुन्डिएर आत्महत्या गरेको फरक-फरक कुरा गरेपछि शंकास्पद मृत्यु भएको केटी पक्षको आरोप छ । यस सम्बन्धमा केटा पक्षका बाबुसँग बुझ्न खोज्दा उनको मोबाइलमा सम्पर्क हुन सकेन । घटनापछि केटा पक्षको परिवार सम्पर्कमा आउन नचाहेको केटी पक्षको भनाइ छ । मृत्यु भएको १४ दिनसम्म माइतीलाई खबर नगरी केटा पक्षले शव उतै दाहसंस्कार गर्ने तयारी गरेका थिए । माइती पक्षले परराष्ट्र मन्त्रालयमा निवेदन दिएपछि शव पोखरा ल्याइएको थियो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुस २ गते ल्याइएको शव माइती पक्षलाई खबर नगरी दाहसंस्कार गरिएको थियो । दाहसंस्कारमा मृतकका श्रीमानको समेत उपस्थिति भएन । घटनाबारे सम्बन्धित निकायलाई जानकारी गराउँदासमेत बेवास्ता गरेपछि माइती पक्षले गत मंसिर १२ गते इन्टरपोलमा छानबिनका लागि उजुरी दिएका छन् । दाइजो निहुँमा निर्दोष चेलीले विदेशी भूमिमा अनाहकमा ज्यान गुमाएको भन्दै माइती पक्षले दोषीलाई कानुनी कठघरामा उभ्याउन अधिकारकर्मी, कानुनी व्यवसायी र सरोकारवालासँग माग गरेका छन् ।

http://www.kantipuronline.com/np/2071/10/15/full-story/402888.html

३, माईतीले पिटेको उजुरी शिर्षकमा अर्काे समाचार कान्तिपुरमै रहेको छ ।
ईनारमा पानी भर्न जाँदा माईती पक्षको कुटाईबाट घाईते जुटपानी ७ स्थित सुर्यपुरकी २१ वर्षिया संगीता तामाङले प्रहरीमा जाहेरी दर्ता गराउनु भएको छ । जाहेरीमा उल्लेखित ४ जनामध्ये ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । (विस्तृत समाचार कान्तिपुर दैनिकको पेज नम्वर १७ मा ) उक्त समाचार हिजो (माघ १४ गते)को कान्तिपुर दैनिकमा छापिएको थियो ।
४, कमाण्डर पोष्ट दैनिकले यातना दिने आमा सहित ३ पक्राउ भनेर समाचार छापेको छ ।
(विस्तृत समाचार पेज नम्वर ३ मा )

http://epaper.commanderpost.com/index.php?option=com_flippingbook&view=book&id=2&tmpl=component

५, सेतो पाटी डट कम अनलाईनमा पनि यातना दिने आमा विरुद्ध छोरीको उजुरी , आमासहित ३ जना पक्राउ, तल्लो जातसँग विहे गरेको भन्दै आमाले यातना दिएपछि शिर्षकमा चितवनको उही समाचार सम्प्रेषण भएको छ ।
चितवनको जुटपानीकी एक महिलाले आफ्नै आमा विरुद्ध उजुरी दिएकी छिन्। तल्लो जातसँग विहे गरेको भन्दै आमाले यातना दिएपछि ती महिलाले आफ्नै आमा विरुद्ध रत्ननगर प्रहरीमा उजुरी दिएकी छिन्। उजुरीको आधारमा प्रहरीले आज वुधवार तीनजनालाई पक्राउ गरेको छ।

तल्लो जातको केटासँग गएको भन्दै विगत तीन बर्षदेखि यातना खप्दै आएकी जुटपानी ७ सुर्यपुरकी २१ बर्षिय संगिता लामालाई आमाले कुटपिट गरी घाईते नै बनाएपछि उनले कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दिएको बताईन्।

संगितालाई आमा धनमायाँ तामाङ, दिदी शर्मिला र गाउँकी अर्की एक महिलाले सामुहिक रुपमा सोमवार साँझ कुटपिट गरेको पिडित युवती संगिताले दुखेसो गरिन्। त्यसपछि मंगलबार उनलाई उपचारका लागि भरतपुर मेडिकल कलेज ल्याईएको थियो।

चिकित्सकले उनको खुट्टाको गोलीगाँठामा हड्डी फुटेको भन्दै एक महिना आरामर्गुपर्ने बताएका छन्। उनको टाउकामा समेत चोट लागेको छ।

आफूलाई चिर्पटले हानेको पिडित युवतीले वताईन्। न्यायका लागि भरतपुर आईपुगेकी संगिताले आज प्रहरीमा उजुरी दिएकी छिन्।

चितवनका प्रहरी प्रमुख सहकुलवहादुर थापाले उजुरी दर्ता भएको र घटनामा संलग्न भनिएका तीन जनालाई पक्राउ गरिएको जानकारी दिए। उनले कानुन अनुसार कारवाही हुने बताए। पक्राउ पर्नेमा आमा धनमायाँ लोप्चन सहित दिदी शर्मिला तामाङ र अर्का एकजना बय तामाङ छन्।

तल्लो जातसँग विहे गरेको भन्दै यसअघि पटकपटक दुर्व्यवहार गर्ने गरेकोमा सोमवार साँझ भने ईनारमा एक्लै भएको मौका पारेर कुटपिट गरेको पिडित संगिताले बताईन्।

४ बर्षअघि पदमपुर ४ की संगिताले जुटपानी ७ का मनोज परियारसँग प्रेम विवाह गरेकी थिईन्। त्यसपछि माईतीपक्षले पटकपटक मानसिक दुर्व्यवहार गर्दै आएका थिए।

http://setopati.com/samaj/23534/

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: