जागरण मिडिया सेन्टर

Home » विचार » जातिय अपमानले जन्माएको एसिड कान्ड

जातिय अपमानले जन्माएको एसिड कान्ड

कमला हेम्चुरी

चैत १७ जागरण मिडिया सेन्टर ।

डा अंबेद्करले भनेका छन जात भन्ने एउटा यस्तो पक्ष हो जस्को बारेमा थाहा पाउने बित्तिकै मान्छेको गुन दोश सबै ओझेलमा पर्छ र केबल जात मात्र अगाडि आउछ । यस्तै भएको छ जीवन बीके को जीवनमा । जात थाहा नपाउद सम्म जीवनबाट भएर एक्छिन पनि बाँच्न नसक्ने उनकी प्रेमिक जीवन जीवनको जात थाहा पाउने बित्तिकै उनिबाट टाढा मात्र भइनन जीवन माथि परिवार को सहयोग लिएर गालीगलौज र संघतिक हमला समेत गर्न पछी परिनन । जीवनकी प्रेमिक संगीता मगरका परिवारले जीवन माथि मात्र आक्रमण गरेनन जीवनका परिवारलाई समेत अपमान गरे । जीवनलाई यो अपमानको घाउले एती पोल्योकी उस्ले पुलिस प्रशासनको सहयोग लिएर समस्याको समाधान गर्ने भन्दा पनि आफु माथि भएको अपमान्को बदला संगीता माथि संघतिक हमला गरेर लिने निर्णयमा उ पुग्यो । परिनाम कल्पनानै नगरेको एसिड कान्ड करिब एक महिना अगाडि भयो । तेतिबेला त मलाई पनि लगेको थियो पागल प्रेमिले एकतर्फी प्रेममा पागल भएर एस्तो गरेकोहोला तेसैले उस्ले यो अपराधको बदाल सजाय पाउनै पर्छ भनेर । जब जीवनलाई प्रहरिले समाते पछी थाहा भयो यो अपराधको पछाडि जातिय अपमान रहेछ भनेर तेस पछी भने मलाई पनि यो बारेमा जान्ने बढी उत्सुकता भयो । केहीदिन अगाडि गुन राज लुइटेलले सेतोपाटी खबर पतिर्कमा लेखेर वास्तविकत उजगर गरेपछित झन बढी उत्सुकताको बिशये बन्यो मेरो लागि । म जीवन को परिवारको संपर्क खोज्दै थिए । डाक्टर गोविन्द केसी को आन्दोलनमा एकेबद्दता जनाउन टिचिङ अस्पातल महाराजगन्जमा गएको बेलामा पत्रकार गुन राज लुइटेल सँग भेट भयो । रुप जि मार्फत उनिसँग परिचय भयो र उनिबाट जीवनको परिवारको समपर्क नम्बर लिये ।

हिजो दलमर्दन जि र म जीवनको परिवारलाई भेट्न निउरोड स्थीत उनिहरुले खोलेको चियापसलमा । पसलमा जीवनको आमा, दिदिहरु र बाबुसँग भेट भयो । हामीले आमा र दिदिहरुसँग जीवनको बिगत बारेमा कुरा कानी गरेउ । उनिहरुले दिएको जानकारी अनुसार जीवनको बिगत यस प्रकार छ
तीन बर्ष अगाडि जीवन को परिवार काठमाडौंको झोछेमा संगीताको परिवार बस्ने घरमा डेरा सरेको थियो । काठमाडौंमा दलित लाई कोठा पाउन गार्हो हुने भएकले उनिहरुले पनि तेस घरमा सर्दा जात ढाटे र खडका भनेरे चीनाये । तेतिबेला जीवन ११मा पढ्दै थिए । कुपोन्डोलको प्रगती शिक्षा सदनमा पढिरहेका जीवन प्रतिभशली विध्यर्थी थिए । संगीत र उन्को भाई स्कुलमा पढदै थिए । जीवनको प्रतिभा देखेर संगीताकी आमा ले जीवनलाई आफ्नो छोरा र छोरीलाई पढाईदिन अनुरोध गरिन । पढाउने क्रमामा जीवन र संगीत बिचमा प्रेम बसेछ । करिब चार महिनसम्म जीवनले निसुल्क पढाएछ । तेस पछी जीवनको पनि पारीक्ष्या नजिक आएकोले पढाउने काम छोडेछ । एसै बिचमा संगीताको भाई जीवनको कोठामा आउँदा जीवनले दौड प्रतियोगितमा पएको प्रमाण पत्र देखेछ । जीवन खेलाडी पनि भएकोले कोठामा धेरै प्रमाण पत्रहरु सजाएर राखेको थियो । संगीताको भाईले जात थाहा पाये पछी जीवनलाई तेसैको बहानमा ठग्न थाले छ । त कामी होस् तेरो जात मेरो दिदी र आमा लाई भनी दिन्छु भनेर भन्न थालयो । संगीताको भाईले गाज खाने भएकोले पैसा माग्न थालेछ । पैसा दिये नभनिदिने नत्र भनी दिने भनेर धम्कयुन थालेछ । केही समय त् पैसा पनि दिएछ । तर सधैं भरी पैसा दिन उस्को पनि कमाइ नभएकोले दिन नसके पछी संगीताको भाईले आमा लाई भनिदिएछ संगीतलाई पनि थाहा भयो ।
तेस पछी सुरु भयो जीवनको परिवारको दुर्दशाको दिन । संगीतले जीवनलाई घ्रिना गर्न थालि । पुरै परिवार जीवनको परिवारको बिरुधमा खनिन थालयो । धारमा पनि भर्न पनि नदिने । छोइछिटोको गर्ने । कामी, दाङर आफ्नो औकात्मा बस त कमिलाई मेरो छोरीसँग प्रेम गर्न लाज लागदैन भनेर गाली गर्ने । यो प्रकृया निरन्तर चली रह्यो । संगीता करातेको खेलाडी र जीवन मेरथुनको खेलाडी भएकले दुबइ जना रङग शालाम अभ्यासको लागि जाँदा रहेछन । तर संगीताले भने मेरो पछी किन लागिस भनेर गाली गर्ने रहेछ ।
डेढ बर्ष अगाडि जीवन चर्पी गएको बेलामा संगीतआको भाईले कामी ढोका खोल भनेर चर्पिको ढोकामा लात्ले हाने पछी जीवन ढोका खोलेर भहिर निस्कदा गाजको धुवा मुखमा छोडि दिएछ । तेस्पछी लुगामा समातेर चोकमा ल्यएर कुट्न थाले छन । छोराले कुट्न थालेको देखे पछी सबै परिवार मिलेर जीवनलाई कुट्न थाले छन । जीवनका बाबु छुटाउन जाँदा बाबुलाई समेत कुटेछन । पछी जीवनको परिवारले पुलिस केस गर्योी । पुलिस ले संगीतआको भाईलाई लगेर थुन्यो । तर पछी जीवन्को आमाले केटा केटीको झगडा हो एक पटकलाई कारबाही नगरि छिदिउ भने पछी पुलिस ले छोडि दिये छ
तर त्यो सदसयतालाई संगीताको परिवारले साकारत्मक रुपमा लिएन उल्टै सधैं जात छोएर गाली गलौज गर्न थालयो । तल माथि भित्र बहिर गर्दा पनि थुक्ने । जे मनलाग्यो तेही भन्ने गरे पछी जीवनको मनमा बदलाको भावना पलायो । उसले कानुन लाई देखेन उस्लाई त्यो थाहा पनि थिएन । परिवारलाई समेत थाहा थिएन उसले के गर्दै छ भनेर । एकै चोटि पुलिस ले समाते पछी मात्रै थाहा भयो जीवन एसिड कन्दमा जेल पर्योक भनेर ।
जीवनको परिवारको भनाइले के देखाउछ भने जीवन कुनै अप्राधिक प्रिस्ठभुमिको केटा होइन जातिये अपमान शाहअन नसकेर नै बदलाको भाबना बोकेर एस्तो गर्न पुग्यो । कानुनको नजरमा उ पक्कै पनि दोशी हो उसले सजाये पाउनु पर्छ । तर उ उसको परिवार माथि भएको जातिये बिवेद्को सजाये पनि संगीत र उसको परिवारले पाउनु पर्छ । एदी एसो भएन भने फेर पनि अर्को जीवन जन्मन सकछ । हामीले यहाँ बुझनु पर्ने केहो भने भोलि का दिन हरुमा संगीता जस्ता अबोध बालिक पनि एस्त हिन्शाका सिकर हुन नपरोस र जीवन जस्ता युवाहरु एस्तो अपराधीक कृयाकलाप गर्न उधत नहुन भनेर सतर्क हुन जुरुरी छ ।
जीवनको परिवार अहिले आशाह्ये जस्तो भएर बसेको छ । उनिहरु एती निरिह र कम्जोर छोराको पक्षमा लड्ने चेतना समेत छैन । जीवन अहिले हनुमान ढोका पुलिस चैकिमा थुनमा छ । मानसिकरुपले समश्य देखिएको छ । उनिहरुलाई केबल छोरा मानसिक रुपले कम्जोर नबनोस भन्ने छ । कसरी अफु माथि भएको अन्ञ्याको बिरुध्हमा लड्ने भन्ने केही थाहा छैन । एस्तो बेलामा जीवनको परिवारलाई तपाईं हाम्रो साथ चहिएको छ । जीवनले अपराध गरेको छ कनुन आफ्नो हात म लिएर तर यो किन भयो भनेर बुझन र फेरी एस्ता घटना दोहरिन नदिन के गर्न सकिन्छ त्यो बारेमा हामीले सोच्न जरुरी छ .

Source : //www.facebook.com/kamala.hemchuri/posts/756148164498761

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: