जागरण मिडिया सेन्टर

Home » भनेको सुनेको कुरा » लोकतन्त्र : स्नेह सायमी

लोकतन्त्र : स्नेह सायमी

Sneh Sayami

भन्ज्यांगको चिया पसलमा

जुठे दमाइ आउंछ
कसैलाइ छोइएला भनेर
अलग्गै भुइंमा बसेर चिया खांन्छ
आफ्नो गिलास आफै माझ्छ
र जड्याहा टंके कार्कीलाई सोध्छ –
हन काजिसहेब – यो लोकतन्त्र भन्या के हो ?

रमिला पोडे आउँछे
टोल सडक बढार्छे
रेस्ट रुम हरु पखाल्छे
लुगा धोई दिन्छे
र मालिक्नीले दिएको हिजोको खाना
खुसी मान्दै खान्छे र
सोध्छे
यो समानता भनेको के हो ?

भगवानलाइ पुकार्छे
भाग्यलाई सराप्छे
र सोच्छे –
म एक बोरा चामल को मालिक हुने कहिले ?
भन्छे –
जमिन्दार प्रधानको छोरा काजी कमरेडले भन्नु भएको
आर्थिक क्रान्ति भनेको के हो ?

डल्ली सर्किनीका लालाबाला धेरै
कमाइ थोरै
एक जोर जुत्ता बिकेको दिन
पोइले रक्सी खाएर आउँदा
भोकले रिसाउन्छे
पोइले लात्तीले भकुर्छ
रुन्छे रातभर
र भोलि पल्ट जान्छे हेल्थ पोस्टमा
फर्कंदा भेटछे स्कुलकी मास्टरनी
र सोध्छे –
राति प्रौढ शिक्षामा भन्नु भएको लैंगिक विभेद भनेको के हो ?

काले कामीले
कति पुस्ता देखि फलाम पिटेर आएको
बिहान देखि बेलुकी सम्म धुँवा , आगो र फलामसंग खेल्दा खेल्दै
रगत छाडेपछि
धेरै भगवानको पुजा गरेको हो
पण्डित भज नारायण देखि प्रभु यशु सम्म गुहारेको हो
र पनि
अल्पायु मै बा आमा बितेको हो
काले कामी मनमनै सोच्छ
कुन भगवानले ,
मेरो मेहनतको ज्याला ग्यारेन्टी गर्छ
भनिदेउ न धर्म बुझ्नेहरू
काले लामीले सोध्छ -कुन धर्म माने के हुन्छ ? धर्म नमाने के हुन्छ ?

महाराजका सम्पतिको कुनै लेखाजोखा छैन
कति कर तिर्छन कति लुकाऊंछन
कति व्यापार गर्छन ,कति विदेश लान्छन
यस्तै सुनेको हो

अहिले देख्छु नेताहरुका प्रतिस्पर्धामा
आलिशान निबास निर्माणमा
बिदेश भ्रमणमा
सबार सबारीमा
रिसोर्ट होटेल मा

नेताका गाडी चलाउने राम बहादुर तामांगले सोध्यो –
यो गणतन्त्र भनेको को हो ?

Sneh Sayami फेसवुक स्टाटस

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: