जागरण मिडिया सेन्टर

Home » समाचार » सिमान्तकृत समुदायमा सुचनाको अभाव

सिमान्तकृत समुदायमा सुचनाको अभाव

चैत १७ बुटवल  जागरण मिडिया सेन्टर ।

सिमान्तकृत समुदायमा सुचनाको पहुच पुग्न नसकेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । जागरण मिडिया सेन्टर काठमाडौको आयोजना युनेस्कोको आर्थिक सहयोगमा कपिलवस्तुको चन्द्रौटामा संचालित दुई दिने सिमान्तकृत समुदायमा सुचनाको हक सम्बन्धी अभिमुखिकरणको समापन सत्रमा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् । उनीहरुले सीमान्तकृत समुदायमा सुचनाको पहुच पुग्न नसकेको भन्दै त्यो समुदायमा सुचनाको प्रवाहका लागि समाजका सचेत नागरिकले भुमिका खेल्नु पर्ने बताएका थिए ।

समापन सत्रका प्रमुख अतिथि तथा नेपाल पत्रकार महासघका पुर्व अध्यक्ष्ँ धर्मेन्द्र झा ले सुचनाको हक सबै नागरिकको मैलिक हक भए पनि यसको प्रयोग हुन नसकेको धारणा राख्नु भयो । उहा“ले सुचनाको हकको सहि प्रयोग भए भ्रष्टाचार रहित समृद्ध समाज निर्माणमा सहयोग पुग्ने बताउनु भयो । दुई दिन सम्म चलेको तालिममा रुपन्देही र कपिलवस्तुका सिमान्तकृत समुदायका अगुवा, अधिकारकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीको तर्फबाट शशि परियार, सनि धोवी लगायतले बोल्नु भएको थियो । कार्यक्रम जागरण मिडिया सेन्टरका सदस्य निशा बिश्वकर्माको अध्यक्षता नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झाको प्रमुख आतिथ्यता , जागरण मिडिया सेन्टरका कार्यक्रम व्यवस्थापक राजेश मरासिनीको धन्यवाद ज्ञापन र चिन्ता परियारको संचालनमा सम्पन्न भएको थियो ।

???????????????????????????????

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: