जागरण मिडिया सेन्टर

Home » दलित समाचार » दलितहरु अछुत भएर गरिव भएका हुन् : दलित नागरिक समाजका अध्यक्ष गजाधर सुनार ।

दलितहरु अछुत भएर गरिव भएका हुन् : दलित नागरिक समाजका अध्यक्ष गजाधर सुनार ।

विरु नेपाली

चैत ९, जागरण मिडिया सेन्टर ।

दलित नागरिक समाजका अध्यक्ष तथा दलित गैरसरकारी संस्था महासंघका अध्यक्ष गजाधर सुनारले एकिकृत योजनावद्ध अभियानले मात्रै छुवाछुत तथा जातिय भेदभाव अन्त्य हुने वताउनुभयो   उहाँले सरकारको तर्फबाट पैसाको कमिटमेण्ट गरेर प्रयाप्त स्रोत साधनको व्यवस्था भएमा छुवाछुत पाँच वर्षमा समाप्त हुने धारणा राख्नुभयो ।
अन्तर्राष्ट्रिय जाति तथा रंगभेद विरुद्धको दिवसका सन्दर्भमा राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च र जागरण मिडिया सेन्टरको आयोजनामा “जातीय भेदभाव विरुद्ध नीतिगत बहस” कार्यक्रममा अध्यक्ष सुनारले नेपालको विविधताभित्र शान्ति, सम्वृद्धि, तथा स्थिरता र विकासको कुरा गरिरहदा छुवाछुतको समस्यालई वुझ्ने र स्वीकार गर्ने कुरालाई व्यवहारमा कार्यन्वयन नगर्दा सम्म यो समस्याको अन्त्य नहुने वताउनु भयो ।
दलितहरु गरिव भएर अछुत भएका हुन् या अछुत भएर गरिव भएका हुन्, यो कुरामा स्पट हुनुपर्छ, उहाँले भन्नुभयो, “दलितहरु अछुत भएकै कारण गरिव भएका हुन् । दुईटै कुरालाई साथसाथै लिएर जानुपर्छ ।”
अहिलेसम्मको प्रयास शिक्षित भएपछि मात्रै छुवाछुतको अन्त्य हुन्छ भन्ने सोचाई थियो । तर छुवाछुत टिकाउने गाउका सोझा सिधा सर्वसाधारण मान्छेहरु मात्रै होईनन्, उनीहरुलाई दोष दिएर हुदैन । अहिले विभिन्न ठाउमा छुवाछुत गर्नेहरु नै शिक्षित व्यक्तिहरु छन्, अध्यक्ष सुनारले भन्नुभयो ।
समग्रमा जातिय भेदभाव तथा छुवाुछत सवैको साझा समस्या हो, दलितको मात्रै समस्या हैन भन्ने दिशामा यसको समाधान खोजिनुपर्छ । उहाँको निष्कर्ष थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: