जागरण मिडिया सेन्टर

Home » दलित समाचार » आजका पत्रपत्रिकामा दलित समाचार सामाग्री ।

आजका पत्रपत्रिकामा दलित समाचार सामाग्री ।

माघ २२,
जागरण मिडिया सेन्टर, काठमाण्डौं ।
१, छोरीले गरिन् आमामाथि नै कारबाहीको माग शिर्षकमा राजधानी पत्रिकामा यो समाचार छापिएको छ ।

दलित युवकसँग प्रेमविवाह गरेकी नुवाकोट चारघरेकी एक युवतीले आमासहित माइती पक्षमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटमा उजुरी दिएकी छन् ।

चारघरे–८ पीपलडाडाँकी रजनी थापा मगरले गत १७ माघमा कल्याणपुर–४ का लालबहादुर विश्वकर्मासँग प्रेमविवाह गरेपछि सोमबार माइती पक्षले लालबहादुरको घरमै पुगेर मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।

माइती पक्षबाट कुटिएपछि त्रिशूली अस्पतालमा उपचारपछि बुधबार जिल्ला प्रहरी कार्यालयमा न्यायका लागि आमा रमा थापा मगरसहित काका महेन्द्र, दाजु सुसन मगर र सानीआमाहरू मञ्जु राना र साइँली राना मगरविरुद्ध उजुरी दिएकी हुन् । प्रहरीले घटनामा संलग्नमध्ये पाँचजनालाई पक्राउ गरी जातीय भेद्भाव तथा छुवाछूतविरुद्ध मुद्दा चलाइएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले बताए ।

आमासहित माइती पक्षलाई उजुरी दिएकी रजनीले आपूm असुरक्षित भएकोसमेत उजुरीमा उल्लेख गरेकी छन् । कुटपिट गर्दाको अवस्थामा केटा नछोडे गाउ“मा बस्न नदिने बताएका माइती पक्षविरुद्ध जाहेरी दिएपछि उनले असुरक्षित भएको बताइन् ।

रजनी दुई दिनदेखि सदरमुकामस्थित आमाजू सम्झना विकको डेरामा आश्रय लिइरहेकी छन् । तीन महिनाको गर्भवती रजनीलाई आफन्तले कुटपिट गर्दा रक्तश्राव भएको थियो । मंगलबार साँझ डिस्चार्ज भएकी उनी अझै राम्रोसँग हिँड्डुल गर्न र उठबस गर्नसमेत नसक्ने छिन् ।

http://www.rajdhani.com.np/article/0166501001423059645

अन्तरजातिय बिहे गर्नेमाथी कुटपिट शिर्षकमा सोही समाचार हिमालय टाईम्स दैनिकको पेज नम्वर ४ मा पनि छापिएको छ ।

२, छुवाछूत विरुद्धमा साझा अवधारणाको खाँचो शिर्षकमा गोर्खापत्र दैनिकमा यो समाचार छापिएको छ ।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले जातीय भेदभाव तथा छुवाछूतको मुद्दालाई सबै राजनीतिक दलले साझा अवधारणा बनाउनुपर्ने बताउनुभएको छ । समाजमा हाल छुवाछूतको अवस्था जुन छ त्यो राम्रो नभएको चर्चा गर्दै उहाँले दलहरुले छुवाछूत विरुद्धमा हामी एक ठाउँमा छौँ भन्ने सन्देश दिन जरुरी रहेको उल्लेख गर्नुभयो । DSC02412
आफ्नै कार्यकक्ष सिंहदरवारमा बुधवार दलित नागरिक समाजको ज्ञापनपत्र बुझ्दै अध्यक्ष नेम्वाङले विगतको संविधानसभाले गरेको कामको स्वामित्व ग्रहण गरिसकेपछि हालको संविधानसभा त्योभन्दा पछाडि फर्कन नसक्ने बताउनुभयो । ‘विगतका सहमतिभन्दा संविधानसभा पछाडि फर्कन सक्दैन बरु सकेसम्म अगाडि नै बढ्छौं’ उहाँले बन्नुभयो । सो अवसरमा अध्यक्ष नेम्वाङले सहमति प्राथमिकता हो, दलहरुबीच सहमति हुनुपर्छ, प्रमुख दलहरु लचिलो हुन अवश्यक छ भन्नुभयो ।
दलित गैरसरकारी संस्था महासंघका अध्यक्ष गजाधर सुनारले प्रमुख दलहरुबीच सहमति र संवादबाट संविधान निर्माण गर्न आग्रह गर्नुभयो ।  साथै दलित नागरिक समाजले आमा वा बावुमध्ये एकको नाममा नागरिकता प्रदान गरिनुपर्ने बताएको छ । नागरिकताको बिषय संवेधनशील भएको चर्चा गर्दै सचिव विकेले लैगिंक विभेद गर्न नहुने बताउनुभयो ।

http://gorkhapatraonline.com/news/2574

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: