जागरण मिडिया सेन्टर

Home » दलित समाचार » “सुन कस्ले पगाल्यो ? मन्त्र पढेर सुन पग्लिन्छ ?, जुत्ता वनाउने भनेको ईन्जिनियरिंग हो, खुट्टा जस्तो छ त्यस्तै वनाउने, मन्त्र पढेर वन्छ ? (थर कुनै जातिको पेवा हैन) (जनै त्यो वेलाको देखाउने प्रमाण पत्र हो) : पुर्व सभासद तथा दलित अधिकारकर्मी ‘आहुती’

“सुन कस्ले पगाल्यो ? मन्त्र पढेर सुन पग्लिन्छ ?, जुत्ता वनाउने भनेको ईन्जिनियरिंग हो, खुट्टा जस्तो छ त्यस्तै वनाउने, मन्त्र पढेर वन्छ ? (थर कुनै जातिको पेवा हैन) (जनै त्यो वेलाको देखाउने प्रमाण पत्र हो) : पुर्व सभासद तथा दलित अधिकारकर्मी ‘आहुती’

विरु नेपाली
चैत ११, जागरण मिडिया सेन्टर ।

पुर्व सभासद तथा दलित अधिकारकर्मी विश्वभक्त दुलाल ‘आहुती’ले नेपाली समाजमा दलितलाई अशिक्षित भन्ने गरिएको अवधारणा गलत भएको व्याख्या गर्नुभएको छ ।
गत शुक्रवार राजधानीमा आयोजित ५० औ अन्तराष्ट्रिय जाति तथा रंगभेद उन्मुलन दिवस २१ मार्चको सन्दर्भ पारिएर गरिएको एक कार्यक्रममा उहाँले दलितमाथी भएका सबै खाल्का भ«महरु चिर्न सक्नुपर्ने वताउनु भएको हो ।
“सुन कस्ले पगाल्यो ? मन्त्र पढेर सुन पग्लिन्छ ? कति डिग्रीमा तताएर हान्ने भन्ने कुरा कसरी जान्ने ? मन्त्रले ? जोतिष हेरेर ? हुदैन, त्यो दलितलाई थाहा छ, त्यो अशिक्षित ? त्यो कसरी अशिक्षित ? त्यसैले यो अवधारणा नै गलत छ,” उहाँले भन्नुभयो । हिन्दु समाजमा प्राविधिक र वैज्ञानिक भनेका दलित मात्रै हुन्, “अरु भनेका अरु सबै वुद्धि नचाएर खानेहरु मात्र हुन् । जुत्ता वनाउने भनेको केहो ? ईन्जिनियरिंग हो, खुट्टा जस्तो छ त्यस्तै वनाउने भनेको हो, मन्त्र पढेर वन्छ ? लुगा सिईन्छ मन्त्र पढेर ? त्यसकारण शिक्षाको अवधारणा नै गलत छ ” उहाँले भन्नुभयो ।
साहित्यकार समेत रहनुभएका दुलाल ‘आहुती’ ले दलितहरुले थर ढाँटेर लेखे भन्ने गैरदलितहरुको आरोपहरुमाथी खण्डन गर्दै उहाँले, नेपालमा थर कुनै जातिको मात्र पेवा होईन् भन्नुभयो । दलितहरुलाई पहिला थर लेख्न छुट नभएर नलेखेको हो र २०४६ सालको परिवर्तनपछि विस्तारै चेतना आयो, अहिले दलितहरुले आफ्नो थर लेख्न थाले । पहिला थर लेख्नको लागि क्षत्री वाहुन, ठकुरीलाई लगाएत गैरदलितललाई मात्रै छुट थियो । तर दलितलाई थर लेख्न छुट थिएन, उस्ले जातै लेख्नुपथ्र्यो । कतिपयले ढाँटेर पनि थर लेखे होलान् तर आधारभुत रुपमा उनीहरुसँग थर थियो । त्यो थर लेखेको कुरा दलितको पक्षमा वोल्ने गैर दलितलाई पनि थाहा थिएन । त्यसकारण ढाँटेर थर लेख्यो, भन्ने भ«म पर्यो, उहाँले भन्नुभयो, “मेरो थर दुलाल हो, मैले वनाएर ढाँटेको होईन, मेरो पुस्ता दुल्लुबाट आएको हो, दैलेखको दुल्लबाट हिड्ने मगर पनि दुलाल हो, विश्वकर्मा पनि दुला हो, जैशी वाहुन पनि दुलाल हो, क्षत्री पनि दुलाल हो, सार्की पनि दुलाल हो । त्यो कुनै ढाँटेर लेखेको होईन, मलाई पहिला लेख्न नदिएर नलेखेको हो । अहिले लेख्न पाएर लखेको छु ।”
ठकुरीले आफ्नो जात ठकुरी लेख्न पर्दैन, त्यसैगरी एउटा वाहुनले राम प्रसाद वाहुन लेख्न वाध्य छैन । के दलितले कामी नै लेख्नपर्ने ? कामी जात ढाँट्नु र आफ्नो थर लेख्नु एउटै कुरा हो । जात ढाँटेर त नेपालमा कुनै सम्भव नै छैन । कसरी ढाँट्ने ? झापाको मान्छेले काठमाण्डौमा ढाँट्न सक्छ, झापाको गाँउमा कसरी ढाँट्ने, यो त सम्भव नै छैन, चितवनमा सँगै वसेका जोईपोई, जात थाहा पाएपछि १८ वर्षमा श्रीमतीले लोग्नेलाई छोड्दिईन् । कसरी ढाँट्ने, दुई दिन ढाँट्ने, ३ दिन ढाँट्ने, जिन्दगीभर कसरी ढाँट्ने ?ढाँटेर कुनै सम्भव छैन, वेलायत गएर ढाँट्न सम्भव छ । उहाँले थप व्याख्या गर्दै भन्नुभयो, “गैरे भनेको के ? गैरी गाउबाट आएको, थापा भनेको, थापाकोटबाट आएको, रेणु भनेको, रेणामबाट आएको, पौडेल भनेको पौडालबाट आएको, पोखरेल भनेको पोखरी भाको ठाउबाट आएको । थर भनेको केहो ? ठाउसँग सम्वन्धित छ, घटनासँग सम्वन्धित छ, वंशसँग सम्वन्धित छ, दलितले पनि लेख्न पाउछ, त्यो कुनै ठुलो कुरा होईन । ”

त्यसैगरी आहुतीले दलितहरुको चेतनास्तर उठेको छैन भन्ने दृष्टिकोण समेत गलत भएको टिप्पणी गर्नुभयो । सात साल, २०४६ सालमा दलितको जनसख्या अनुसार समानुपातिक शहिद भएका छन् । जनयुद्धमा ७, ८ हजार मान्छे मारिए, दलितको १३ सय मान्छे मारिए, ०६३ सालको आन्दोलनमा १९ जना शहिद भए, ३ जना दलित शहिद भए । अरुले त्यत्तिनै वलिदान गरेपछि त्यक्तिनै अधिकार पाउने, उल्ले चाही त्यतिनै वलिदान गर्दा पनि नपाउने भनेको, नदिने भनेको पो हो, उसको चेतना नआको होईन, उहाँको धारणा थियो ।
खान लाउन जान्नु, लाज ढाक्न जान्नु, सम्मान गर्न जान्नु, खेतीपाती गर्न जान्नु, उत्पादन गर्न जान्नु, अर्काको निम्ती भलो चिताउन जान्नु, चेतना भएको विष्लेषण गर्दै उहाँले, “कस्लाई कसरी लुट्ने ? मित लाएर उसको जग्गा लुट्ने कि ? छोरी दिएर लुट्ने कि ? अनि चाँही दही चिउरा लाईदिएर फिँज आएर मर्यो भनेर मुद्धा लाइदिने, अनि त्यो चाँही चेतना ? षडयन्त्र चाँही चेतना ? चेतनाको परिभाषा नउल्टाएसम्म दलितहरुलाई चेतना आएको भन्ने छैनन् ” भन्नुभयो ।

त्यस्तै जातमा आधारित सन्दरता सम्वन्धि दृष्ट्रिकोण समेत वदल्नुपर्ने उहाँको अर्काे निष्कर्ष छ । दलितको कुलमा जन्मेको महिला, यदि वाहुनले जलाई राम्रो भन्छन् त्यस्तो जन्मने हो भने, वाहुनीजस्तो भनिन्छ । के हो राम्रो भनेको ? कालो भन्ने वित्तिकै नराम्रो ? त्यसो भए मधेसी सबै नराम्रो ? अफ्रिकन सबै नराम्रो ? त्यसो हो भने, हाम्रो कालो कपाल पनि नराम्रो हुनपर्ने नी ? रौ त राम्रो होईन, त्यसैले हाम्रो अवधारणा नराम्रो हो, दृष्ट्रिकोण नराम्रो हो, उहाँले भन्नुभयो, “दलित जात देख्नेविक्तिकै नराम्रो भन्ने, अनि दलित कोही राम्रो देखे त्यो वाहुनी जस्तो ? गैरदलितमा अलिकति नराम्रो जस्तो देखिनेविक्तिकै दमाई कामी जस्तो भन्ने ? ”

त्यसैगरी अधिकारकर्मी आहुतीले, जनै, म तागाधारी हु, म ठुलो जात हो भनेर उ वेला देखाउनको निम्ति लगाएको प्रमाणपत्र भएको वताउनुभयो । दुईथरी प्रमाण पत्र हुन्थ्यो, एउटा धागो लाउने, अर्काे निधारमा डाम्दिने त कमारो हो भनेर । निधारमा आगोले डामिदिएपछि त्यसको दाग कहिल्यै जाँदैैनथ्यो सवैले चिन्थे, समस्या त्यहाँनिर छ, उहाँले भन्नुभयो, “नेपालमा मानवअधिकार भन्ने जो चलिराछ, ३ हजारवर्ष भन्दा वढि देखी, दलितहरुमाथी निरन्तर हिंसा छ, दलितहरु निरन्तर राजनीतिमा उपस्थित छैनन् । दलितहरु निरन्तर अपमानित छन् । त्यसकारण मानवअधिकार आयोग वन्दा एकजना पनि दलित हुदैन । ” साथै जातको आधारमा भएको उत्पिडनलाई तपाईले आफ्नो एजण्डा वनाउनुहुन्न भने, अथवा ती मानिसहरुलाई तपाईको ठाउमा उपस्थित हुन दिनुहुन्न भने, यो मानव अधिकार कसरी चल्छ ?उहाँले थप्नुभयो ।

उहाँले सबै विषयमा जान्ने भन्नु, किताव लेख्नु भन्नु र जिन्दगी पढ्ने भन्नेकुरा विल्कुलै वेग्लै कुरा भएको वताउनु भयो । पहिलो संविधानसभामा ४ वर्षसम्म राज्य पुनर्संचनाको कुरा गरीरहँदा आफुलाई धुरन्धर विद्धान मान्दै गर्दा आफुले माझीको वारेमा छेउटुप्पो नै नवुझेको कुरा उल्लेख गर्दै गर्नुभयो । समितीको वहसमा पानीलाई, नदिलाई सिमाना मान्ने भनेर कुरा गर्यौ, ३ वर्षको अन्तिम महिनामा त्यही समितीको माझी सदस्यले ३ मिनेट समय मागेर मञ्चमा वोले, सबै तपाईहरु जान्नुहन्छ, तपाई हरु विद्धान हुनुहुन्छ, मैले केही जानेको छैन, मेरा नेताहरुले धेरै जानेका छन् । तर प्रदेश वनाउदाँखेरी नदीको सिमाना नराखिदिनुुहोला, नदिको सिमाना राखिदिएपछि मेरो माइलो भाई त पारी गईसकेको छ । म वारी नै हुन्छु । एउटै दाजुभाई पनि अर्काे –अर्काे प्रदेशको हुने भयौं । त्यसकारण अरुलाई त मिल्ला हामी माझीलाई चाँही मिल्दैन । “आफ्नो समस्याको समाधानको लागि त्यही पिडितले नै वोल्नुपर्छ । ” उहाँले थप्नुभयो ।

वागमती फोहर भएको प्रसंगलाई कोट्याउदै उहाँले, जुनवेला नेवार जातिहरुले सामुहिक चर्पीमा दिशापिसाव गर्दथे, त्यो वेलासम्म वागमती सफा थियो । उनीहरुको घरघरमा चर्पी वनाउने कन्सेप्ट थिएन । तर जव वागमती खाल्डोमा घरघरमा चर्पी वनाउनुपर्छ भन्नेहरु, दिशा धुनुपर्छ भन्नेहरु, सेनापति, राजा, महाराजाहरु, प्रमुख सचिवहरु, भएर आए, त्यसपछि वागमती फोहर सुरु भयो भन्नुभयो, “वागमती जनसख्या वढेर फोहोर भएको होईन, त्यसोभए वेईजिंग पनि फोहोर हुनपर्ने हो नि ? वागमतीको सभ्यताको मुल कुरा नवुझेकाहरुले शाषन थालेपछि वागमती फोहोर भएको होे ।” अहिले मुख्य सचिवका छोरा नातिहरुलाई असर गर्ने भएपछि वागमती सफा गर्न थाले, यो वेठिक कुरा होईन । उहाँहरुलाई ज्ञान भयो, वागमती सिद्धियो भने आफ्ना छोरा नाति सिद्धिने भए, त्यसकारण दलितको वारेमा के गर्ने भन्ने कुरा पहिले दलितलाई सोध्नुपर्छ, उहाँले जोड दिनुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: