जागरण मिडिया सेन्टर

Home » विचार » समाजका अगुवाहरुले जातीय समन्वयको उदाहरण प्रस्तुत गर्नुपर्छ

समाजका अगुवाहरुले जातीय समन्वयको उदाहरण प्रस्तुत गर्नुपर्छ

रामएकवाल महरा

चैत १९, जागरण मिडिया सेन्टर ।

अशिक्षा, कुरीति, कु(संस्कार, गरिबी, असमानता र सामाजिक न्यायको आभावजस्ता कारणहरुले गर्दा नेपालमा जातीय वैमनस्यता वा भेदभाव तथा द्वन्द्व देखिएको छ । जातीय द्वन्द्वका कारण हिंसा र भेदभावका घटनाहरु दिनहुँ हुने गरेका छन् । यस्ता हिंसाजन्य अपराध र भेदभावका कारण समावेशी समाज निर्माणमा बाधा उत्पन्न भएको छ । समावेशी समाज निर्माणका लागि सबै जातजातीको समान सम्मान, र समान अधिकारलाई प्रवद्र्धन गर्नुपर्ने आवश्यक्ता देखिन्छ । परम्परागत रुपमा जकडिएर रहेको जातीय छुवाछुतजस्तो कु(संस्कारले नेपाली समाजको संरचना र धार्मिक तथा सांस्कृतिक आस्थामा थुप्रै विसंगति जन्माएको छ । यस्ता कुरीतिले कहिलेकाहि हिंसाको पनि जन्म दिने गरेको हो । यसलाई अन्त्य गर्नु त्यति सहज छैन । विभिन्न समयमा विभिन्न स्तरमा सरकार तथा गैर सरकारी संस्थाहरुले जातीय छुवाछुत अन्त्यका लागि प्रयासहरु गरेका छन । तर पनि समाजमा अद्यावधि जातीय छुवाछुत विद्यमान छ । नेपालको अन्तरिम संविधान २०६३ मा जातीय छुवाछुतलाई अपराधको रुपमा व्याख्या गरिएको छ । संविधानकै आधारमा जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ बनाएको छ । नेपाल संयुक्त राष्टू संघको जातीय भेदभाव उन्मुलन सम्बन्धी अन्तराष्टिूय महासन्धी १९६५ लाई १९७१ मा आत्मसात गरेर पक्ष राष्टूको रुपमा आफुलाई उभ्याएको छ । ‘कास्ट’ अंग्रेजी शब्दको नेपाली रुपान्तरण जाती हो । जाती शब्द स्पेनिस भाषाको ‘कास्टा’ बाट लिइएको हो । जसको अर्थ ‘सिड’ अर्थात ‘बिज वा नश्ल’ हुन्छ । जाती व्यवस्था एउटा बन्द प्रक्रिया हो भनेर समाजशास्त्रमा उल्लेख छ । कुनैपनि जातीमा प्रवेश गर्न त्यस्तै जातीमा जन्म लिनुपर्ने धारणाहरु समेत पाइन्छ । वंश र जातीय संस्कृति कायम राख्नुलाई वुद्धिमता मान्नुपर्छ र यो तारिफ गर्ने विषय पनि हो । वास्तवमा वर्णवादको व्यवहार गर्नु शास्त्रविरुद्धको कुरा हो । हाम्रो पुर्वीय शास्त्रको गलत व्याख्याले जातीय द्वन्द्वको सुत्रपात भएको हो । हिन्दु समाजको मुलग्रन्थ भनेको वेद हो । वेदमा ब्राह्मण, क्षत्री, वैश्य र शुद्र भनेर जातीयरुपमा कुनै प्रकारको पनि भेदभाव गरेको पाईन्न । वेदको यो मन्त्र प्रमाण छ ( ब्राह्मणोस्यमुखमासीद वहुराजन्य कृतः उरुतदश्वान् पदभ्याम् शुद्रो अजायत ( यसको भावार्थ एउटै महापुरुषको शरीरका विभिन्न अंगबाट बाहुन, क्षत्री, वैश्य र शुद्र भन्ने जातको जन्म भयो । वेदको यो श्लोकले कहि पनि जातीय विभेदको कुरा गरेको छैन । एउटै व्यक्तिको अंगबाट जन्मेको विभिन्न जातहरुमा कसरी फरकपना हुन सक्छ ?
वैज्ञानिक हिसाबले हेर्ने हो भने पनि हामी फरक भनाउँदाहरु विकासको एउटै मुलबाट अगाडी बढेका छौँ । यस संसारमा जब मानिस जन्मिन्छ, तब उसको नाम, जात(धर्म केहि पनि हँुदैन । जातिय(धार्मिक हिसाबमा परिचय बनाउनु ठुलो भुलभुलैया मात्र हो । म ब्राह्मण हूँ, म क्षेत्री हूँ, म कोइरी हूँ, म यादव, तेलि(सुडी, मुसहर, डोम आदी इत्यादी हुँ भनेर अचेल हामीले परिचय दिने गरेका छौँ । जतिबेला म जन्मिए त्यतिबेला म कुन जातको थिए ? मेरो नाम के थियो ? मेरो समग्र जीवनको बोध गराउने परिचय के थियो ? यी प्रश्नको जवाफ खोज्न कति गहिराइसम्म पुग्नुपर्छ भन्ने अनुमान गर्न सकिदैन । हुनत् यो विशाल संसारमा वास्तविक परिचय खोज्नेहरुको भिडलाई कम आँक्न मिल्दैन । ठुला ठुला दाढीबालाहरुको कथित प्रवचन सुनेर मानिसहरु समय खर्चिरहेका छौं ।
यहाँ एउटा सत्य घटना पेश गर्दा सान्दर्भिक हुने ठानेर एउटा केस स्टडी सम्बन्धमा चर्चा गर्न चाहन्छु । धनुषा यदुकुहा बस्ने २२ वर्षीय मुस्लिम युवती सवाना खातुनलाई रगतको अभाव थियो । उनी जनकपुर अञ्चल अस्पतालको शै्ययामा छट्पटाइ रहेकी थिइन् । ‘ए पोजिटिभ’ ब्लड ग्रुप बडो मुस्किलले भेट्दा सवानाकी आफ्न्तजनको आँखामा खुसीका आँसु निस्कन पुगे । सो ब्लड ग्रुप भएका दिपक कर्ण मुलतः एक हिन्दु युवा हुन् । दिपकको मोबाइल फोनमा सवानाकी दाइले फोन गरेर धुरुधुरु रुन थाले । उनले रुदै भनेका थिए(‘तपाई र सवानाको ब्लड ग्रुप मिल्दो छ, रगत दिदिनुहोस, नत्र मेरो बहिनी यो दुनियामा रहने छैन् । जात र धर्मको बेप्रवाह गर्दै मानविय भावनाले जागृत भई दिपक रगत दिन तयार भयो । उनि तत्काल अस्पताल गएर रगत दिए । सवानाको जिवन रक्षा भयो । दिपक र सवाना एक अन्जान पात्र हून् । उनीहरुका बीच नत कुनै नाता छ न त साईनो नै । तर एउटा मानवीय नाताले दिपकले सावानालाई दिएको उपहार सावानाको लागि विश्वकै उत्कृष्टतम पुरस्कार हुन । दुनियाँ र समाजले दिए÷बनाएको सम्बन्धभन्दा पनि केहि पर अदृश्य सम्बन्ध हुँदोरहेछ ।
नेपालका ३५ औँ प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जुम्लामा सार्की जात र महोत्तरीमा मुसहर जातको घरमा खाना खाए । पुर्व प्रधानमन्त्री भट्टराई जन्मको ब्राह्मण परिवारका छन । तर उनले देखाएको उदाहरण वास्तवमै अमुल्य छन ।
धनुषा जिल्लाको देवपुरा रुपैठा गाविसमा गत दशैंमा एउटा अप्रिय घटना भयो । दुर्गाको प्रतिमा सेलाउने क्रममा हिन्दु र मुस्लिमबीच झडपनै भएको थियो । झडपमा चारजना प्रहरीलगायत दुइटै समुहबाट ३२ जना भन्दा बढी घाइते भएका थिए ।
एकजना मुसा भनिने मुस्लिम दार्शनिक मस्जिदतर्फ आफ्नो खुट्टा घुमाएर सुतेका थिए । त्यस मस्जिदका मोलबी साहबले देखेपछि क्रोधित भएर प्रश्न सोधेछ(‘तिमी को हौ, जो यसरी मस्जिदतर्फ खुट्टा घुमाएर सुत्याछौँ ?’ दार्शनिक मुसाले विनम्रपुर्वक जवाफ दिए(‘म नत हिन्दु हूँ, नत मुस्लिम, नत बौद्ध, नत इसाई । म पञ्चतत्वले निर्माण भएको एक पुत्ला हूँ ।’ उनको जवाफबाट मोलबी साहब प्रभावित भएर शिष्य बनेका थिए ।
के गर्ने ?
तर हाम्रो देशमा जतिवटा पार्टी छन् त्यसको दुई गुणा रुपमा जातीय समुह छ भन्दा अनुपयुक्त हुँदैन । प्रत्येक जातीय समुहको उद्देश्य समाजकै हकहित र अधिकारका लागि हुन्छ । तर ठिक विपरित बाटोमा अघि बढ्नु समाजको लागि दुर्भाग्यपुर्ण मात्र हुनेछ । कुनै विशेष जाती वर्गलाई हाँक्ने नेतृत्वकर्ताहरु समयमै सचेत भएन भने कसैले माफी दिने ठाउँ राख्नेछैन । देशका दर्जर्नौ जातीय समुहको प्रमुख उद्देश्य के हो भने ‘जातीय सञ्जाल कसरी विस्तार गर्न सकिन्छ’ ? यस्तै सोचाई कायम रहिरह्यो भने विश्व र देशले ठुलो हिंसाको सामना गर्नुपर्नेछ । जर्मनी, फ्रान्स, भारत र चिनजस्ता देशमा भएको जातीय÷सम्प्रदायिक हिंसाबाट पाठ सिक्न सकिन्छ । जातीय हिंसाले आमाको कोख तुहिनेछ, कति छोरा(छोरी टुहुरा हुनेछन्, कति घरमा चुलो बल्ने छैन, बेपता हुनेको लहर र पिसिनेहरुको ढेर लाग्नेछन् । जातीय राज्य भए देशको मुख्यद्वारहरुमा रगतको धारा बग्ने कुरालाई नकार्न सकिन्न । हाम्रो देशको परिपेक्षमा जातीय सवाल अत्यन्तै जल्दोबल्दो, गम्भीर र संवेदनशिल सवाल हो । त्यसको लागि यसको अन्त्य र जातीय सौहार्दताको आवश्यक्ता देखिएको छ । जातीय सौहार्दताको लागि निम्न कुराहरु ग्र्दा उपयुक्त होला ।
व्यापक स्तरमा जनचेतना जागाउनु पर्छ । समावेसीकरणको सिद्धान्त अनुसार राष्टू र समाजको व्यवहार हुनुपर्छ । कानुनको प्रयोग प्रभावकारी रुपमा गर्नु पर्छ । स्थानीय स्तर सम्म जातीय भेदभावको अनुगमण गर्न संयन्त्रको विकास गर्नु पर्छ । सबैले आ(आफ्नो स्तरबाट अभियान चलाउनु पर्छ । सामाजिक, सांस्कृतिक कार्यहरुमा समाजका अगुवाहरुले जातीय समन्वयको उदाहरण प्रस्तुत गर्नु पर्छ ।
अन्त्यमा, हिन्दु(मुस्लिम, बौद्ध(इसाई, जैन(सिख लगायत कुनैपनि धर्म कसैको व्यक्तिगत होईन । ब्रह्मा÷विष्णु÷महेश, अल्लाह, जेसस क्राइस्ट, गौतम बुद्धको नाममा खेति गर्नु निन्दनीय कार्य हो । राज्य व्यवस्थापन र विविध कार्य व्यवस्थापन गर्ने क्रममा जातीय भेदको व्यवहार भएको देखिन्छ । पढे लेखेका बाहुनले पढाउने लेखाउने, बलिया क्षेत्रीले राज्यको रक्षाको कार्य गर्ने वा प्रशासन चलाउने, वैश्यले व्यापार वा वाणिज्यको कार्य गर्ने र शुद्रले सेवा गर्ने कार्य (कपडा सिउने, भाँडा वर्तन बनाउने, जुता बनाउने, घर बनाउनेलगायत उत्पादनको कार्य) गर्ने गरि जातीय विभाजन गरिएको थियो । कालान्तरमा त्यहि कार्य उसको जातीय पहिचानको रुपमा परिणत भयो । अहिलेको परिप्रेक्ष्यमा बाहुन(क्षेत्रीले निर्माण र वाणिज्यका कार्य पनि गर्छन भने वैश्य शुद्रले पढाउने लेखाउने पनि । बदलिँदा परिस्थितीमा हाम्रो आचरण पनि त्यहि अनुरुप हुनुपर्छ जो युगको माग हो । अतः हामीले जातीय छुवाछुतको अन्त्य गर्नुपर्ने आवश्यक्ता देखिन्छ ।

विभेद बिरुद अभियान

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: