जागरण मिडिया सेन्टर

Home » दलित समाचार » समाज विकासको बाधक जातीय विभेद

समाज विकासको बाधक जातीय विभेद

बुटवल, चैत ८ गते ।

नेकपा एमाले स्थायी कमिटीका सदस्य तथा मुक्ति समाज नेपालका संस्थापक अध्यक्ष छविलाल विश्वकर्माले जातीय विभेद तथा छुवाछूतले गर्दा विश्वसामु नेपालीको शिर झुकेको बताउनुभएको छ । मुक्ति समाज लुम्बिनी अञ्चलको आयोजनामा शनिबार बुटवलमा भएको ५०औँ अन्तर्राष्ट्रिय जातीय तथा रङ्ग भेद उन्मूलन दिवसका अवसरमा आयोजित ‘जातीय भेदभाव तथा छुवाछूत प्रथाको पूर्णउन्मूलन सामाजिक न्याय र समतामूलक समाजको स्थापना’ विषयको विचार गोष्ठीमा उहा“ले २१औँ शताब्दीमा पनि जातीय विभेद तथा छुवाछूत कायमै रहनु सिङ्गो राष्ट्रलाई नै घाटा हो भन्दै यसको अन्त्यका लागि राजनीतिक दल र भ्रातृ सङ्घसङ्गठन, नागरिक समाज, बुद्धिजीवी, दलित अधिकारकर्मी सबै एक भएर लाग्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा डा मुरारी पराजुलीले ‘नेपालमा दलित जाति, सङ्घर्षको परम्परा’ विषयको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने डा निर्मलकुमार विश्वकर्मा र बुद्धिजीवी गोपीरमण उपाध्यायले टिप्पणी गर्नुभएको थियो । रासस

http://gorkhapatraonline.com/news/4352

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: