जागरण मिडिया सेन्टर

Home » विचार » अहिले फेर्नैपर्ने र भत्काउनैपर्ने जरुरी कुरा (जस्तो कि जनै भनेको के हो ?)

अहिले फेर्नैपर्ने र भत्काउनैपर्ने जरुरी कुरा (जस्तो कि जनै भनेको के हो ?)

नेपालमा दलित समस्यालाई सांस्कृतिक क्षेत्रहरूको भेदभाव तथा छुवाछूतको समस्या भनेर बुझ्ने चलन छ । नेपाली राज्यसत्ताले जे बुझायो, त्यो बुझाइ षडयन्त्रपूर्वक बेठिक छ । वास्तवमा हिन्दु समाज र हिन्दुद्वारा शासित समाजमा जातव्यवस्था एउटा सम्पूर्ण राजनीतिक आर्थिक प्रणाली हो ।

म आर्थिक समस्यामा फेरि जोड दिन चाहन्छु । एउटा खास जातमा हुनु भनेको खास वर्गमा हुनु हो । २०६२/६३ पछिकालाई छाडेर नेपालका सबै प्रधानमन्त्री खासखास जातका भए । उनीहरू सबै किन प्रधानमन्त्री भए त ? किनभने उनीहरू खास जातका थिए । खास जातमा भएकै कारण उनीहरूसँग खास प्रकारको जमिन थियो । उनीहरूसँग खास प्रकारको राजनीतिक हैसियत थियो । त्यसकारण उनीहरू प्रधानमन्त्री भए ।

त्यसकारण जातव्यवस्थालाई वा वर्णव्यवस्थालाई र दलित प्रश्नलाई सामान्य सांस्कृतिक रुपमा बुझ्ने जो अवधारणा छ, जो पञ्चायतकै सिकायत हो, त्यो अवधारणालाई त्याग्न सक्नुपर्छ । जातव्यवस्था समग्र राजनीतिक आर्थिक प्रणाली हो । पहिलो कुरा, यसबाट कोही अछूतो छैन । दोस्रो कुरा, दलितबारे जति पनि भ्रम छन्, तिनलाई चिर्न सक्नुपर्छ ।

एउटा ठकुरीले आफ्नो जात ठकुरी लेख्न पर्दैन, ऊ बाध्य छैन । एउटा बाहुन पनि रामप्रसाद बाहुन लेख्न विवश छैन । अनि किन दलितले मात्रै कामी नै लेख्नुपर्ने ?

भर्खरै एकजना मित्रले भन्नुभयो, पहिला कामी, दमाई, नेपाली लेखिन्थ्यो, अहिले किन घिमिरे, पौडेल इत्यादि किन लेखियो ? किनभने पहिले दलितलाई थर लेख्न दिइँदैनथ्यो । पहिले थर लेख्नका लागि ठकुरीलाई मात्रै छुट थियो । थर लेख्नलाई ब्राह्मणलाई छुट थियो, क्षेत्रीलाई छुट थियो, दलितलाई थर लेख्न छुट थिएन, उसले जातै लेख्नुपर्थ्यो । उसलाई थरबाट चाँडै चिनियोस् भनेर यसो गरिएको थियो ।

२०४६ सालको परिवर्तनपछि दलितहरूमा पनि विस्तारै चेतना आयो अनि उनीहरूले पनि थर लेख्न थाले । कतिपयले ढाँटेर पनि थर लेखे होलान्, तर उनीहरूसँग आधारभूत रुपमा थर थियो । त्यो थर लेखेको कुरा दलितको पक्षमा बोल्ने गैरदलितलाई पनि थाहा थिएन । त्यसकारण उसलाई के अचम्म लाग्यो भने, ढाँटेर थर लेख्यो, मेरो थर लेख्यो भन्ने भ्रम पर्‍यो ।

मेरो थर दुलाल हो । मैले बनाएको वा ढाँटेको होइन । मेरो पुस्ता दुल्लुबाट आएको हो । दैलेखको दुल्लुबाट हिँड्ने मगर पनि दुलाल हो, विश्वकर्मा पनि दुलाल हो, जैसी बाहुन पनि दुलाल हो, क्षेत्री पनि दुलाल हो, सार्की पनि दुलाल हो । त्यो कुनै ढाँटेर लेखेको होइन । मलाई पहिले लेख्न नदिएर नलेखेको पो हो त । अहिले लेख्न पाएर लखेको छु ।

एउटा ठकुरीले आफ्नो जात ठकुरी लेख्न पर्दैन, ऊ बाध्य छैन । एउटा बाहुन पनि रामप्रसाद बाहुन लेख्न विवश छैन । अनि किन दलितले मात्रै कामी नै लेख्नुपर्ने ? कामी जात ढाँट्नु र आफ्नो थर लेख्नु एउटै कुरा हो । जात ढाँटेर त नेपालमा कुनै सम्भवै छैन । झापाको मान्छेले काठमाडौंमा ढाँट्न सक्छ, झापाको गाउँमा कसरी ढाँट्ने ? यो त सम्भवै छैन । यो त केही समयको अस्थायी प्रक्रिया मात्र हो ।

चितवनमा १८ वर्षसम्म जात ढाँटेर जोइपोइ भएर बसे । १८ वर्षपछि जात थाहा पाएपछि श्रीमतीले लोग्नेलाई छोड्दिइन् । कसरी ढाँट्ने, दुई दिन ढाँट्ने, तीन दिन ढाँट्ने, जिन्दगीभर कसरी ढाँट्ने ? ढाँटेर कुनै सम्भव छैन । जसरी जात ढाँटेको आरोप आइरहेको छ, त्यो सहर र विदेशको कुरा हो । आफ्नो घरमा, गाउँमा जाँदा त पुड्केको छोरा हैन भनेर भनिहाल्छ, कसरी ढाँट्ने ? बेलायत गएर ढाँट्न सम्भव छ ।

जब वागमती खाल्डोमा घरघरमा चर्पी बनाउनुपर्छ भन्नेहरू, दिशा धुनुपर्छ भन्नेहरू सेनापति, राजा, महाराजा, प्रमुख सचिवहरू भएर आए, त्यसपछि वागमती फोहोर हुन थाल्यो । जनसंख्या बढेर वागमती फोहोर भएको होइन । त्यसो भए त बेइजिङ पनि फोहोर हुनपर्ने हो नि ?

त्यसकारण यो अहिलेको कुनै बहस नै हैन । थर भनेको आफूले मन लागेको कुरा लेख्न पाउनुपर्छ ।

गैरे भनेको के ? गैरी गाउँबाट आएको । थापा भनेको के ? थापाकोटबाट आएको । रेणु भनेको के ? रेणामबाट आएको । पौडेल भनेको पौडालबाट आएको । पोखरेल भनेको पोखरी भाको ठाउँबाट आएको । थर भनेको के हो ? यो ठाउँसँग सम्बन्धित छ, घटनासँग सम्बन्धित छ र वंशसँग सम्बन्धित छ । यस अर्थमा थर दलितले पनि लेख्न पाउँछ, त्यो कुनै ठूलो कुरा होइन ।

सत्य कुरा के हो भने नेपालमा थर कुनै जातिको मात्र पेवा होइन । यो त समाजशास्त्री र मानवशास्त्रीहरूले लुकाइदिएको कुरा हो नि । दुलाल भन्ने बित्तिकै जैसी बाहुन भनेर उनीहरूले भनिदिएको हो । थरको आधार कसैको पेवा होइन । तराईमा राउत थर कसको ? राउत थर त दलितको पनि छ, गैरदलितको पनि छ । तर दलितलाई थर लेख्न दिइएन । त्यसकारण अरुलाई थाहै भएन । अहिले लेख्न पाए । त्यसकारण जात ढाँट्नु बेग्लै कुरा हो, थर लेख्नु भनेको बेग्लै कुरा हो । त्यसकारण दलितका बारेमा जाति पनि सोच्ने तरीकाहरू छन्, त्यो कुरा फेर्न जरुरी छ ।

एक जना साथीले भन्नुभयो, वागमती सफा गर्न प्रमुख सचिवहरू जानुपर्छ । म उहाँको कुरालाई समर्थन गदै अलि फरक कुरा गर्छु । तर वागमती फोहर किन भयो ? कुरा त्यहाँबाट सुरु गर्नुपर्छ । जुनबेला नेवार जातिका मानिसहरूले सामूहिक चर्पीमा दिसापिसाब गर्दथे, त्यो बेलासम्म वागमती सफा थियो । उनीहरूको घरघरमा चर्पी बनाउने धारणा थिएन । तर जब वागमती खाल्डोमा घरघरमा चर्पी बनाउनुपर्छ भन्नेहरू, दिशा धुनुपर्छ भन्नेहरू सेनापति, राजा, महाराजा, प्रमुख सचिवहरू भएर आए, त्यसपछि वागमती फोहोर हुन थाल्यो । जनसंख्या बढेर वागमती फोहोर भएको होइन । त्यसो भए त बेइजिङ पनि फोहोर हुनपर्ने हो नि ?

जुत्ता बनाउने भनेको के हो ? इन्जिनियरिङ हो । खुट्टाजस्तो छ, त्यस्तै बनाउने हो । मन्त्र पढेर बनाओस् त जुत्ता ? लुगा सिइन्छ मन्त्र पढेर ? त्यसकारण शिक्षाको अवधारणै गलत छ । यो अवधारणालाई फेर्नुपर्छ ।

वागमती सभ्यताको मुल कुरा नबुझेकाहरूले शासन थालेपछि वागमती फोहोर भएको होे । अहिले त्यसले मुख्य सचिवका छोरा नातिहरूलाई असर गर्ने भएपछि सफा गर्न थालियो । यो बेठिक कुरा होइन, राम्रो कुरा हो । उनीहरूलाई ज्ञान भयो, ‘ओहो, वागमती सिद्धियो भने त मेरा छोरानाति पनि सिद्धिने रैछ ।’ तर वागमती सभ्यताको कुरा नेवार समुदायसँग सोध्नु जरुरी छ ।

त्यस्तै दलितको बारेमा के गर्ने भन्ने कुरा पहिले दलितलाई सोध्नुपर्छ । दलितसँग चाहि भूमि खोई भनेर सोधेर हुन्छ ? त्यसकारण दलितको बारेमा जति पनि भ्रम छन्, मानवअधिकार भन्नेहरू, बुद्धिजीवी भन्नेहरू सबले त्यो पहिले साफ गर्नुपर्छ ।

दलितहरू शिक्षित छैनन् भन्ने अवधारणा छ, यो गलत छ । अशिक्षित भए सुन कसले पगाल्यो ? मन्त्र पढेर सुन पग्लिन्छ ? जनै मन्त्र पढेर पग्लिन्छ ? कति डिग्रीमा तताएर हान्ने भन्ने कुरा कसरी जान्ने ? मन्त्रले ? जोतिष हेरेर ? हुँदैन । त्यो दलितलाई थाहा छ, त्यही दलित अशिक्षित हुन्छ ? त्यसरी अशिक्षित भन्ने अवधारणा नै गलत छ ।

हिन्दु समाजमा प्राविधिक र वैज्ञानिक भनेका दलित मात्रै हुन् । अरु भनेका सबै बुद्धि नचाएर खानेहरू मात्र हुन् । जुत्ता बनाउने भनेको के हो ? इन्जिनियरिङ हो । खुट्टाजस्तो छ, त्यस्तै बनाउने हो । मन्त्र पढेर बनाओस् त जुत्ता ? लुगा सिइन्छ मन्त्र पढेर ? त्यसकारण शिक्षाको अवधारणै गलत छ । यो अवधारणालाई फेर्नुपर्छ ।

भन्ने गरिन्छ, दलितहरू सोझा छन्, चेतना नै उठेको छैन, कुरै राख्न जानेका छैनन् । के भनेको हो ? मलाई अधिकार चाहियो भन्नु कुरा राखेको हैन ? अर्कालाई फँसाउन जान्यो भने मात्रै कुरा राख्न जानेको हुन्छ ?

दलितहरूको चेतना स्तर उठेको छैन भन्ने दृष्टिकोण छ, त्यो गलत छ । के हो चेतना उठ्ने भनेको ? सात सालमा कति जना सहिद भए ? दलितको जनसंख्याअनुसार समानुपातिक सहिद भए । २०४६ सालमा कति जना सहिद भए, दलितको जनसंख्याअनुसार समानुपातिक सहिद भए । जनयुद्धमा ७–८ हजार मान्छे मारिए, दलित समुदायका मात्रै १३ सय मान्छे मारिए, समानुपातिक ढंगले । २०६३ सालको आन्दोलनमा १९ जना सहिद भए, ३ जना दलित सहिद भएका छन्, समानुपातिक रुपमा । अनि के हो चेतना भनेको ?

अरुले त्यत्ति नै बलिदान गरेपछि त्यत्ति नै अधिकार पाउने, उनीहरूले चाहिँ त्यत्ति नै बलिदान गर्दा पनि नपाउने ? यो त अधिकार नदिने भनेको पो हो त । यो त अरुको चेतना नआएको हो, दलितको होइन । नेपालमा चेतनाको परिभाषा नै फटाहा खालको निस्किसक्यो । ढाँट्न छल्न मात्रै जान्यो भने पुग्यो । भन्ने गरिन्छ, दलितहरू सोझा छन्, चेतना नै उठेको छैन, कुरै राख्न जानेका छैनन् । के भनेको हो ? मलाई अधिकार चाहियो भन्नु कुरा राखेको हैन ? अर्कालाई फँसाउन जान्यो भने मात्रै कुरा राख्न जानेको हुन्छ ?

नेपालमा चेतनाको परिभाषा नै गलत भयो, चेतना भनेको के हो ? खान जान्नु, लाउन जान्नु, लुगा लाउन जान्नु, लाज ढाक्न जान्नु, सम्मान गर्न जान्नु, खेतीपाती गर्न जान्नु, उत्पादन गर्न जान्नु, अर्काको निम्ति भलो चिताउन जान्नु, यो पो चेतना हो त ।

कालो भन्ने बित्तिकै नराम्रो ? त्यसो भए मधेशी सबै नराम्रो ? अफ्रिकीहरू सबै नराम्रो ? त्यसो हो भने हाम्रो कालो कपाल पनि नराम्रो हुनुपर्ने नि ?

कसलाई कसरी लुट्ने ? मीत लाएर उसको जग्गा लुट्ने कि ? छोरी दिएर लुट्ने कि ? के यही हो चेतना ? दही लाइदिएर फिँज आएर मर्यो भनेर मुद्दा लाइदिने चाहिँ चेतना ? षड्यन्त्रचाहिँ चेतना हुन्छ ? चेतनाको परिभाषालाई नउल्टाइएसम्म दलितहरूलाई चेतना आएको भनिने छैन ।
बसमा यात्रा गरिराख्दा सोधिन्छ, यहाँको नाम के होला ? विश्वभक्त दुलाल भन्दा उसले त मलाई बाहुन ठानिहाल्छ । मेरो रजिस्ट्री नाम त्यही हो । दुलाल भन्ने बित्तिकै उसले बाहुन भन्छ । उसले दुलाल भनेको जैसी बाहुन भन्ने मात्र सुनेको हुन्छ । यही ठम्याइका कारण उससँग एकदम राम्रोसँग कुरा हुन्छ, मिठो मिठो कुरा हुन्छ, कुरा गर्दै जाँदा ‘म सार्की’ भनेपछि उसको दिमागमा १५ नम्बर घट्छ मप्रति । हेर्दाहेर्दै म नराम्रो लाग्न थाल्छ उसलाई, हेर्दाहेर्दै म कम बुद्धि भएको लाग्न थाल्छ उसलाई ।

उसको आँखाबाट हेर्दा दलितमा पनि कोही बाहुन वा बाहुनीजस्ता हुन्छन् त कोही कामी–कमिनी, दमाईं–दमिनी, सार्की–सर्किनीजस्ता हुन्छन् । बाहुनजस्तो भनेको सुन्दर हुनु हो, अरुजस्तो हुनु चाहिँ असुन्दर हुनु हो, उसको नजरमा । दलितको कुलमा जन्मेको महिलालाई बाहुनले जसलाई राम्रो भन्छन् त्यस्तो जन्मने हो भने बाहुनीजस्तो भन्छन्, होइन भने कमिनीजस्तो भनेर नाम राख्दै जाने चलन छ । सुन्दरता जति उनीहरूको भागमा, असुन्दर जति दलितहरूको भागमा । सुन्दरतासम्बन्धी यस्तो दृष्टिकोण नफेरेसम्म हुँदैन ।

को राम्रो ? म राम्रो । मलाई कसले नराम्रो भन्ने ? के हो राम्रो र नराम्रो भनेको ? कालो भन्ने बित्तिकै नराम्रो ? त्यसो भए मधेशी सबै नराम्रो ? अफ्रिकीहरू सबै नराम्रो ? त्यसो हो भने हाम्रो कालो कपाल पनि नराम्रो हुनुपर्ने नि ? रौं त राम्रो होइन, हाम्रो अवधारणा नराम्रो हो, हाम्रो दृष्टिकोण नराम्रो हो ।

दलितहरू देख्ने बित्तिकै नराम्रो भन्ने अनि दलित कोही राम्रो देखे त्यो बाहुनीजस्तो हुने ? गैरदलितमा अलिकति नराम्रो जस्तो देखिनेवित्तिकै दमाईं–कामीजस्तो भन्ने ? जताबाट पनि पेलिराख्ने ? जताबाट पनि उनीहरू नै राम्रो । बादी महिलालाई भुँडी बोकाउँदासम्म राम्रै राम्रो, बच्चा जन्मेपछि नराम्रो ? यो सौन्दर्य मूल्यको कुरा हो । यो त जातमा आधारित सौन्दर्य मूल्य हो । यो भनेको चानचुने कुरा होइन, धेरै ठूलो कुरा हो । त्यसकारण यसलाई बदल्नु पर्छ ।

यहाँहरूले पशुपतिमा वागमती सफा गर्न जाँदा जनै लगाएका सचिवहरू देख्नुभएन ? जनै भनेको के हो ? जनै भनेको तागो हो, धागो हो । जुन बेला प्रमाणत्र थिएन, त्यो बेला देखाउनको निम्ति लगाइएको प्रमाणपत्र हो, म तागाधारी हुँ भनेर । मेरो जात ठूलो हो भनेर देखाउन लगाइएको प्रमाणपत्र हो । पहिले दुईथरी प्रमाणपत्र हुन्थ्यो, एउटा धागो लाउने, अर्को निधारमा डाम्दिने, ‘तँ कमारो’ हो भनेर । निधारमा आगोले डामिदिएपछि त्यसको दाग कहिल्यै जाँदैैनथ्यो, उसलाई सबैले चिन्ने भयो । समस्या त्यहाँनिर छ ।

नेपालमा मानवअधिकार भन्ने जो चलिरहेको छ, जसले दलित उत्पीडनलाई देखेको छैन । तीन हजार वर्षभन्दा बढी समयदेखि दलितहरूमाथि निरन्तर हिंसा छ । दलितहरू निरन्तर राजनीतिमा उपस्थित छैनन् । दलितहरू निरन्तर अपमानित छन् । त्यसकारण मानवअधिकार आयोग बन्दा एक जना पनि दलित हुँदैन । तपाईंहरूले गठन गरेको मानवअधिकार संगठनमा कति जना दलित छन् ? तपाईंले पनि मैले पनि आफूतिर फर्कनुपर्छ । जातको आधारमा भएको उत्पीडनलाई तपाईंले आफ्नो एजेण्डा बनाउनुहुन्न भने, ती मानिसहरूलाई तपाईंको ठाउँमा उपस्थित हुन दिनुहुन्न भने मानवअधिकार कसरी चल्छ ?

म संघीय राज्य पुनर्संचना समितिमा थिएँ, सभासद हुँदा म आफूलाई निकै जान्ने ठान्थें । किताब पनि लेखेको पढेको । कसले छुनसक्ने ? त्यतिबेला माओवादीको पनि फुर्तिफार्ती गर्ने ।

त्यस बेला प्रदेशको सिमाना केलाई बनाउनुपर्छ विवाद थियो । पानीलाई, नदीलाई भनेर तीन वर्ष लडियो । ३ वर्षको अन्तिम महिनामा मेरै पार्टीका एकजना माझी साथीले समय माग्नुभयो । उहाँलाई ३ मिनेट दिइयो । उहाँ मञ्चमा जानुभयो अनि भन्नुभयो, ‘तपाईंहरू सबै जान्नुहन्छ, तपाईंहरू विद्वान् हुनुहुन्छ । मैले केही जानेको छैन, मेरा नेताहरूले धेरै जानेका छन् । तर प्रदेश बनाउदाँखेरी नदीको सिमाना नराखिदिनुुहोला । नदीको सिमाना राखिदिएपछि समस्या हुन्छ । मेरो माइलो भाइ पारि गइसकेको छ, म वारि छु । एउटै दाजुभाइ त अर्को अर्को प्रदेशको हुने भयौं । त्यसकारण अरुलाई त मिल्ला हामी माझीलाई चाहिँ मिल्दैन ।’

त्यसपछि मैले के बुझें भने सबै विषयमा जान्ने भन्नु किताब लेख्नु भन्नु र जिन्दगी पढ्ने भन्ने कुरा बिल्कुलै बेग्लै कुरा हो । चार वर्षसम्म राज्य पुनर्संचनाको कुरा गरीराखेको त माझीको बारेमा छेउटुप्पो नै बुझिएको रहेनछ । भनेपछि त्यही पिडितले नै भन्नुपर्ने रहेछ भन्ने देखियो ।

प्रस्तुतिः विरु नेपाली 

http://esamata.com/np

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: