जागरण मिडिया सेन्टर

Home » विचार » प्रतिशोधको तेजाबले–मनुवादीलाई पाठ !

प्रतिशोधको तेजाबले–मनुवादीलाई पाठ !

डिक बहादुर विश्वकर्मा

चैत १९ जागरण मिडिया सिेन्टर

ट्युशन पढन गएकी संगीता पुलामीमगर माथि २०७१फागुन ११ का दिन काठमाडौं कों बसन्तपुरमा तेजाब छ्यापेको र त्यसको छिटाले नजिकै रहेका सीमा बस्नेत र हिमु मुखर्जी समेतलाई घाइते पारेको अभियोग मा प्रहरी द्वारा पक्रेर सार्वजनिक गरिएका २० बर्षीय जीवन वि.क को बयानले ऐले नेपाल भरी सनसनी फैलाएको छ । हुनत २०७१ माघ ८ मा पाटनको कृष्ण मन्दिर नजिक घटेको त्यसतैे घटना–अभियोगमा पक्राउ परेका अनुप रानामगरको खबर पनि हालसालै प्रकाशमा आएको छ । तर त्यो र जीवन वि.क.को घटना रुपमा एउटै खाले देखिए पनि सारमा बहुतै फरक छन् । रानामगर–घटनामा ‘प्रेम’ एकतर्फी मात्र भएको देखिन्छ भने जीवन विक को घटनामा ‘प्रेम’ ऊ ‘खड़का क्षेत्री’ मानिंदा सम्म सर्वस्वीकार्य रहेको तर ‘विश्वकर्मा’ भत्रे भेद खुल्ना साथ एक्कासी घृणा र अपमानमा परिणत भएको र त्यहि घृणाको कारणले घटेको हुनाले ती दुबै घटनालाई एउटै चश्माले हेरिनु न्याय माथि खेलवाड हुने देखिन्छ ।
जातिय–उत्पिडन र गरीबी बाट वाक्क भै काम र मामको खोजीमा १३ बर्ष अघि काठमाडौं आई आफ्नो जात ‘खडका क्षेत्री’ बताएर झोंछेमा डेरा र पाको न्युरोड मा सानो चिया पसल गरी येनकेन गुजारेका रामेछापका ५२ बर्षिय मान बहादुर विश्वकर्माको माहिंलो छोरा जीवन वि.क पढनमा तेज भएकोले अर्काको घरमा बसी भाँडा माझेर पढ्दै ८ कक्षा पास गरेपछि बल्ल आफ्नो परिवार संग झोंछेमा बस्न आई कुपण्डोल को प्रगति शिक्षा सदन बाट ७०÷७८ प्रतिशत अङ्क ल्याएर एस.एल.सी. पास गरे । खडका जात बताएकोले जीवनको परिवारसंग त्यहि घरमा छुट्टै डेरा गरी बसेका सङ्गिता पुलामी– मगरको परिवारको राम्रो सम्बन्ध हुन पुग्यो । क्याम्पस पढेका जीवनसंग, घरमै ट्युशन पढ्ने क्रममा संगीता मगरको स्वाभाविक प्रेम प्रसङ्ग चल्यो । एकदिन जीवनको क्याम्पस–परिचय पत्रमा थर ‘वि क’ लेखिएको देखेपछि सङ्गिता छाँगाबाट खसेभैm भईन । आफु मगर्नी भएता पनि ‘खडका क्षेत्री’ बनेको जीवन संग प्रेम गर्न पाउँदा उनी जति आनन्दातिरेकमा थिइन, त्यही जीवन ‘कामी’ भएको भेद जात्रा साथ एक्कासी बेकाबु बत्र पुगिन । हिजो सम्म जीवनको परिवारलाई सहजै स्वीकारेको पुलामी–परिवारले अब शत्रुता गर्न कम्मर कस्यो । जीवनको ढोकामा रातीमा हात्रे, तँ सानो जात यस्तो उस्तो भनि ठाडै गाली गर्ने र डेरा–चोकको धारामा पानी भर्न नदिने, आदिइत्यादि गर्दागर्दा कराँते जानेकी सङ्गिताले एकदिन चोकमै जीवन वि.क.लाई हातपात गरी लगाइ राखेको कमिज च्यातिदिईन् । छोरोलाईं कराँते हमला बाट जोगाउन गएका बुढा मान बहादुर विश्वकर्मा ले पनि सङ्गिताको कराँते–कमाल चाख्नु सम्म चाखेर घाइते भए । कुरो जनसेवा प्रहरीमा पुगेपछि पुलामी–परिवार एकरात थुनिए । तर अर्को दिन उनीहरुको मद्दतका लागि आएका ४०÷५० जनाको डफ्फाले मिलेर बस्न भने । यतिञ्जेल आफुलाई ‘क्षेत्री’ घोषणा गरी कुनै पनि दलित वा दलित संगठन संंग सम्पर्कै नगरेका विश्वकर्मा–परिवारको मद्दतको लागि भने कोही नआएको हुँदा उनीहरु मिलापत्र गर्न बाध्य भए । प्रहरी बाट छुटेर आए पछि पुलामी–परिवारले उनीहरुलाई झन् हेप्न र सताउन थाल्यो भने जीवन वि क आत्मग्लानीले पिल्सीएर परिवारको साथ छोडि एक्लै भांैतारिन थाले । सङ्गिताले आफ्नो, कपडा च्याति दिएकोमा भन्दा आफ्नै अगाडि, बुढो बालाई कराँते हानेर घाइते बनाउँदा पनि आफुले केहि गर्न नसकेकोमा उनलाई बहतै ग्लानी हुन थाल्योा । उनी डिप्रेसनका शिकार भए । टिचिङ्ग अस्पतालका डाक्टरलाई जँचाए पनि निको भएन । मनमा प्रतिशोधको आगो दन्कँदै गयो । भारतीय सेनामा भर्ना हुने आश्वाशनले देशै छोडेर सिक्किम पुगे । त्यो काम गराइ दिन भनेर बोलाउने त्यहींको राजेश प्रधान नामक ठगले उनको भा.रु. ५० हजार खाइ दिएपछि जीवन अरु निराश भै स्वदेश फर्के । जातिय हेला होंचो कै कारणले आफु र आफ्नो परिवार सङ्गिताको शिकार बत्रु परेको कुराले निरन्तर पिरोली रहेको हुँदा उनी झोंछेमा परिवार भेट्न गएनन् र बदलाको योजना बुत्र थाले ।
अपमानित भएर बाँच्नुको पीडा मर्नु भन्दा कति गुणा बढी हुन्छ भनि सिखाउन ‘वरम् प्राण परित्यागो मान भङ्गेन जीवनात्, प्राण त्यागे क्षणम् दुःखम् मान भङ्गे दिने दिने’ नितिको रचना गर्ने स्वयम् हिन्दू समाजले त्यो निति आपैmले ‘अछुत’ बनाएकाहरुले पनि उपयोग गर्लान है भनेर किन सोंच्दैन ? आखिर त्यहि निति पछ्याएर जीवन वि क ले तेजाब छ्यापे । यसरी अभियुक्त बत्र बाध्य भएका उनलाई नेपालको कानुनले सजाय त गर्ला नै, महिला अधिकार र महिला हिंसा विरुद्ध संसारै भरी आवाज उठीरहेको ऐलेको माहौलमा उनलाई सजाय नहुने कुरै भएन । तर……..के जीवन वि क लाई मात्र जेल हालेर नेपालको सरकार र समाज कानमा तेल हालेर बस्न मिल्ला त ? के त्यसो गर्दैमा देशमा शान्ति र चैन कायम होला त ? के यस्ता घटनाहरु भविष्यमा फेरी नदोहोरिएलान् त ? जव सबै दलित– अभियुक्त लाई यस्तै न्याय हुने भए पछि के भविष्यमा दलित पनि तालिवानी पथमा लम्केर आत्मघाति दस्ता तयार गर्ने सम्भावना रहोइन त ? मुख्य सवालको जरो यीनै कुरामा निहित छ ।
दलितको सन्दर्भमा हेर्ने हो भने ऐले सम्म नेपालको कानुन पूर्ण मनुवादी छ । जसरी मनुस्मृतिमा ‘शुद्रको हत्याराले भ्यागुतो मारे बराबरको पछुतो माने पुग्छ अरु केहि गर्नु पर्दैन ११ । १३२ ।।’ लेखिएकोछ, त्यसैगरी नेपाल सरकारको जातीय भेदभाव तथा छुवा –छुत (कसुर र सजाय) ऐन, २०६८ को दफा ७ (१) (क) र (ख) मा पनि छुआछुत गर्ने कसुरदारलाई क्रमशः रु एकहजार र रु पाँचसय मात्र जरिवाना गरे पुग्ने अरु केहि गर्नु नपर्ने अति सजिलो व्यवस्था लेखिएकोछ । यद्यपि त्यहाँ क्रमशः‘तीन महिनादेखि तीनबर्ष सम्म कैद वा एक हजार रुपैयाँ देखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ’ र ‘एकमहिना देखि एकबर्ष सम्म कैद वा पाँच– सयरुपैयाँ देखि दशहजाररुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुनेछ’ भनि प्रष्ट लेखिएको छ, तर त्यस्तो प्रशस्त तजबीजी व्यवस्था रहेको कानुनमा फैसला गर्ने न्यायाधिश त दलित छैनन् !!! यहींनेर कुरो अडकन्छ । ‘दलितले भलै पीडा पाओस, तर पिडक–सवर्णले ठूलो सजाय किमार्थ नपाओस्’ भत्रे सोंचका साथ ३÷४ बर्ष मुद्दा झुलाएर हात्ती आयो–२..फुस्सा !, भनेभैंm आखिरमा फैसला हुन्छ न्यूनतम् सजाय रु एकहजार र रु पाँचसय मात्र !!! ऐले सम्मका छुआछुत सम्बन्धी पैmसलामा यस्तै भै रहेको र कोही पिडकले पनि क्रमशःःतीन बर्ष सम्म कैद र एकबर्ष सम्म कैद सजाय नपाएको रेकर्ड बाट पनि उक्त कुराको पुष्टी हुन्छ ।
जीवन वि क माथि मुद्दा चलाउने नै हो र यस मामिलामा सरकार र समाजको ऐले सम्मको भूमिका हेरेर सशङ्कित बनेका समग्र दलितलाई न्याय प्रति आश्वस्त बनाउने नै हो भने सर्वप्रथम छुआछुत गरेर झगडाको बिऊ झिक्ने पुलामीमगर परिवारलाई पक्रेर माथिवर्णित तजबीजे ऐन मुताबिक नै भएपनि मुद्दा चलाइनु पर्छ । त्यसैगरी प्रहरी फन्दामा परी सकेको पुलामी–परिवारलार्इृ कानुनी कारबाही हुनै नदिइ सामान्य मिलापत्रको भरमा छुटाउने ४० ÷५० जनाको त्यो डफ्फालाई पनि सरकारले पक्राउ गरी उक्त ऐनको दफा ७ (१) (ग) अनुसार जनही डेढ बर्षको कैद सजाय अदालत बाट दिलाउनु पर्छ, किनकि उनीहरुकै कामले अन्यायी मगर—परिवारको मनोबल झन् बढायो र विश्वकर्मा परिवारलाई झनै सताउन थाले भने विश्वकर्मा परिवार, ‘सरकारमा उजुरी गरेर पो के हुँदोरैछ र ! व्यर्थैमा उजुरी गरिएछ, अब आफ्नै तरिकाले बदला लिनु पर्छ ।’ भत्रे प्रतिशोधको आगोमा मनमनै पिरोलिन थाल्यो, फलतः उक्त घटना घट्रयो । अतः त्यसपछि मात्र जीवन वि.क.माथि मुद्दा चलाइनु पर्छ । यदि सरकारले यस काण्डको झगडा उमार्ने पुलामी–परिवारलाई र उनीहरुलाइ प्रहरीबाट छुटाएर झगडालाई अरु मौलाउन सहयोग गर्ने त्यो डफ्फा लाई मुद्दा चलाउन सक्दैन भने तिनीहरुकै कारणले तेजाब फ्याँक्न बाध्य भएको नितान्त निर्धो दलित जीवन वि. क.लाई मात्र मुद्दा चलाईनु निर्धालाई ऐन र बलियालाई चैन मानिनेछ साथै समग्र नेपाली दलित माथिको नाङ्गो अत्याचार ठहरिनेछ ।ं
हिन्दू–शासन व्यवस्था बाट सयौं बर्ष देखि दबाइँदै आएका र समाज बाट कुकुरलाई काखा र आफुलाई पाखा पारिंदै आएका दलितले अझै सम्म त शिक्षा र चेतना–अभावको कारणले सरकार र समाजले आफुप्रति जे जस्तो व्यवहार गरे पनि चुपचाप सहँदै आएकाछन् । तर अब त्यो अवस्था रहनेछैन । जमानाका प्रभावले दलितहरु विस्तारै सचेत हुँदेछन्, अक्षर सिक्दैछन् र मानवाधिकारको परिभाषा पनि बुझ्दैछन् । चाँडै नै त्यसतो दिन आउनेछ कि दलितले दलितको कुरो बुझ्नेछ, सुत्रेछ र दलितको मद्दतका लागि दौडि हाल्नेछ । त्यस बेला ऊ आफुलाई झुक्याई थाङ्ग्रामा सुताउने कुनै पनि पार्टीका मनुवादी नेताको पछि नलागी आफ्नो जातिय हक र हिस्सा प्राप्तीको लागि एकताबद्ध हुनेछ । यो कुरा समाज र शासनमा हालीमुहाली जमाएका मनुवादीहरुका साथै हिन्दूधर्म ‘मान्दैनौं’ भनेर धेरै हल्ला गर्ने तर छुआछुत भने बाहुन–क्षेत्रीले भन्दा बढी गरेर दलितलाई सताउने सेतामगुराली, नेवार र अन्य सबै जातका जनजाति समेतले समय मै सोच्नु जरुरी छ । सबैलाई चेतना भए !

source : Nepaldalitinfo

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: