जागरण मिडिया सेन्टर

Home » दलित समाचार » जातीय विभेदकाे घटनामा आफ्नै आमाविरुद्ध उजुरी ।

जातीय विभेदकाे घटनामा आफ्नै आमाविरुद्ध उजुरी ।

माघ १५,
जागरण मिडिया सेन्टर, काठमाण्डौं ।

चितवनको जुटपानीकी एक महिलाले आफ्नै आमाविरुद्ध उजुरी दिनुभएको छ । तल्लो जातसँग बिहे गरेको भन्दै आमाले यातना दिएपछि उहाँले आफ्नै आमाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा आज उजुरी दिनुभएको हो । उजुरीका आधारमा प्रहरीले आज तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आमा धनमायाँ लोप्चन, दीदी शर्मिला लोप्चन र आइतीमायाँ तामाङ रहेका छन् ।

तल्लो जातको केटासँग गएको भन्दै विगत तीन वर्षदेखि यातना खेप्दै आउनुभएकी जुटपानी–७ सूर्यपुरकी २१ वर्षीया सङगीता लामालाई आमाले कुटपिट गरी घाइते नै बनाएपछि उहाँले कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिनुभएको हो ।  हिजो उहाँलाई उपचारका लागि भरतपुर मेडिकल कलेज ल्याइएको थियो । चिकित्सकले उहाँको खुट्टाको गोलीगाँठामा हड्डी फुटेको भन्दै एक महिना आराम गर्नुपर्ने बताएका छन् । उहाँको टाउकोमा समेत चोट लागेको छ ।

चितवनका प्रहरी प्रमुख सहकुलबहादुर थापाले उजुरी दर्ता भएको र घटनामा संलग्न भनिएका तीनजनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँले कानुन अनुसार कारबाही हुने बताउनुभएको छ । तल्लो जातसँग बिहे गरेको भन्दै यसअघि पटक पटक दुव्र्यवहार गर्ने गरेकामा सोमबार साँझ भने इनारमा एक्लै भएको मौका पारेर कुटपिट गरेको पीडित सङगीताले बताउनुभयो । चार वर्षअघि पदमपुर–४ की सङगीताले जुटपानी–७ का मनोज परियारसँग प्रेमविवाह गर्नुधएको थियो । त्यसपछि माइतीपक्षले पटक पटक मानसिक दुव्र्यवहार गर्दै आएका थिए ।
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: