जागरण मिडिया सेन्टर

Home » दलित समाचार » आजका दैनिक पत्रपत्रिकामा दलित समाचार सामाग्री ।

आजका दैनिक पत्रपत्रिकामा दलित समाचार सामाग्री ।

माघ १६,

जागरण मिडिया सेन्टर, काठमाण्डौं ।

धारा छुन नदिएपछि खोलाको पानी पिउन बाध्य शिर्षकमा सल्यानको समाचार आजको कान्तिपुर दैनिकमा  छ ।

धारो छोइने भन्दै कथित माथिल्लो जातका व्यक्तिले पानी लैजान रोक लगाएपछि शारदा नगरपालिकास्थित शान्तिनगरका बादी समुदाय खोलाको दूषित पानी पिउन बाध्य भएका छन् । कथित तल्लो जातका बासिन्दालाई पानी लिन रोकिएपछि यहाँका २९ बादी परिवार साउनदेखि शारदा खोलाको पानी खान बाध्य भएका हुन् । ुधारामा जानै दिन्नन् । खोलाको पानी खान हुँदैन भन्ने थाहा छ, तैपनि त्यसैको भरमा छौं,ु स्थानीय सिर्जना बादीले भनिन्, ुपानीकै लागि धेरै सास्ती भोग्नुपरेको छ । सरकारले गाउँका बासिन्दाका लागि बनाएको धारा कथित माथिल्लो जातकाले मात्र एकलौटी बनाएपछि विपन्न दलित समस्यामा परेका हुन् । ुपानी पनि छुन दिन्नन् । हाम्रो अधिकारै नभएजस्तो । हामी मान्छे नै नभएजस्तो गर्छन्,ु उनले दुस्खेसो पोखिन् ।

धारोको पानी नपाएपछि जिल्ला विकास समितिको लक्षित वर्ग अन्तर्गतको बजेटबाट ५० हजारको लागतमा छुट्टै खानेपानी इनार निर्माण गरिएको थियो । वर्षामा त्यो पनि बाढीले बगाएर लगेपछि पानीको समस्या भएको हो । योजना सञ्चालन गर्ने समयमै भेदभाव गरिएको सीता बादीले बताइन् । दलित र गैरदलितका लागि छुट्टै धारा बनाइएका थिए । ुबादीको धाराको पाइप फुटेका कारण धारामा पानी आएन । अर्को धाराको पानी थाप्न पाएनौँ,ु उनले भनिन् । त्यसैले जिविसको योजनामा खोलाको छेउमा इनार बनाइएको थियो । ुजबर्जस्ती गरे झगडा हुन्छ । नगरे पानी पाइन्न । गरिब र तल्लो जाति भनेपछि सबैले हेप्ने रैुछन्,ु उनले दुस्खेसो पोखिन् ।

इनार खोलाले बगाएपछि बारम्बार सम्बद्ध निकायमा माग गर्दै आए पनि कसैले सहयोग नगरेको पुष्पा बादीले बताइन् । जातीय भेदभाव गर्नेलाई अवहेलना मुद्दा दर्ता गरी कारबाही गर्न सकिने कानुनी व्यवस्था भए पनि न यहाँका बादीले त्यो आँट गरेका छन् न त प्रहरी र प्रशासनका अधिकारीले चासो दिएका छन् । ुछुवाछूत र होचोमिचो गर्न नपाउने भन्छन् तर हाम्रो गाउँमा केही परिवर्तन आएको छैन,ु उनले भनिन्, ुपानीमा मात्र हैन, हरेक कुरामा भेदभाव छ ।ु भेदभावका कारण सामुदायिक वनबाट दाउरा ल्याउनसमेत रोकिएको उनले बताइन् ।

बादीहरू २० वर्षदेखि शान्तिनगरको ऐलानी जग्गामा बस्दै आएका छन् । पहिला मासिक ५० रुपैयाँ शुल्क तिरेर दाउरा संकलन गर्थे । अहिले सामुदायिक वनले सदस्यताका लागि ७ हजार मागेको छ । विपन्न बादीहरू त्यति पैसा तिरेर सदस्य बन्न सक्दैनन् । ुसदस्य बन्न पैसा छैन । सदस्य नबने दाउरा पाइन्न,ु उनले भनिन् । दलित सेवा संघ अध्यक्ष यज्ञ विकले शान्तिनगरमा बादीलाई खानेपानीमा भएको विभेदप्रति आपत्ति जनाउँदै भेदभाव गर्नेलाई कारबाही गर्न र खानेपानीको व्यवस्था गर्न सम्बन्धित निकायलाई आग्रह गरे ।

http://www.ekantipur.com/kantipur/2071/10/15/full-story/339081.html 

अन्नपुर्ण दैनिकमा घाईते बालिकाको शिर्षकमा धरानको समाचार छापिएको छ ।

http://annapurnapost.com/epaperdetails.aspx/paper/2062 annapurna post

हिमालय टाईम्स दैनिकको पेज नम्वर ५ मा हलियालाई परिचय पत्र शिर्षकमा दार्चुलाको एक समाचार प्रकाशित भएको छ ।

त्यसैगरी दलित परिवारलाई आएको कम्वल वितरण भएन शिर्षकमा लहानको समाचार पनि हिमालय टाईम्स दैनिककै पेज नम्वर ४ मा रहेको छ ।

द वीक रिपव्लिका दैनिकमा Unable to afford treatment, Dalit girl battles for life – शिर्षकमा एक समाचार रहेको छ ।

Sujata Pariyar of Jitpur VDC-5, Dhankuta is battling for life and her chances of survival are very slim because her family simply cannot afford her treatment.

Pariyar had sustained serious injuries to her head after an unidentified person thrashed her last Monday while she was alone at home.

The eleven year-old Dalit girl was taken to Neuro Hospital of Biratnagar for treatment but later was sent back home as the family was not in a position to pay for the costly treatment.

Chandra Kumari Pariyar told Republica that she has already spent over Rs 100,000 for her daughter´s medical treatment in Biratnagar. Doctors at the Neuro Hospital said additional Rs 900,000 would be required to complete the treatment of her daughter.

“But I´m not in a position to afford our daughter´s treatment anymore,” Chandra Kumari said as she burst into tears.

At present, Sujata is admitted to the Dhankuta District Hospital where she is being administered oxygen. 

However, after the health complications of her daughter grew, Chandra Kumari is currently busy collecting funds for her daughter´s treatment.

District Hospital Committee of Dhankuta and Nobel Hospital of Biratnagar have already provided some financial support.

After her husband´s death Chandra Kumari has been living with her son and daughter Sujata.

Although a complaint has been registered at District Police Office (DPO), Dhankuta, police has made no progress in identifying the culprit. – See more at: http://www.myrepublica.com/portal/index.php?action=news_details&news_id=91253#sthash.T5Sdo6S8.dpuf

See more at: http://www.myrepublica.com/portal/index.php?action=news_details&news_id=91253#sthash.T5Sdo6S8.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: