टेकेन्द्र वस्याल
चैत ५ , कोहलपुर, जागरण मिडिया सेन्टर
वाँके जिल्लाका अगुवा कृषकका लागि चारदिने खाद्य अधिकार विषयमा प्रशिक्षण तालिम सोमबारदेखि नेपालगन्जमा सूरु भएको छ । दुई नगरपालिका र २० गाविसका २५ जना अगुवा कृषकलाई खाद्य सुरक्षा र कृषि विकासमा बारेमा प्रशिक्षण दिईने छ । कृषि र खाद्य अधिकार एकआपसमा अन्तरनिर्भर रहेको र यसको विकास र पैरवी बारेमा अगुवा कृषकलाई चारदिनसम्म खाद्य अधिकारकर्मी र कृषिविज्ञले प्रशिक्षण दिनेछन् । सहभागीलाई राष्ट्रियस्तरको खाद्य अधिकार र सुरक्षाका बारेमा जानकारी दिईने आयोजक राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष देउमल सुनारले बताए । चारदिने प्रशिक्षणपछि सहभागी अगुवा कृषकले नगरपालिका र गाविसमा अन्य कृषकलाई प्रशिक्षण दिनेछन् ।
Advertisements
Advertisements