जागरण मिडिया सेन्टर

Home » दलित समाचार » आजका पत्रपत्रिकामा दलित समाचार सामाग्री ।

आजका पत्रपत्रिकामा दलित समाचार सामाग्री ।

माघ २०,
जागरण मिडिया सेन्टर, काठाण्डौं ।
१, दलितसँग विहे गरेकी छोरीकोे हत्या प्रयास शिर्षकमा नेपाल समाचारपत्रमा एक समाचार छापिएको छ । dalit

चारघरे–८ की रजनी थापामगरले एकवर्षदेखिको पवित्र मायाँलाई मार्न सकिनन् र माघ १७ गते छिमेकी गाउँकै एक दलित युवकसँग प्रेम विवाह गरिन्। तर, उनको घरपरिवार र आफन्तलाई यो निर्णय मन परेन।जसको परिणामस्वरूप विवाह भएको दुई दिन नबित्दै आफ्नै आफन्त, दाजुभाई र आमासहित मिलेर सोमवार रगताम्मे हुनेगरी कुटेर रजनीको हत्या प्रयास गरे। दलित केटालाई छोड्न दवाव दिँदा नमानेपछि उनीहरूले यस्तो प्रयास गरेका हुन्। सदरमुकाम विदुरसँगै जोडिएको कल्याणपुर गाविस–४ खुर्सानीखोलाका २१ वर्षिय लालबहादुर विश्वकर्मासँग विवाह गर्न रजनीलाई प्रेमका सामु कुनै जातभातले त छेकेन। उता, परिवार र आफन्तलाई भने ‘पानी नचल्ने तल्लो जात’ सँग गएर आफुहरूको इज्जत फालेको भन्ने रिसको आवेगमा छोरीको कुटपिट गरी हत्याको प्रयास गरेका हुन्। कुटपिटबाट शरिरभरी निलडाम र चोटपटक लागेर घाइते भएकी उनको साँझ जिल्ला अस्पताल त्रिशूलीमा उपचारका लागि भर्ना गरिएको छ।पीडित रजनीका अनुसार सोमवार दिउँसो चारघरेस्थित माइतीबाट गएकी आमा रमा थापामगरको नेतृत्वमा दाजु सुसन, काका महेन्द्र र दुईजना सानीआमासहित १६ जना कल्याणपुर गाउँमा रहेको युवकको घरमा पुगे। युवकको छिमेकमा उनीहरूको आफन्त पर्ने मगरहरूको वस्ती छ। उनीहरूलाई साथमा लिएर विश्वकर्माको घर घेर्न पुगेका करिब ८० देखि ९० जनाको समुहले छोरीसँग कुरा गर्नुछ भन्दै घरबाट निकालेका थिए। परिवार र आफन्तबाट कुटिएको कहालिलाग्दो घटना सम्झिँदै रजनी भन्छिन्, ‘मलाई फकाउँदै घरदेखि पर एकान्तमा पुर्याएपछि तँ पानी पनि नचल्ने तल्लो जातसँग गएर हाम्रो इज्जत फालिस्, त्यो केटा छाडेर हिँड भने। जात मलाई थाहा छैन, मैले मन मिल्यो बिहे गरिसकेँ, अब उसलाई छोड्दिन भनेर मैले मानिँन। त्यसपछि अब तैँले बाँच्न पाउँदिनस्, भन्दै आमा, दाई र काका सबैले जथाभावी चिर्पट र ढुंगाले हान्न थाले। मार्नै खोजेको थाहा पाएपछि ज्यान जोगाउन भागेँ। मुख र नाकबाट रगत बग्दाबग्दै बेहोस् भएछु पछि श्रीमान् र अरू आफन्तले आएर बचाए।’ रजनीलाई मार्न खोजेको बुझेपछि उद्धार गर्न जाँदा आफूहरूलाई पनि केही समय बन्धक बनाइएको युवकका भिनाजु विनोद सुनारले बताए। श्रीमान् लालबहादुरका अनुसार रजनी तीन महिनाकी गर्भवतीसमेत छिन्। कुटपिटबाट शरिरको भित्री भागमा असर पुगेकोले अवस्था पनि संवेदनशील भएको अस्पतालका चिकित्सकहरूले बताएका छन्। ‘छिमेकका मगरहरूले घरबाहिर निस्के मार्ने भनेका छन्, लालबहादुरले भने, ‘गाउँ छोडेर अन्तै जा, नत्र गाउँबाट निकालेर डाँडा कटाउने धम्की छ, कहाँ जाने हामी ? सानो जात भनेर बाँच्न पनि नसकिने भइयो।’ यता, प्रहरीले भने यस घटनाको उजुरी आएमा दोशीहरूलाई कानुन बमोजिम कारबाही गरिने जानकारी दिएको छ।

http://www.newsofnepal.com/new/society/2015/02/83076

२, कान्तिपुर दैनिकमा वालविवाह विरुद्ध चेतना जगाउदै शिर्षकमा लहानको समाचार छापिएको छ । 

विवाहबारे जानकारी नहुँदै १४ वर्षमै सिरहा भदैयाकी शान्तिदेवी सदाय मुसहरलाई अभिभावकले अन्माएर पठायो । माइतीघर गोविन्दपुर मलहन्वाले उनलाई १४ वर्षसम्म मात्र हुर्किने अवसर दियो । त्यसपछि उनी पराया घरमा संघर्ष गर्न बाध्य भइन् ।

२०५३ सालमा आफूभन्दा दुई वर्ष जेठा भदैयाका मागैन सदायसँग उनको मागी विवाह भएको थियो । विवाहको दुई वर्षमै १६ वर्ष पुग्दा उनले छोरी सरिता जन्माइन् । ‘कलिलै उमेरमा बुहार्तन र बच्चा स्याहार गर्नुपर्‍यो,’ शान्तिदेवीले भनिन्, ‘सुत्केरी अवस्थामा समेत जनवन -ज्याला मजदुरी) मा खट्नुपर्दा स्वास्थ्य नराम्ररी बिगि्रयो ।’ 

एकातिर विवाहबारे थाहा नहुँदै सिउँदो रंगाउनुपर्‍यो भने अर्कातिर शारीरिक रूपमा तयार नहुँदै सुत्केरी र कामको बोझ सहनु पर्दा जीवनमै ठूलो मानसिक तनाव खेपेकी शान्ति सदाय मुसहरमा दलित समुदायमा बालविवाह चलनप्रति नकारात्मक छाप पर्‍यो ।

त्यही छाप मस्तिष्कमा रहिरहेकै बेला दलित सशक्तीकरणका लागि एक्सन एडको सहयोगमा लहानस्थित दलित जनकल्याण युवा क्लबले टोलमा रेफ्लेक्ट कक्षा सञ्चालन गरेपछि दलित समुदायमा बालविवाह चलन सदाका लागि हटाउने अठोट गरिन् ।

शान्ति भन्छिन्, ‘कक्षामा सामेल महिलालाई संगठित गरी बालविवाह विरुद्ध अभियान सञ्चालन गर्‍यौं, महिलामा बचत गर्ने बानीको विकास गरी आयआर्जनमा समेत अग्रसर भयौं ।’

शान्ति मात्रै होइन, बालविवाह विरुद्ध अभियानमा सिरहा, ढोढना विरनगरकी २४ वर्षीया रीता दास पनि सक्रिय छिन् । १५ वर्षको उमेरमै बालविवाह भोगेकी उनले आफ्ना र समुदायका बालबच्चाले आफूले जस्तै नियति भोग्न नपरोस् भनेर खबरदारीमा लागिपरेको सुनाइन् । २४ वर्षकै उमेर ३ छोरी र १ छोरा जन्माइसकेकी उनले बालविवाहकै कारण शारीरिक रूपमा दुर्बल भएको दु:खेसो पोखिन् ।

बालविवाह कानुनविपरीत हो भन्दै उनी सक्रिय रूपमा लागिपरेकी छन् । शान्ति र रीता मात्र होइन, अहिले बालविवाह र सामाजिक कुरीतिविरुद्ध २०६५ सालमा दलित जागरण महिला सशक्तीकरण समूह गठन गरी २२ महिला सक्रिय छन् ।

‘मुसहर, डोम, मेस्तर, तत्मालगायत दलित समुदायमा बालविवाह गर्ने प्रचलन बढ्दो थियो,’ समूहकी सचिव विमला दासले भनिन्, ‘त्यसको मार हाम्रो पुस्ताले भोग्यौं, कानुनी र शारीरिक रूपमा समेत सबल नभएसम्म विवाह गरिदिन हतारो गर्नुहुन्न भन्ने भोगेका हामीले यो विरुद्धको अभियान नै चलायौं, जसले गर्दा बालविवाह रोकियो ।’ बालविवाह गर्नुभन्दा शिक्षा दिनुपर्छ भनी हिंड्दा अवरोधसमेत भएको स्मरण गर्दै उनी भन्छिन्, ‘हिले गाउँकै पुरुष महिलाको सक्रियता राम्रो रहेछ भन्न थालेका छन् ।’

विरनगरकै बद्री दास महिला अभियानपछि बालविवाह रोकिएको बताउँछन् । त्यति मात्र होइन, महिला हस्तक्षेपपछि सामाजिक कार्य र सामाजिक कुरीतिसमेत न्यूनीकरण भएको उनले सुनाए ।

दलित जनकल्याण युवा क्लब अध्यक्ष उमेश बिसुन्केले सशक्तीकरण अभियानका लागि साक्षरता कक्षा सञ्चालन गर्नु नै समाज परिवर्तनका लागि कोसेढुंगा साबित भएको बताए । त्यही अभियानले दलित समुदायमा वर्षौंदेखि जकडिएर रहेको बालविवाह अन्त्य गरेको उनले सुनाए । http://www.ekantipur.com/kantipur/2071/10/19/full-story/339345.html

 ३,बन्चरो प्रहार गरी श्रीमतीको हत्या शिर्षकमा कान्तिपुर दैनिकमा एक समाचार छ ।  

गोरखा , माघ १९ – तनहुँ पुर्कोटका नेत्र नेपालीले माइतीमा बस्दै आएकी श्रीमती चन्द्रकुमारीको हत्या गरेका छन् । लामो समयदेखि पालुङटार नगरपालिका ४ बडारेस्थित माइतीमा बस्दै आएकी ४२ वर्षीया चन्द्रकुमारीको ५० वर्षीय श्रीमान् नेत्रले आइतबार साँझ बन्चरोले टाउकोमा हानेर हत्या गरेका हुन् । नेपालीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । चन्द्रकुमारी एक वर्षअघिदेखि माइतीमा बस्दै आएकी थिइन् । दुई दिनअघि ससुराली आएका नेपालीले उनलाई बञ्चरो प्रहार गरेका थिए । प्रहारबाट घाइते चन्द्रकुमारीको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रमेश थापाले बताए ।

सोही समाचार अन्नपुुर्ण दैनिकमा पनि छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: