जागरण मिडिया सेन्टर

Home » दलित समाचार » दलितका छोरा र लिम्बूकी छोरीवीच मागी विवाह ।

दलितका छोरा र लिम्बूकी छोरीवीच मागी विवाह ।

किशन शाही

२५ फागुन, मोरङ ।

समाजमा रहेको जातीय विभेदलाई चुनौती दिँदै मोरङको एक युगल जोडीले दलित र जनजातिवीच मागी बिहे गरेका छन् ।  केरावारी-३ का एक दलित युवकले जनजातिकी छोरीसँग दुबै तर्फका परिवारको स्वीकृतिमा मागी विवाह गरेका हुन् ।

Dipak-and-Shantaदलित र गैर दलित जोडीवीच अहिलेसम्म भागेर मात्रै विवाह हुने गरे पनि दलित युवकले जन्ती लिएर सामाजिक परम्परा अनुसार विवाह गरेका हुन् ।

केराबारी-३ का दीपक पोर्तेलले मोरङ पथरी-८ कि शान्ता थेबेसँग आइतबार सामाजिक परम्परा अनुसार विवाह गरेका हुन् । लिम्बु समुदायको थेबे परिवारले आफ्नी छोरीको कन्या दान राजीखुशीले दलित युवकसँग गराएर राम्रो  उदाहरण पेश गरेका छन् ।

विवाहमा दलित तथा गैरदलित समुदायका छरछिमेकीहरु जन्ती गएका थिए । बेहुली पटि्टबाट पनि छरछिमेकले भोज खाएका थिए ।

लिम्बुकी छोरीसँग बिबाह गर्न पाएकोमा खुशी देखिएका बेहुलाले भने- ‘विवाहअघि हामीवीच प्रेम पनि थिएन, यद्यपि केटी माग्न गयौं, उनका परिवारले पनि स्वीकार गरेपछि सामाजिक परम्परा अनुसार विवाह गरेका हौं ।’

समाजमा जातीय छुवाछुतको प्रथा अझै पनि हट्न सकेको छैन । तर, समाजमा सकारात्मक सन्देश प्रवाह गर्नका लागि जन्ती लिएर बेहुली भित्र्याएको दीपकका बुबा धनबहादुर पोर्तेलले बताए ।

सामाजिक परिवर्तनका लागि अन्तरजातीय विवाह गर्ने संस्कारलाई  समाजले यसैगरी मान्यता दिनुपर्ने दलित हकहित समन्वय समितिका सचिव युपल रुचालले बताए ।

http://www.onlinekhabar.com/2015/03/250277/#sthash.IUkvngUH.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: