जागरण मिडिया सेन्टर

Home » दलित समाचार » पुर्खेउली पेसा गरी गाउ“मै रोजगार, मासिक ३० हजार आम्दानी

पुर्खेउली पेसा गरी गाउ“मै रोजगार, मासिक ३० हजार आम्दानी

मिलन परियार
५ चैत्र, डोटी,जागरण मिडिया सेन्टर
भारतको पंजाबमा ९ बर्ष चौकीदारी गरी छुट्टीमा घर आएका डोटी दुर्गामाण्डौ गाविस ५ खड्का बाडाका ३५ बर्षिय भीम बहादुर कामी फर्केर गएनन् ।

Milan news photoउनीसंगैका दौतरी पंजाबको लुधियाना शहमा रातदिन डण्डा ठटाउदै छन् । तर उनी भने गाउ“मै बास,निंगालाको काम गरेर राम्रै आम्दानी गरिरहेका छन् । ६ बर्ष अघि गाउ“मै सडक पुगेपछि बनेको वायल बजारमा उनले बा“स,निंगालाको काम गर्न थालेका छन् ।

उनले दुर्गामाण्डौं गाविसको वायल बजारमा घर भाडामा लिएर एक बर्ष देखी बा“स,निंगालाको काम गर्ने ब्यवसायनै खोलेको छन् । त्यसबाट राम्रो कमाई भएपछि उनी यतै बसेका हुन् । उनले भारतमा चौकीदारी गरी रहेका गाउ“ले भाईलाई पनि बोलाएर यसै काममा लगाएका छन् ।Milan news photo 2

गाउ“देखि पा“च घण्टाको दुरीमा रहेको चुरे जंगलमा पाईने निगांलो ल्याउने र आफैले बिभिन्न किसिमका सामाग्री तयार गर्ने गरेका छन् । निगांलोका सामानहरु स्थानीय बजारमै खपत हुन्छ ।

ब्यवसायबाट महिनामा २० देखि ३० हजार रुपैया“ आम्दानी हुने उनी बताउ“छन् । उनको पसलमा दुई जना कामदार छन् । उनिहरुले बनाएको डोको,छाप्रो,डुग्रो,डालो,सुप्पाले राम्रै बजार पाएको छ ।

स्थानीय बजारमा मात्र नभएर छिमेकी गाविस बासुदेबी,तिखात्तर,गगुडा,सातफरी,धिर्कामाण्डौ र चवराचौतारामा समेत बिक्रि हुने गर्दछ । बोगटान क्षेत्रको प्रमुख बजार वायल भएकाले उनीहरु सामाग्री लिनका लागि वायलमै आउने गर्दछन् ।

अर्काको देशको गल्ली चहारेर नोकरी गर्नु भन्दा आफ्नै गाउ“मा मनग्गे पैसा कमाउन सकिन्छ कामीले अनुभव सुनाए । यसै ब्यवसायको कमाईले राम्ररी घर परिवार पालेको र दुई छोरालाई स्थानीय सनराईज बोर्डिङ स्कुलमा समेत पढाएको उनले बताए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: