जागरण मिडिया सेन्टर

Home » अन्य » एसिड प्रहारमा परेकी संगीतालाई पत्र

एसिड प्रहारमा परेकी संगीतालाई पत्र

चैत १९, जागरण मिडिया सेन्टर ।

बहिनी संगीता,

तिम्रो स्वास्थ्य लाभको कामना,

काठमाडौंमा दुई युवतीमाथि एसिड छ्याप्ने जीवन वि.क पक्राउ यो शीर्षकले तिमीलाई त्यो दिन धेरै नै आनन्द महसुस गरायो होला हगि ? तिमीमाथि एसिड आक्रमण भएको २५ दिनपछि जब आक्रमणकारी पक्राउ परे, तब शहरमा एक प्रकारको खुशीयाली नै छायो । सबै मानिसहरू उनलाई गाली गर्न तिर लागे, सबै तिम्रो पक्षमा बोले, कतिले त आक्रमणकारीलाई फाँसी दिनुपर्छ पनि भने । हुन त तिमी माथि भएको आक्रमण निकै जघन्य हो तर यसको कारण तिमी आफैं पनि हौ । यो कुरा तिमी आफैंले पनि मान्नुपर्छ किनभने आक्रमणको बिजारोपण अरू कसैले नभइ तिमी आफैंले गरेकी हौ ।

sangita_magarसंगीता, तिमीलाई ट्युसन पढाउने गरेको जीवनले कर्के नजरले हेर्ने गरेकाले ऊसंगको बोलचाल नै बन्द गरेको भन्ने दाबी सञ्चारमाध्यममा छ्याप– छ्याप्ती आयो । तर जब जीवन पक्राउ परे तब तिमीले भनेका यी कुरा झुठो भएको भनि प्रमाणित भयो । तिम्रो र जीवनको प्रेम सम्बन्ध रहेको भनि सार्वजनिक भएको खबर व्यापक भएपनि तिमी र तिम्रो परिवारले झुठो भएको भनि दाबी गर्‍यो । एक टिप्पणीकारले जीवनका बुवा– आमासंग अन्तर्वार्ता लिनुभयो तब जीवनका बुवा– आमाले आफ्नो दर्दनाक कहानी कहनु भयो । गाउँबाट छुवाछुतको दाग मेटाउनलाई काठमाडौं बसाईं सरेका मानिसहरूलाई तिमीले निकै आघात दियौ जुन आघातको नतिजा तिमी माथि भएको एसिड आक्रमण हो । तिमीले उहाँहरूलाई थरको विषयलाई लिएर नै बेइज्जत र आक्रमण गर्‍यौ । तिमीले त अहिले एस. एल. सी पनि दिइसकेकी छौ यति हुंदा हुदै पनि तिमीले जातपातको नाममा जीवनको बुवालाई कुट्ने र परिवारलाई पनि आक्रमण गर्ने गर्‍यौ । खासमा भन्नुपर्दा सजायँ सबैभन्दा पहिले जीवनलाई भन्दा पनि तिमीलाई दिनुपर्ने हो ।

छुवाछुत र जातको आधारमा हुने गरेको भेदभावलाई त नेपालको कानुनले पनि गैरकानुनी भनेको छ । तर बिडम्बना तिमीमाथिको आक्रमणलाई ठूलो विषय बनाएर धेरैले तिमीमाथि माया देखाए, तिम्रो साथ दिए । नेपालको कानुनले बन्देज लगाएको कुरालाई फलो गर्दै हिंड्ने तिमीलाई यत्रो आड, भरोसा र न्याय मलाई अलिक अपच्य लागेन । तिमीले न्याय पाउँछ्यौ भने जीवनमाथि तिमीले गरेको आक्रमणको न्याय पाउनुपर्छ या पर्दैन । यदी तिमी जीवनको ठाउँमा भएको भए तिमीले यसैगरि सोच्न सक्छौ ? तिमी आफूले त ‘न्याय पाएँ’ भन्छ्यौ होला तर तिमीले पाएको न्याय त खाली मत्स्य न्याय हो । अहिले तिमी जीवनभन्दा माथि छ्यौ किनभने तिमीले सबैको आड, भर र ममता पाइरहेकी छ्यौ यसले नै तिमीलाई सत्यबाट अलग बनाइदिएको छ । तिमी अहिले सत्य र झुठ, न्याय र अन्याय केही छुट्याउन सकिरहेकी छैनौं । मैले जीवनको पक्षमा बोलेको होइन न त म तिम्रो पक्षमा नै छु म त कानुनको पक्षमा बोलिरहेको छु तर यसको अर्थ म कुनै कानुनविद् पनि होइन । मैले त खाली मलाई लागेको कुरा तिमीलाई भनेको हुं ।

तिमीलाई सत्यताको आभाष गराउनलाई यो कुरा लेखेको हुं । तिमीलाई मत्स्य न्यायको जालबाट बाहिर निकाल्न मात्रै खोजेको हुं । अब अरू सबै तिम्रो विचार तर एउटा कुरा ख्याल गर बहिनी, तिमीले अहिले बोलेको झुठले जीवनको मात्रै होइन धेरै मान्छेलाई आघात पुर्‍याएको छ । आज शक्ति र समर्थन तिमीसंग छ भने त्यो भोली जीवनतिर पनि पुग्न सक्छ त्यसैले झुठ र भ्रमको दलदलबाट निस्किएर यथार्थमा बाँच्न सिक । तिम्रो एस.एल.सी परिक्षाको नतिजा राम्रो आओस् भन्ने शुभकामना र मैले भनेका कुराको बारेमा केही टिप्पणी गर्न तिमीलाई आग्रह गर्दछु ।

तिमीले नचिन्ने तर तिमीलाई चिन्ने,

विशेष हाम्रो केही प्रत्यक्ष सम्बन्ध छैन तर नेपाली हुनुको सम्बन्धले बहिनी भन्ने दाजु,
बिनोद प्रसाद अधिकारी

– See more at: http://www.khabardabali.com/2015/04/10768/#sthash.vzcgHJEV.dpuf

Advertisements

1 Comment

  1. susmita says:

    विनोद जी…तपाईले पठाएको चिठी म पनि सहमति छु । एक पटक सोचौं अनि मनन गरौं……

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: