जागरण मिडिया सेन्टर

Home » दलित समाचार » दलित समुदायको प्रतिनिधत्व गर्दै सर्वोच्च शिखर सगरमाथा आरोहण गरिने

दलित समुदायको प्रतिनिधत्व गर्दै सर्वोच्च शिखर सगरमाथा आरोहण गरिने

फागुन ३, काठमाडौं

दलित समुदायको प्रतिनिधत्व गर्दै सर्वप्रथम सर्वोच्च शिखर सगरमाथा आरोहण गरिने भएको छ । बोष्टर मिडियाद्वारा आइतबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा दलित विजय घिमिरे विश्वकर्माले दलित समुदायबाट आजसम्म कसैल पनि सगरमाथा आरोहण गरेको रेर्कड नभएकाले आफुले उक्त ऐतिहासिक रेर्कड राख्न खोजेको बताए । सगरमाथा आरोहणमा आजसम्म दलित समुदायबाट प्रतिनिधित्व हुन नसकेको हुँदा आफुले सन २०१५ भित्रै सगरमाथा आरोहण गर्ने प्रयास थालेको विश्वकर्माले जानकारी दिए । सर्वोच्च सिखर सगरमाथा आरोहणका क्रममा विश्वकर्माले नेपाली राष्ट्रिय पोसाक दौरा सुरुवाल र दाप सहितको खुकुरी लिएर जाने भएका छन् । पर्वतारोहण आधारभुत तालिम लिइसकेका विश्वकर्माले आर्थिक समस्याका कारण आफु धेरै पहिले देखि शिखर चढ्न उत्साहित भएपनि अभावले खुट्टा तानीरहेको गुनासो गरे । “सर्वोच्च शिखर सगरमाथा पिछडिएका दलित समुदायको पनि उत्तिकै गौरवको विषय हो र हामिले पनि प्रतिनिधित्व गर्नु आवश्यक छ तर मेरो निम्न आर्थिक हैसियतका कारण म भित्र साहस भएर पनि आर्थिक समस्याले मलाइ धेलिरहेको हुँदा समस्यामा छु ” उनले भने । सोलुखुम्बु जिल्ला घर भएका विश्वकर्माले यस अघि ६ हजार मिटर अग्ला हिमाल चढिसकेका छन् । कार्यक्रममा एमाले सभासद मोहनसिंह राठोरले दलित समुदायले गर्न लागेको ऐतिहासिक सगरमाथा आरोहणमा आफु हरतरहका सहयोगका लागी तत्पर भएको जानकारी दिनुभयो । –

Source:  http://www.rastriyakhabar.com/?p=20749#sthash.mIaU8VB9.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: