- राधेश्याम विश्वकर्मा
भैरहवा, माघ १५ – शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर अगाडीको राजकिय बौद्ध बिहारको रुख मूनि भिक्षु मिलिन्द अनशनमा बसिरहेका छन् ।
करिब साढे २ बर्ष अघि राजकिय बौद्ध बिहारमा मूख्य भन्ते (पूजारी) को रुपमा रहेका उनी दलित भएको थाहा पाए पछि बिहार ब्यावस्थापनले बाहिर निकाले पछि अहिले उनि न्याय खोज्दै अनशनमा बसेका छन् ।
सरकारले जातीय भेदभाव तथा छुवाछुत कसुर तथा सजाए ऐन २०६८ समेत ल्याई सकेको अवश्थामा अहिले पनि जातीयताकै आधारमा सर्वसाधारण मात्र हैन यस्ता भन्ते पनि बहिस्कृत हुनु परेको छ । चितवन भरतपुरका भिम बहादुर सार्की आफ्नो सबै थोक त्यागेर गौतम बुद्धको शरणमा पुगेका थिए ।
शान्तीको अग्रदुत गौतम बुद्धले सबैको कल्याण गरेका हुन मेरो पनि अवश्य कल्याण हुने छ भन्दै सबै थोक त्यागेर भिक्षुको जिवन ब्यतित गर्ने निर्णय गरेको हु । सोही अनुरुप बिगत साढे २ बर्ष देखि राजा महेन्द्रले स्थापना गरेको राजकिय बौद्ध बिहारमा भन्ते भै ध्यान, पूजा आजा गरि आएकोमा हाल मलाई जाती कै आधारमा त्यसमा रोक लगाईएको छ भन्दै न्यायको लागी भिक्षु मिलिन्दको नामले चिनिने भिम बहादुरले याचना गरेका छन् ।
उनले केही दिन पहिला पनि बिहारका म्यानेजर बाबु साहेब भन्ने लखन सिंहले आफुलाई बिभिन्न जाती सूचक शब्द प्रयोग गरि गाली गर्दै कुटन आएकोले आफुले ईलाका प्रहरी कार्यालय लुम्बिनीमा मौखि उजुरी दिएको बताए । त्यसको करिब डेढ महिना पछि नै दलित भन्दै राजकिय बौद्ध बिहारको भन्तेबाट निकाली जवरजस्ती माफी मागेको लिखित कागज बनाउन लगाएको बताए । स्थानिय बौद्ध भिक्षुहरुको हकहितको लागी लुम्बिनी भिक्षु संघ गठन गरेको भन्दै बिहार प्रशासनले माफी माग्न लगाएको उनले बताए ।
लुम्बिनीको मायादेवी अगाडी नै राजकिय बौद्ध बिहारको प्राङ्गणमा न्यायको लागी बसे पनि दलित सम्बन्धि न्यायको कार्यान्वयन गर्ने निकाय र दलित अधिकारको पक्षमा वकालत गर्नेहरु मौन रहेको उनले आरोप लगाएका छन् ।
साढे २ बर्ष देखि बिहारमा भन्ते रहे पनि बिहार प्रशासनले केही भनेको थिएन, अहिले दलित भएको थाहा भएपछि एमाले सम्वद्ध अखिल नेपाल भिक्षु महासंघ सित स्विकृति लिएर आउन भनेको र दलित भएकै कारण महासंघले आफुलाई आवद्धता नदिएको उनले आरोप लगाए । यस अघि केही पनि नचाहिएको बिहार प्रशासनलाई अहिले महासंघको स्विकृति चाहियो भन्ने निहु निकालेर आफुलाई बहिस्कृत गरिएको उनले रातोपाटीलाई बताए ।
बिहार प्रशासनले अखिल नेपाल दलित महासंघका अध्यक्ष भिक्षु ज्ञानपूर्णिक महस्थिविर लाई सम्बोधन गर्दै लुम्बिनी भिक्षु संघ गठन गरि भिक्षु मिलिन्दले गल्ती गरेको र अब आईन्दा यस्तो गल्ती कार्य कहिल्यै नगर्ने र राजकिय बौद्ध बिहारमा समेत नबस्ने भनि पौष १४ गते लिखित माफी पनि माग्न लगाएको छ । नेपालमा संघ संस्था खोल्न पाउने प्रत्येक नेपालीको अधिकार रहे पनि कथित अखिल नेपाल भिक्षु महासंघलाई यो कुरा पचेन र दलित समेत रहेका भिक्षु मिलिन्दलाई बहिस्कृत गरिएको उनका भक्त उपासक भिक्षु शिलभद्रले बताए । जवरजस्ती लेखाईएको पत्रमा संघ नायक अश्वघोषको आज्ञानुसार अस्थायी रुपमा बसेको र हाल उनकै आज्ञाले उक्त बिहार छोडेको उल्लेख रहेको छ ।
स्थानिय दलित अगुवा लाला लोधले भिक्षु मिलिन्दलाई जातीय भेदभावकै कारण बिहारको भन्तेबाट निकालिएकोले उनलाई स-सम्मान पुनः सो दर्जा दिनु पर्ने बताए । अहिले राज्यले बलियो कानुन बनाए पनि कार्यान्वयन पक्ष फितलो र प्राय मेलमिलापमै यस्ता जातीयताका मुद्दा मिलाई दोषीलाई उन्मुक्ति दिने गरेका बताउदै राजकिय बौद्ध बिहारमा जातीय भेदभाव गर्नेलाई कडा भन्दा कडा सजाय दिनु पर्छ । लोधले भने । सबैलाई शान्ती र अहिंसाको पाठ दिने गौतम बुद्धकै जन्मस्थलमा यस्तो भै रहेका छ भने अन्यत्र के होला ? लोधले प्रतिप्रशन गरे ।
यता यस सम्बन्धमा बिहार प्रशासनका कर्मचारीलाई सम्पर्क गर्दा लुम्बिनी धर्मोदय समितिका सह सचिव सुवर्णमान शाक्यले भिक्षु मिलिन्दलाई जातीयता कारण नभई उनको अवधि पुगेकोले भिक्षु महासंघले फिर्ता बोलाएको भनि प्रतिक्रिया दिएका छन । उनलाई ६ महिनाको लागी मात्र पठाईएको हो तर उनि बिगत साढे २ बर्ष देखि जवरजस्ती बसिरहेका छन । अहिले उनलाई सो पद छोडन भन्दा भिक्षु मिलिन्दले जातीयता अगाडी ल्याएको दावी गरे । भिक्षुहरुलाई बिभिन्न बिहारमा खटाउने र तान्ने काम भिक्षु महासंघको भएको र त्यसमा बिहार प्रशासनको कुनै भुमिका नरहने लुम्बिनी धर्मोदय समितिका अध्यक्ष चकोरमान शाक्यले बताए ।
– See more at: http://www.ratopati.com/2015/01/29/204338.html#sthash.cVYRhxPR.HXKyLvrV.dpuf