जागरण मिडिया सेन्टर

Home » दलित समाचार » आजका दैनिक पत्रपत्रिकामा दलित समाचार सामाग्री ।

आजका दैनिक पत्रपत्रिकामा दलित समाचार सामाग्री ।

माघ १९,
जागरण मिडिया सेन्टर, काठमाण्डौं ।
१, निम्तोमा आएका दलितमाथी दुव्र्यवहार शिर्षकको उदयपुरको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

व्रतबन्धको निम्ता मान्न आएका एक दलित दम्पतीमाथि उपल्लो जाति भनिएका मगरहरूले शुक्रबार दुव्र्यवहार गरेको आरोप लगाएका छन्। जिल्लाको पाँ ँचावती गाविस–४ बोहोरिबोटका बस्ने पति ध्रुवबहादुर सार्की र पत्नी मधुमाया सार्कीलाई व्रतबन्धको प्रक्रिया चलिरहेका बेला आगनबाहिर जान भन्दै जातीय विभेद गरेको धु्रवबहादुरले बताए।
स्थानीय भक्तबहादुर रानामगरको नातिको व्रतबन्धको निम्ता मान्न आएका दलित दम्पतीलाई सोही स्थानका राजु रुवाले मगर र माधव रुवाले मगरले मावली रीत गर्ने बेला भएकाले आगनबाहिर जान भन्दै दुव्र्यवहार गरेको जिल्ला प्रहरी कार्यालयमा आइतबार दिएको जाहेरीमा उल्लेख छ।
आगनबाहिर निकालेपछि घर फर्किएका दलित दम्पतीलाई भतेरतर्फ नजान भन्दै गाली गलौजसमेत गरेको उनीहरूले बताए। यता दुव्र्यवहारमा सम्लग्न भनिएका मगरद्वयले भने आफूहरूले उनीहरूको अपमान हुने गरी कुनै कार्य गरेको संस्कारअनुसारको मावली रीत गर्ने बेलामा केही पर बसिदिन आग्रह मात्र गरेको बताए। प्रहरीले जाहेरी दर्ता गरी आरोपितको खोजी कार्य शुरू गरेको जनाएको छ।

http://www.newsofnepal.com/new/society/2015/02/83028

उक्त समाचार कान्तिपुर दैनिकले पनि दलित दम्पत्तिलाई दुव्र्यवहार शिर्षकमा छोटकरीमा उल्लेख गरेको छ ।
२, वादी समुदाय सार्वजनिक धारा प्रयोग गर्न वञ्चित शिर्षकको समाचार आजको गोर्खापत्र दैनिकमा छ । शारदा नगरपालिका १ शान्निगरका २९ घर परिवारका वादी समुदाय शारदा खोलाको पानी खान वाध्य भएका छन् । माथिल्लो जातिकाले धाराको खानेपानी खान नदिएपछि उनीहरु खोलाको पानी खान वाध्य भएका हुन् । नजिकै रहेको श्रीनगर वजारको फोहर शारदा खोलामा मिसिने गर्दछ । ( थप समाचार गोर्खापत्र दैनिकको पेज नम्वर १० मा )
उक्त समाचार हिमालय टाईम्स दैनिकले पनि पेज नम्वर ४ मा छापेको छ ।
३, कान्तिपुर दैनिकमा अझै पनि अपहेलित छन् संक्रमित शिर्षकमा समाचार छ ।

डडेलधुरा, माघ १८ –
घरमै एनजीओका मान्छे आए । संक्रमित हुँ भनेर सार्वजनिक हुनुभयो भने गाँसबासको राम्रो व्यवस्था हुन्छ भन्ने आश्वासन दिए । डडेलधुरा बेलापुरकी धर्मा टमटाले खुलेर भनिन्, ‘म पनि एचआईभी प्रभावित हुँ ।’

उनको दैनिकी फेरियो । विभिन्न कार्यक्रममा पुग्न थालिन् । आफूजस्ता प्रभावितका हकहितका भाषणमा ताली बजाइन् । ‘सार्वजनिक भएको केही समय संक्रमितले खाने औषधिसमेत पाइयो,’ ३४ वर्षीया धर्माले भनिन्, ‘त्यसपछि कसैले सोधपुछ गरेन ।’

त्यसरी खुल्नु नै उनका लागि अभिशाप बन्यो । बिस्तारै गाउँलेले छिछि-दुरदुर गर्न थाले । पहिला सहयोग गर्ने छरछिमेकीसमेत मुख फर्काउन थाले ।

धर्मामात्र होइनन्, जोगबुढा कुयापानीकी गंगा हुन् वा गुदडी बजारका कमला दमाई या पार्वती टमटा- सबैको अवस्था यस्तै छ । कुनै समय हूलमुलमा सार्वजनिक भएकै कारण यतिखेर आफू मात्र होइन, बालबच्चासमेत सामाजिक अपहेलनामा परेको पाउन थालेका छन् उनीहरू ।

‘आफूले औषधि पाए पनि, नपाए पनि बालबच्चाले खानलाउन र इज्जतसाथ बस्न पाए धेरै हुन्थ्यो,’ पार्वतीले दु:खेसो पोखिन्, ‘तर हाम्रा बालबच्चालाई अरूले छुन पनि अप्ठ्यारो मान्छन् ।’

गरिबी र सामाजिक अपहेलनाकै कारण कतिपयले आत्महत्या गरेका छन् । ‘खानेलाउने र बालबच्चाको समस्याले कहिलेकाहीँ त बाँच्न मन नलाग्दो रहेछ,’ ३८ वर्षीया कमला विरक्त मान्छिन्, ‘तर तिनै बालबच्चाका कारण मर्न पनि सकिँदो रहेनछ ।’

लिटोसमेत खोस्यो सरकारले

विपन्न परिवारका एचआईभी संक्रमितलाई राज्यले दिँदै आएको पौष्टिक आहार (लिटो) बन्द गरिएपछि अधिकांश खाली पेटमा एन्टी रेक्ट्रो भाइरल (एआरटी) औषधि खान्छन् । ग्लोबल फन्डको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयले तीन महिनामा ५ किलो पोषण पिठो दिन्थ्यो । 

औषधि कडा हुने भएकाले खाली पेटमा नखान डाक्टरले सल्लाह दिन्छन् । ‘तर, बिरामी शारीरिक रूपमा त्यसै कमजोर हुन्छन्, काम गरेर कमाउन गाह्रो छ । सहयोग पनि रोकिएपछि कसरी पोसिलो खाने ?’ बैतडी प्लस नामक संस्थाका अध्यक्ष पदमसिंह मौनी प्रश्न गर्छन् ।

अधिकांश संक्रमित घरमूली हुन्छन् । तिनै व्यक्ति थलिएपछि घरखर्च चलाउनै हम्मे पर्ने गरेको छ । ‘टाढाटाढाका र एकल महिलामध्ये कतिपयले नियमित आउन नसकेर औषधि छाडेका छन्,’ जिल्ला एड्स समन्वय समितिका संयोजक मदनराज भट्टले भने, ‘केही पहिलोपटक जाँच गरेर सम्पर्कमै नआएका पनि छन् । यसको मुख्य कारण आवतजावत गर्ने खर्च नै हो ।’

संक्रमितद्वारा सञ्चालित संस्था नवआशाका अध्यक्ष प्रेम खड्काले पनि खर्च अभावकै कारण एआरटी सेवन गर्न नपाउने अवस्था सिर्जना भएको बताए ।

एचआईभी क्षेत्रमै कार्यरत बहुउद्देश्यीय विकास समाजका कार्यकारी निर्देशक प्रेमबहादुर महरले पनि सहयोगी संस्थाको कार्यक्रम बढ्ता प्रचारात्मक रहेको बताए । ‘जब कि उनीहरूको समस्या खानलाउन हो,’ उनले भने । स्वास्थ्यकर्मी दीपक महरले थपे, ‘औषधिका लागि सदरमुकाम र कैलालीको धनगढी पुग्न गाडी भाडासमेत नहुने धेरै छन् ।’

जिल्ला एड्स समन्वय समितिका कार्यक्रम संयोजक दीपक कुँवरका अनुसार ग्लोबल फन्ड र सरकारी क्षेत्रबाट ठूलो रकम खर्च भइरहेको छ । ‘प्रभावितले भने खानलाउनकै समस्याले आत्महत्याको बाटोसमेत रोज्न थालेका छन्,’ उनले भने ।

सेती अञ्चल अस्पतालमा रहेको एआरटी सर्भिस सेन्टरका प्रमुख लोकराज पनेरूले पछिल्लो समय ५८ जनाले औषधि लिन छोडेको बताए । यसको मुख्य कारण आर्थिक समस्या हो ।

रोग लुकाएर बसेका संक्रमितको खान नपाएरै मृत्यु हुन थालेपछि कैलालीको गोदावरी गाविसमा खुल्न थालेका छन् । गोदावरी गाविसका अधिकांश विपन्न र दलित भारतमा काम गर्न जान्छन् । यहाँ संक्रमित पनि निकै छन् ।

उनीहरूसँग नि:शुल्क पाइने औषधि सेवन गर्न धनगढी जान बस भाडासमेत छैन । यस्ता एक दर्जन परिवारका संक्रमित बालबालिका टुहुरा बनेका छन् । सामाजिक अपहेलना पनि उत्तिकै छ ।

पुरुष दोषी, महिला रोगी

सुदूरपश्चिमका अधिकांश संक्रमित पुरुष भारतबाट रोग लिएर आएका हुन् । उनीहरूबाटै श्रीमती र बालबच्चासम्म फैलिएको हो । एचआईभी/एड्स क्षेत्रमा लामो समयदेखि कार्यरत दयाकृष्ण पन्तका अनुसार प्रभावित ९० प्रतिशत महिला पतिबाटै संक्रमणमा परेको पाइएको छ ।

२० गाविस र १ लाख २९ हजार जनसंख्या भएको सानो जिल्ला डडेलधुरामा एक सय ६३ र अन्यत्र रहेका यहाँका २ सय २६ संक्रमित तथ्यांकमा देखिएका छन् । तिनमा महिलाको संख्या बढी छ । ती अधिकांश विधवा छन् । स्वास्थ्यकर्मी महरका अनुसार तीमध्ये अधिकांशका पतिको मृत्यु एचआईभीबाटै भएको हो ।

‘पुरुष संक्रमित भए पनि लुकाउँछन्, मर्नेबेला मात्र थाहा हुन्छ,’ संक्रमितको संस्था लालीगुराँस एकता समाजकी अध्यक्ष कमला मल्लले भनिन्, ‘महिलाले छोराछोरी पालनपोषणदेखि सासूससुरासम्म स्याहार्नुपर्छ ।’

दीपायल-सिलगढी नगरपालिका सिरखोलीसैनकी पिर्मा भुलका चार सन्तान छन् । पतिको मृत्यु एचआईभीले नै भयो । छोराछोरीमध्ये एक संक्रमित छन् । छाक टार्ने उपाय केही नभएपछि उनी सेती नदी किनारमा गिट्टी कुटछिन् ।

डोटी गाजरीकी एकल महिला जगु थापाका पनि ५ छोराछोरी छन् । आयस्रोत केही छैन । लुगाकपडा र खानलाउन पनि अर्काको सहारा लिनुपर्छ । केही संस्थाले आयस्रोत बढाउन बाख्रापालनका लागि सहयोग गरेका त छन् । ‘एक-दुई बाख्रा पालेर के हुन्छ ? सिगान पुछ्ने उमेरका छोराछोरीको स्याहार गर्ने कि त्यो बाख्राको ?’ जगुले दु:खेसो पोखिन्, ‘खानलाई न पुख्र्यौली सम्पत्ति छ, न नगद आउने काम छ । एउटा बाख्रा पालेर आउने ५/७ हजारको आस गरेर वर्ष दिनभरि के गरी बस्ने ?’

बाजुराको बाह्रबिसकी मीना विकका पतिको भारतबाट फर्केलगत्तै रोग पहिचान नभई मृत्यु भयो । त्यसको एक वर्षपछि मीनासमेत थलिइन् । स्वास्थ्य संस्थामा गएर जचाउँदा मात्र उनलाई समेत एचआईभी संक्रमण भएको थाहा लाग्यो । मीना बाजुरामा सार्वजनिक भएकी पहिलो संक्रमित हुन् । ‘समाज र घरपरिवारको दुरदुर धेरै सहेकी छु,’ उनले बिलौना गरिन् ।

डोटीमा जानकारीमा आएका एक हजार ६ संक्रमितमध्ये ५ सय ५४ महिला छन् । ती सबैको अवस्था दयनीय छ । प्रभावित बालबालिकाको संख्या पनि ५ वर्षयता निकै बढी भइसकेको छ । अधिकांश संक्रमित दलित र अति विपन्न परिवारका छन् ।

सरकार घटाउँदै, संख्या दोब्बर हुँदै

नेपालले सन् २०३० भित्र एचआईभी शून्य बनाउने प्रतिबद्धता जनाएको राष्ट्रसंघीय नियोग यूएन एड्सले शुक्रबार घोषणा गरेको थियो । त्यो लक्ष्य पूरा गर्न घटदो क्रममा हुनुपर्छ । तर, यहाँको स्थिति ठीक उल्टो छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा ३ वर्षअघि २ हजार ८ सय १ संक्रमित थिए । हाल करिब दोब्बर ५ हजार ९ सय ४ पुगेका छन् । तीमध्ये कैलाली, अछाम र डोटीमा सबैभन्दा बढी छन् । गर्भबाटै संक्रमण बोकेर जन्मिने बालबालिकाका पनि ७ सयभन्दा बढी छन् ।

देशमै सबैभन्दा एचआईभी आक्रान्त सुदूरमा सरकारी तथ्यांकअनुसार पछिल्लो ३ वर्षमा ३ सय ३१ जनाको ज्यान गएको छ । रेकर्डमा आउन नसकेका र गैरसरकारी क्षेत्रले गरेको अध्ययन हेर्दा मृत्यु हुनेको संख्या हजार नाघिसकेको छ । ‘धेरैजसोको मृत्यु भारतमा हुन्छ,’ बहुद्देश्यीय विकास समाजका परियोजना प्रमुख दुर्गामणि चटौतले भने, ‘तिनको तथ्यांक पाउन गाह्रो छ ।’

सुदूर बढ्ता आक्रान्त हुनुको मुख्य कारण समयमा जानकारी पाउन नसकेर पनि हो । डडेलधुरा, बैतडी, दार्चुला, बझाङ जस्ता जिल्लामा ४ वर्षयता मात्र राज्यले सेवा सञ्चालन गर्दै आएको हो ।

बहुद्देश्यीयका चटौत त जति खोज्यो उति प्रभावित भेटिने सुनाउँछन् । ‘५ हजारको रगत परीक्षण गर्दा ८८ भन्दा बढी संक्रमित भेटिए,’ उनले भने, ‘भयावह अवस्था छ । जति खोज्यो त्यति बढी संक्रमित भेटिन थालेका छन् ।’

पन्तका अनुसार गाउँमा यो रोगसम्बन्धी स्वास्थ्यकर्मी छैनन् । बढी प्रभावित क्षेत्रमा परीक्षण सेवा छैन । संक्रमितले सहज तरिकाले औषधि खान पाएका छैनन् । प्रभावित महिला तथा बालबालिका पोसिलो आहारबाट वञ्चित छन् । ‘संक्रमित पत्ता लगाउनुलाई मात्र ठूलो उपलब्धि ठान्ने प्रवृत्तिले सुदूरपश्चिम आक्रान्त बन्दै गएको हो,’ उनले भने ।

पच्चीस लाख जनसंख्या रहेको सुदूरमा यौनरोग उपचार केन्द्र जम्मा २४, औषधि सेवन गर्ने एआरटी सेन्टर १० र परीक्षण केन्द्र २८ वटा मात्र छन् । ती सबै दुर्गम र प्रभावित क्षेत्रमा नभई सदरमुकाम केन्दि्रत छन् ।

जिल्ला एड्स समन्वय समितिका अनुसार अछाममा सक्रमितको संख्या १४ सय १० छ, जसमा महिला ८ सय ५७ र पुरुष ५ सय ५३ छन् । ९२ जना बालबालिका छन् । ७७ जनाको मृत्यु भइसकेको छ ।

कञ्चनपुरमा हरेक महिना २/३ जना नयाँ संक्रमित भेटिन्छन् । ‘गत वर्ष २७ जना थपिए,’ साथसाथ प्रोजेक्टका कार्यक्रम संयोजक देवराज बडूले भने, ‘गत वर्ष ४ सय ४ संक्रमित थिए, अहिले उक्त संख्या बढेर ४ सय ३१ पुगेको छ ।’ तिनमा ४८ बालबालिका छन् ।

बाजुरामा जानकारीमा आएका संक्रमितको संख्या ७८ पुगेको छ । तीमध्ये २६ जनाको मृत्यु भइसकेको जिल्ला जनस्वास्थ्य अधिकृत ज्ञानेन्द्र दवाडीले बताए । बैतडीमा १ सय ५७ जना पुगेका छन् । तीमध्ये १४ वर्ष मुनिका २४ जना छन् । १२ जनाको मृत्यु भइसकेको छ ।

सरकारी तथ्यांकै फरकफरक

– अतुल मिश्र

काठमाडौं- एचआईभी/एड्समा सरकारको ध्यान कति कम छ भन्ने उसकै निकायहरूका फरक तथ्यांकले पुष्टि गर्छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार सुदूर पश्चिममा ५ हजार ९ सय ४ संक्रमित रहेको जनाएको छ भने राष्ट्रिय एडस तथा यौन रोग नियन्त्रण केन्द्रको पछिल्लो तथ्यांकमा ३ हजार ८ सय २० जना मात्र छन् । जिल्लागत तथ्यांक पनि यस्तै फरक-फरक छन् ।

राष्ट्रिय एडस तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा.दीपेन्द्ररमण सिंहले एचआईभी प्रभावित गर्भवतीबाट सन्तानमा रोग सर्न नदिने पीएमटीसीटी सेवा राजधानीबाहिर बाजुरा, बर्दिया र डडेलधुरामा सञ्चालनमा रहेको बताए ।

सुदूर पश्चिमसँगै देशभरिका एचआईभी एडस प्रभावितहरूलाई एआरभी औषधि, एचटीसी परीक्षण, परामर्श सेवा र सीडी फोर परीक्षण नि:शुल्क व्यवस्था गरिएको उनले जनाए । उनले लिटो नरोकिएको दाबी गरे ।

‘औषधि खानेलाई दिने लिटो रोकिएको छैन,’ डा.सिंहले भने, ‘स्थानीय स्टक सकिएर वा औषधि खानेको संख्या बढेर त्यस्तो भएको हुन सक्छ । हामीसँग प्रशस्त छ, जुन बेला जहाँ पनि पठाउन सक्छौं । तर हालसम्म स्थानीय सम्बद्घ निकायले यसबारे कुनै जानकारी गराएका छैनन् ।’

के हो एचआईभी/एड्स ?

एचआईभी पोजेटिभ भनेको हयुमेन इम्युनोडिफिसिएन्सी भाइरस शरीरमा प्रवेश गरिसकेको अवस्था हो । तर यस्तो अवस्थालाई एड्स भएको भनिँदैन । एड्स अर्थात् एक्वार्ड इम्युनो डिफिसिएन्सी सिन्ड्रोम एचआईभी पोजेटिभ भएको ६ महिनादेखि १० वर्षसम्म जहिले पनि हुन सक्छ ।

एचआईभी संक्रमित व्यक्तिको रगत, वीर्य, योनिरस, आमाको दुधलगायत शारीरिक द्रव्य अर्को व्यक्तिको शरीरमा प्रवेश गर्दा सर्न सक्छ । एचआईभीले रोग प्रतिरोधक क्षमता कमजोर पार्छ । जसले गर्दा सामान्य जीवाणुले पनि रोग फैलाउन सक्छ । यसको औषधि अर्थात् एआरभीले एचआइभीको जीवाणु वृद्घलिाई रोक्छ । शरीरमा नष्ट हुँदै गएको रोग प्रतिरोधक क्षमतालाई पनि ढिलो पार्छ । अनुसन्धानहरू जारी रहे पनि हालसम्म शरीरभित्र एचआईभीको जीवाणु नष्ट पार्ने कुनै औषधि छैन ।

एचआईभीका लक्षण

सातासम्म ज्वरो रहनु, बिनाकारण तौल घट्नु, बारम्बार पखाला लाग्नु, सातासम्म खोकी लागिराख्नु, भोक कम लाग्नु, मुखमा घाउ हुनु, घाँटी वा काखीहरूमा गाँठो हुनु, छालामा दुख्ने, चिलाउने घाउ हुनु

जो घरबाटै निकालिइन्

– मोहन शाही

डोटी- काडामाडौं गाविस-६ खडेलाकी काली बोगटी एक वर्षकी नहुँदै एचआईभी/एड्सले आमा बितिन् । तीन वर्षपछि त्यही रोगले बुवालाई पनि लग्यो । जन्मजात एचआईभी बोकेर आएकी उनलाई माया गर्ने हजुरबुवा पनि थप डेढ वर्षभन्दा बाँचेनन् ।

लामो समयदेखि एचआईभीको औषधि (एआरभी) खाँदै गरेकी उनलाई अनि घरबाट छिछि-दुरदुर सुरु भयो । भाउजूको गाली र सराप सहन नसकेर अन्तत: हिँडिन् । ‘घरमै नआइज भनेर भाउजूले अनेक दु:ख दिन्छिन्,’ सदरमुकाम सिलगढीस्थित मोतीराम कामीको घरमा बंगुर स्याहारिरहेकी १४ वर्षीया कालीले भनिन्, ‘म त्यो घरमा जानै सक्दिनँ, बरु यतै ज्यान फाल्छु ।’

कसैले राख्न नमानेका उनलाई धन्न मोतीरामले आश्रय दिए । उनको स्याहारमा सहयोग पुगोस् भनेर सीडीएफ डोटीले जेठदेखि मासिक हजार रुपैयाँ भाउजू देवी बोगटीका नाममा खाता खोलेर जम्मा गर्दै आएको थियो । कालीले त्यो रकम कहिल्यै उपयोग गर्न नपाएको दु:खेसो गरिन् ।

सीडीएफ डोटीका प्रदीप पन्तले त्यसपछि रकम उनकै हातमा दिन खातामा हाल्न रोकेको बताए । उक्त संस्थाले ४४ संक्रमितलाई मासिक हजार रुपैयाँ दिँदै आएको छ । त्यसअघि रेडक्रसले कालीको परिवारमा जीविकोपार्जन होस् भनेर बाख्रा पालनमा सहयोग गरेको थियो । दाजु अमरले छोरो जन्मेको खुसीमा त्यसलाई पनि काटेर खाइदिएको उनको आरोप छ ।

परिवारकै असहयोगका कारण आफूले ३ कक्षाभन्दा पढ्न नसकेको उनले बताइन् । काडामाडांै गाविसका सहलेखापाल भीम बोगटीले कालीलाई घर फर्काउने प्रयास गरे पनि नमानिरहेको बताए । डोटीमा एचआईभी संक्रमित बालबालिका ६८ छन् ।

(डीआर पन्त, खगेन्द्र अवस्थी, अर्जुन शाह, मोहन बुढाऐर भवानी भट्टकाे सहयाेगमा)

http://www.ekantipur.com/kantipur/2071/10/18/full-story/339261.html

४, हिमालय टाईम्स दैनिकमै अर्काे समाचार पासवान विरुद्ध मुद्दा दायर शिर्षकमा ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापा काँकडभिट्टा स्थित ३ नं नापी टोलका सर्वेक्षक रविन्द्र पासवानविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । (विस्तृत समाचार पेज नं ३ मा)
५, ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु शिर्षकमा राजधानीको एक समाचार ।
भोजपुरमा भएको ट्रयाक्टर दुर्घटनामा परी वायो प्लाण्ट कम्पिनीका कर्मचारी सुनसरी प्रकाशपुरका सरोज परियारको मृत्यु भएको छ ।
६, घाँटी कसेर पत्निको हत्या शिर्षकमा अन्नपुर्ण दैनिकमा एक समाचार रहेको छ । annapurna post.jpg 19

http://annapurnapost.com/epaper.aspx/epaper/2_2_2015

सोही समाचार लजमा महिलाको मृत्यु शिर्षकमा कमाण्डर पोष्ट दैनिकमा पनि छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: