जागरण मिडिया सेन्टर

Home » विचार » बुद्ध कै जन्म–घर भित्र छुवाछुत !

बुद्ध कै जन्म–घर भित्र छुवाछुत !

डिक बहादुर विश्वकर्मा
पृथ्वीमा ईश्वरको अस्तित्व इन्कार गरेका आपैmंलाई दुनियाँले ईश्वर मानेर पुिजएका तथा सनातन देखि चल्दै आएको वर्ण व्यवस्था र छुवाछुत प्रथालाई ठाडैÞ अस्वीकार गरी आफुले स्थापना गरेको संंघ लाई जातीय भेदभाव र छुवाछुत बाट पूर्णतया मुक्त राखेका गौतम बुद्धको आफ्नै जन्मघरमा छुआछुत भएकोछ । लुम्बिनी स्थित राजकीय बौद्ध बिहारका एकजना वरिष्ठ बौद्ध भिक्षुलाइ अछुत भनि त्यहाँको धर्मोदय उपसमितिले अन्यायमा पारेको खबर झण्डै एक महिना अघि छापामा आए देखि हिन्दू धर्म र समाज बाट अछुत बनाइएका दलितहरु ‘ अगुल्टोले हानेको कुकुर बिजुली देख्दा तर्सन्छ ’ भने भैंm आफ्ना मार्ग दर्शक भारतीय नेता डा.भिमराव अम्बेडकरले कत्रो छानबीन पछि अत्यन्त विश्वासपूर्वक अँगालेको बौद्धधर्म प्रति नै सशड्ढित भै तर्सन थालेका छन् । प्रकाशित समाचार अनुसार– हिन्दू समाजको जातिय भेदभाव र छुआछुत बाट आक्रान्त बनेका चितवन भरतपुरका भीम बहादुर सार्की भारत को दिल्लीमा अध्ययनरत छँदा अम्बेडकरनिति पछ्याउँदै बौद्ध धर्म प्रति अगाध आस्था राखी आज भन्दा ३० बर्ष अघि तत्कालिन भिक्षु (हालका संघ नायक) अश्वघोष बाट दितिक्ष भै बौद्ध नियमानुसार भिक्षु ‘मिलिन्द’ बनेका थिए ।
उनै भिक्षु मिलिन्द करिब अढ़ाइ बर्ष अघिे उक्त बिहारको मुख्य भन्ते बनेर लुम्बिनी आउँदा,उन्को मूल परिचय कसैलाई थाहा भै नसकेकोले, सम्बन्धित सबै बाट स्वागत, जय– जयकार र पूर्ण सहयोग पाए । फलतः मुख्य भन्तेले गर्नु पर्ने यावत् काम उनले निर्विघ्न सम्पत्र गर्दै आए । सब ठिकठाक चलेको थियो । तर नवागन्तुकको मूलजात पत्ता नपाए सम्म उसको परिचय अधुरै ठात्रे र सजिलै थाहा नपाए सुराकी लगाएरै भएपनि जात पत्ता लाएरै छोड्ने, तब मात्र उ संग जात सुहाउँदो व्यवहार गर्ने आमहिन्दू– को राष्ट्रघाती बानी अनुरुप त्यस धर्मोदय समितिका मनुवादी मैनेजर बाबुसाहेब भनिने लखनसिहले पनि सुराकी लगाएर भिक्षु मिलिन्दको जन्म थलो, मूलजात र साबिक नाम पत्ता लगाई छोडे पछि बल्ल ती भिक्षुको दुर्दिन र भैm– झगडा शुरु हुन थाल्यो ।
धर्मोदयका पुराना कर्मचारी तथा घटनाका प्रत्यक्षदर्शी झलक बहादुर ओलीका अनुसार ७ महिना अघि एकदिन अचानक मैनेजर सिंहले भिक्षु मिलिन्दलाई नानाथरी गाली गर्दै ‘ तँ चमारलाई हामीले भिक्षु मानेर पुज्न, आदर गर्न सक्दैनौं,। तँ यो बिहार बाट निक्लिहाल् ’भनेर आक्रमण गर्न पुगे । कुरो धर्मोदय उप–समितिमा पुग्यो । उप–समितिका पदाधिकारीहरु बुद्धिष्ट भए तापनि सबै कथित उपल्लो जातका भएकोले तत्कालै कुरो बाहिर आउन दिइएन । मैनेजर लखन सिंहको गल्तीलाई स्वीकारिएता पनि मनु र तुल्सीदासको क्रमशःः निर्देशन, ‘शुद्रको हत्या गरे एउटा भ्यागुतो वा कौवा मारे बराबरको पाप लाग्छ—मनुस्मृतिः११।१३२।।’ र ‘ढोलक,गवाँर, शुद्र, पशु र आइमाई यी सबलाई पिटेर मात्र काम लिनु पर्छ—राम चरित मानस’ अनुरुप सानो जातले भलै कुटाई खावस् तर पिडक ठूलो जातले कुनै सजाय नपावस्’ भत्रे हिन्दू परम्परा कै अनुशरण त्यो धर्मोदय समितिले पनि ग¥यो । पिडक मैनेजर सिंहलाइ यस्तो काम अब नगर्नु भनि सामान्य सम्झाउनु बाहेक कुनै कारबाही गरिएन । फलतः लखनसिंहले भिक्षु मिलिन्दलाई सताउने अर्कै बाटो पकडे ।
अबःमैनेजर साहेबको उक्साहटले अभय बनेका स्थानीय जनताले पो मिलिन्दलाई ‘तँ चमारले बिहार छोडेर निक्ली जा’ भन्दै गाली र झगडा गर्न थाले । बुद्ध र आफ्ना गुरुलाई स्मरण गरी यतिञ्जेल सहेर बसेका भिक्षु मिलिन्दले यसरी बाहिरी सर्व– साधारण बाट समेत अति हुन थाले पछि प्रतिकार गर्न बाध्य भए । मिलिन्दमाथि अपमान र आक्रमण हँुदा सम्म मौन साधना गरेको धर्मोदय समिति, यो मौका पाउँदा भने उनलाई कारबाही गर्न चुकेन । ०७१ पौष १४ का दिन फटाफट सभा डाकी, उनीमाथि स्थानीय जनता संग भिक्षु नियम विपरित झगडा गरेको, बौद्ध परम्परा विपरित समिति गठन गरेको, भत्रे आरोप लगाई माफी माग्न र राजकीय बौद्ध बिहार छोडेर जाने लिखितपत्रमा दस्तखत गर्न उनलाइ बाध्य पारियो । स्मरण रहोस्ः– भिक्षु मिलिन्दले केहि दिन अघि मात्र लुम्बिनी परिसर भित्रका सबै भिक्षुहरुलाई समेटेर ‘लुम्बिनी मायादेवी भिक्षु संघ’ गठन गरेका थिए । ऐलेको परिवर्तनशील समयमा उनको त्यो काम कुनै अपराध थिएन, किनकि बुद्धको पाला देखि हाल सम्म बुद्ध–संघका अनगिन्ती नियम र प्रचलनहरु समयको माग अनुसार परिवर्तन हुँदै आएका कुरा कसैले नकार्न मिल्दैन । तर धर्मोदय सभाले उनलाई सजाय गर्न त्यो पनि एउटा कारण बनायो । मैनेजर सिंहले भिक्षु उपर त्यसरी अन्याय गर्दा गराउँदा का प्रत्यक्षदर्शी झलक बहादुर र भिक्षु शिलभद्र त्यहीं छँदा, पनि पिडकलाई कुनै कारबाही नगर्ने, तर पिडितलाई भने उल्टै सजाय गर्नुले धर्मोदय उपसमितिको निश्पक्षता र न्यायशिलतामा औंला उठाउने ठाउँ प्रशस्त छ । हुनुत के पथ्र्यो भने जब लखनसिंहले भिक्षु मिलिन्दलाई जातिय अपमान गरे, तत्कालै समितिले सभा डाकी पिडकलाई पहिलो पल्ट पिडित संग माफि मगाउने र नसच्चिई करतुत दोहो¥याउन थाले पिडकलाई नै त्यो बिहार बाट अन्त सरुवा गर्नु वा बर्खास्त गर्नु पथ्र्यो । त्यसो गरेको भए बल्ल बुद्धको मानवतावाद सार्थक हुन्थ्यो र संंसारले बुद्धिष्टहरु प्रति औंला उठाउने ठाउँ पनि रहत्रथ्यो । तर धर्मोदय उपसमिति र लुम्बिनी विकास कोषमा रहेका सबै पदाधिकारी मूलतः कथित सवर्ण जातका भएकोले नै यस मामिलामा बुद्धवादलाई भन्दा मनुवादलाई बढी प्राथमिकता दिएर दलित–दबाउने काममा सबै एकमत भएको देखिन्छ ।
यदि यस्तो मनुवादी सोंच र व्यवहार त्यहाँका पदाधिकारीहरुमा कायम रहि रहेमा कुनैदिन, विश्वहिन्दू महासंघको निर्देशनमा आजकल विश्व–शान्ति र समृद्धिका लागि भन्दै देशका विभित्र भागहरुमा ब्राह्मण वटुकहरु द्वारा सम्पत्र भैरहेको श्रीमद् भागवत् विश्वपुराण महायज्ञ धार्मिक सहिष्णुताको बहानाले गौतम बुद्धको जन्म थलो चिनाउने अकाट्य प्रमाणको रुपमा जगतैले मानेको अशोक–स्तम्भको आँगनमा पनि सम्पत्र नहोला भत्र सकित्र । हिन्दूधर्मको एक पक्षले बुद्धलाई पनि भगवान विष्णुको दशवाँ औतारको रुपमा प्रचार गर्दै आएको हुनाले पनि उक्त कुरा संभव छ । तर त्यो पक्षले बिर्सन नहुने अकाट्य तथ्य यो पनि छ कि, जसरी (१( दाजु देवदत्तले काँडले हानेर खसालेको घाइते हाँसलाई पनि आपैmले उपचार गरेर बचाउने (२) हिन्दू अत्याचार बाट पशु भन्दा बढी सताइएका शुद्रहरुलाई काखी च्यापेर ‘जन्मले कोही ठूलो÷सानो जात हुँदैन,कर्मले मात्र हुन्छ ’ भन्दै आफ्नो संघमा बाहुन बराबरको मान्यता दिने— बुद्ध; (१)वनका निरिह मृगादि पशु पंक्षीलाई सहजै मारेर पकुवा खाँदै हिडने (२) धर्मानुसार बाहुनले मात्र गर्न पाउने तपश्या शुद्रले गरेकोलाई अक्षम्य अपराध मानि निहत्था र जिर्णशिर्ण तपस्वी शम्बुकको टाउको आफ्नै हातले काटी छिनाल्ने— भगवान रामको औतार कदापि हुन सक्दैनन्; त्यसैगरी (१)मस्त जवानी कालमा पनि आफ्नी एकमात्र पत्नी यशोधरा र बालक छोरो राहुललाई त्यागेर दिव्यज्ञानको खोजीमा राजपाट त्यागेका— बुद्ध, (१)आफ्ना पटरानीहरु लगायत हजारौं गोपिनीहरु संग रमण गर्दै हिड्ने— श्रीकृष्णका औतार कदापि हुन सक्दैनन् ।
अन्तमा—भिक्षु मिलिन्दलाई परेको उक्त अन्यायलाइ अखिल नेपाल भिक्षु महासंघले अविलम्ब सच्याइ उनलाई साबिक पदमा, यथावत् पुनर्बहाली गर्नुका साथै पिडक मैनेजर लाई त्यहाँबाट सरुवा वा बर्खास्त गरी आफ्नो संस्थालाई मनुवादी प्रभाव बाट पूर्णतः मुक्त राख्नेछ भत्रेमा नेपालका दलित आशावादी छन् ।
— ० —

dikbk1947@yahoo.com> Nepaldalitinfo


2 Comments

  1. NRN in Canada says:

    बुद्ध कै जन्म–घर भित्र छुवाछुत ! nepaldalitinfo International: Let us show solidarity to bring justice to Buddhist priest Bikshu Milind and peace loving Buddhists of the world! Originally posted on जागरण मिडिया सेन्टर:डिक बहादुर विश्वकर्मा पृथ्वीमा ईश्वरको अस्तित्व इन्कार गरेका आपैmंलाई दुनियाँले ईश्वर मानेर पुिजएका तथा सनातन देखि चल्दै आएको वर्ण व्यवस्था र छुवाछुत प्रथालाई ठाडैÞ अस्वीकार गरी आफुले स्थापना गरेको संंघ लाई जातीय भेदभाव र छुवाछुत बाट पूर्णतया मुक्त राखेका गौतम बुद्धको आफ्नै जन्मघरमा छुआछुत भएकोछ । लुम्बिनी स्थित राजकीय बौद्ध बिहारका एकजना वरिष्ठ बौद्ध भिक्षुलाइ अछुत भनि त्यहाँको धर्मोदय उपसमितिले अन्यायमा पारेको खबर झण्डै एक महिना अघि छापामा आए देखि हिन्दू धर्म र समाज बाट अछुत बनाइएका दलितहरु ‘ अगुल्टोले हानेको कुकुर बिजुली देख्दा तर्सन्छ ’ भने भैंm आफ्ना मार्ग दर्शक भारतीय नेता डा.भिमराव अम्बेडकरले कत्रो छानबीन पछि अत्यन्त विश्वासपूर्वक अँगालेको बौद्धधर्म प्रति नै सशड्ढित भै तर्सन थालेका छन् । प्रकाशित समाचार अनुसार– हिन्दू समाजको जातिय भेदभाव र छुआछुत बाट आक्रान्त बनेका चितवन भरतपुरका भीम बहादुर सार्की भारत को दिल्लीमा अध्ययनरत छँदा अम्बेडकरनिति पछ्याउँदै बौद्ध धर्म प्रति अगाध आस्था राखी आज भन्दा ३० बर्ष अघि तत्कालिन भिक्षु (हालका संघ नायक)…View original 822 more wordsMarch 2, 2015 – 5:02 am Categories: Dik Bahadur BK’s Blog, General | Post a comment  __________________________

    Drona P. Rasali, PhD, MACE Vancouver, BC CANADA __________________________

    “Health is a state of complete physical, mental and social well-being and not merely the absence of disease or infirmity” (WHO)

    http://www.pitt.edu/~super1/lecture/lec42421/018.htm

  2. Reblogged this on Nepaldalitinfo International and commented:
    Let us show solidarity to bring justice to Buddhist priest Bikshu Milind and peace loving Buddhists of the world!

Leave a comment

Top Clicks