जागरण मिडिया सेन्टर

Home » विचार » हिन्दु धर्म , दलित र धर्म परिवर्तन – गोपाल सिवा

हिन्दु धर्म , दलित र धर्म परिवर्तन – गोपाल सिवा

गोपाल सिवा

२०७२ वैशाष ११
जागरण मिडिया सेन्टर ।

बास्तबिक धरातलमा रहेर कुरा गर्ने हो भने कार्ल मार्क्सले भने झैँ धर्म अफिम हो। न इश्वर कसैले देखेको छ , न देख्ने वाला छ तर यथार्तमा धर्म भनेको , धार्मिक आस्था भनेको मान्छेको रुची हो  । मनबाट गरीने आस्था हो।मानव समाज र व्यक्तिलाई संयमित बनाउने कडी हो धर्म । धर्म र समाज एक-अर्कासँग निरपेक्ष हुने कुरा हो  । त्यशो भए धर्म परिवर्तन व्यक्तिगत वा पारिवारिक राहत भए पनि सम्पूर्ण समुदायको न्याय नहुन सकेको अवस्थामा नेपालका दलितहरु हिन्दु र बौद्ध धर्म छोडेर किन जादैछन , किन  क्रिश्चियन बन्दै छन् ? के धर्म परिवर्तन नै दलित उत्पीडनको निकास हो ?

त्यशो त् धर्म परिर्वतन गरेको सुन्ने वित्तिकै नकरात्मक सोच बनाउनु पनि सान्दर्भिक हुदैन  । किनकी नागरिकको व्यक्तिगत स्वतन्त्रताको कुरा गर्ने हो भने जुन धर्म ठीक लाग्छ उसले त्यो धर्मलाई नै अपनाउँन पाउछ ।  त्यसमा विरोध हुनु ठिक हुदैन किनकी राज्यको कुनै धर्म विशेष हुँदैन, नागरिकको आफ्नो धर्म हुन्छ तर सबैको धर्म मान्ने स्वतन्त्रता भए पनि कुनै लोभ प्रलोभन देखाएर धर्म परिवर्तन गर्नु गराउन चै गैर गैरकानुनी मानिन्छ  । नेपालमा पछिलो केहि बर्ष हिन्दु धर्म भित्रको बर्ण ब्यबस्थाबाट सृजित जातीय भेदभाव र छुवाछुत देखाएर उत्पीडनको निकास भन्दै अतिवादी सोचलाई टेवा दिदै धर्म परिवर्तन गराउने काम भै रहेको छ । हालका दिनमा दलित गरिब उत्पीडित  नेपालीहरुको सोझोपन र बिपन्तालाइ बुझेर रोग र भोकसँग खेलेर अशिक्षा र अज्ञानताको फाइदा उठाउँदै लालच देखाएर धर्म परिवर्तन तिब्र रुपमा भैरहेको  देखिएको छ । कानुन अनुसार मुलुकमा  धर्म परिवर्तन गर्नु जघन्य अपराध हो र गराउने जो कोहि लाइ प्रचलित कानुन अनुसार कारवाही होला । तर के दलितहरुको धर्म परिवर्तन लोभ लालच देखेर मात्र भएको हो त ? के हिन्दु धर्मको निर्देशनमा सञ्चालित राज्यको नीतिको भूमिका छैन त ?

संबिधानले समेत  छुवाछुत मुक्त राष्ट्र भन्दै छुवाछुत र जातीय विभेद गैह्रकानूनी हो भनेको छ  ।तर मुलुकमा लोकतन्त्र आउदा सम्म पनि एकै धर्म मान्नेहरुलाई दिनहु पानी, धारा छोइएको निहूमा कुटिनु ,मन्दिर तथा धार्मिक कृयाकलापमा दलितहरुलाई बन्देज लगाईनु , दलित भएकै कारण समाजबाट बहिस्कृत हुनु, अपमानित हुनु ,शिक्षा बाट वन्चित हुनु , चरम गरिबीमा जिवन विताउनु , मरेका सिनो फ्याकन लगाउनु , वोक्सीको आरोप लगाएर दलित महिला तथा वृद्धहरुलाई मलमुत्र ख्वाईनु, गाउ निकाला गरिनु ,  दलितहरु संगको प्रेम तथा विवाह लाई अस्वीकार गर्नु , अन्तरजातीय विवाह गर्ने जोडिलाई शारिरीक र मानसिक यातना दिनु र हत्या सम्म गराइनु दलितका लागि नियति नै बनिसकेको छ ।हाम्रा समाजमा अछुत मानिने जातिहरु अर्थात् कथित दलित, उत्पीडित, शुद्रहरु परम्परा, संस्कार, मर्यादा इत्यादि निर्वाह गर्ने नाममा पिल्सिएका छन्, ज्यानै उत्सर्ग गर्ने हदसम्म पुगेका छन् । जसलाई राज्य बाट नै परम्परा देखि चली आएको चालचलन, सस्कृति र परम्परामा जातीय विभेद र छुवाछुत नभएको देख्दा बर्षाै देखि त्यहि संस्कार, परम्परा, सस्कृति र धर्मको आडमा दमित भएर बसेका लाखौ लाख उत्पीडित  दलित समुदायहरु लाई खिल्ली उडाउने काम गरेको छ ।

मुलुकमा हिन्दु धर्म मान्ने हिन्दुहरुको आकडा अहिले पनि धेरै छ । तर यो आँकडामा उनीहरुको आस्था ले कहिले पनि समानता देखाएन   ।यहि  धर्मको नाममा सिर्जिएका बिकृतीहरुलाई ,धर्म भित्रका असमानता र कुरितीका कुराले हिन्दूधर्म भित्रै सुधार सँशोधन गर्दै त्यही भित्र रहेर बस्ने कि धर्म परिवर्तन गरेर अर्कै नयाँ यूगीन बाटो रोज्ने भन्ने प्रशंन अहिले तेर्साइ दिएको छ । फलस्वरुप दलितहरु कोहि धर्म परिवर्तन गरि रहेका छन् ।हो धर्म परिवर्तन गरेर या कतिपय सांस्कृतिक मान्यतालाई चुनौती दिएर मात्र दलित समस्या हल हुँदैन । वर्ण व्यवस्था अनुसार पुरातन समाजमा प्रथाको रुपमा स्थापित छुवाछुत र जातीय विभेदले हिन्दु धर्मप्रति आस्था राख्ने ति लाखौ दलित, उत्पीडितहरुलाई  आजको आधुनिक समाजमा हजारौ बर्ष अघिको जातीय भेदभाब र छुवाछुत जस्ता परम्परालाई कायम राखेरै एकै आस्था राख्ने हिन्दु समाजको लाखौ नागरिकलाई अछुत शुद्रको खोट लगाउने ब्यबहारिक चलन किन चलिरहेको छ? मानिसलाई उचनिच र छुत तथा अछुत भनी किन छुट्याएको छ ? जातीय तहगत संरचनाको सबैभन्दा तल्लो तह तथा अछुत मानिने जाति हौ भनेर ब्यबहारिक रुपमा किन बुझाएको छ  ? यस्तो असमानता र अन्याय अवस्थाले  गाउँ-ठाउँ समाजमा समेत समतामुलक समाज स्थापित हुन सक्दैन भनेर आफुले  भोग्नु परेको जातीय भेदभाब र छुवाछुत जस्ता बिकृति बिरुद अनेकौ नाम, उपनाममा दलित एक्यबद्ध हुदैछन् , आवाज उठाउदै  छन् भने कोहि कोहि धर्म परिवर्तन समेत गर्दै छन्  ।

भने अर्को तिर जातीय छुवाछुतलाई र भेदभावलाई राज्यले छुवाछुत राष्ट्र भनि सम्बोधन पनि गर्याे भनेर  बसेका गैर उत्पीडित, गैर दलित, जातीय रुपमा अगाडी भएकाहरुले दलितले उठाएको बिषय लाइ  जुँगाको लडाईं बनाउदै छन् । आफुलाई हिन्दू धर्मको पहरेदार सम्झनेहरु  धर्मको पक्षमा कोही संगठनिक रुपमा कोही असंगठनिक रुपमा कुर्लि रहेका छन् । सुद्र हैनौ , दलित हैनौ भनेर हिड्दा  जातीय भेदभाब र छुवाछुत सबबाट चुड्कीको भरमा मुक्ति पाउँछ भनि बुझाई रहेका छन् । हुन् सक्छ अछुत भनिएका समुदाय ले आफुलाई सुद्र र दलितको उपनाम दिदै हिड्नुको कमजोरी आफ्नो ठाउँमा होला । तर  हिन्दु धर्मको बर्णश्रमले सृजित जुन असमानता खडा गरेको छ  हाम्रो समाजको त्यो जिम्मेवार छ।  जातीय छुवाछुत र असमानताको अमानविय घटना दिनहु हुनुले हिन्दु धर्मले आफु संगै राखेको बर्णश्रम संगै राखेको पाखण्ड, विभेद र अन्ध विश्वास ब्यबस्था नै  हो भनेर बुझाएको छ ।  आम नेपाली समाजका कहलिएका टाठा बाठाहरु दलित र सुद्र किन आफैलाई भनेको भन्दै पूर्णत अव्यवहारिक मुद्दामा चर्का बहस गर्नेहरु हिन्दु धर्मले साथै बोकी बसेको बर्णश्रम ब्यबस्था र यसले सृजित जातीय भेदभाब र छुवाछुत जस्ता मुद्दामा चाहिँ चुइँक्क  पनि बोल्दैनन ।

२१ औ स्ताब्धिमा पनि हाम्रो समाजमा  अपेक्षा गरिए विपरित मान्छेले छोएको मान्छेले नखाने, कुनै खास सम्प्रदाय लाइ सामाजिक बहिस्कृत गर्ने, आफ्नै भगवान मानेर आस्था राख्नेले पुज्न नपाउने यी व्यभिचारी मानसिकता को उपज हो ।  दलित समस्या हिन्दु धर्मको उपज भएको र धर्म  निरपेक्ष राज्य भए पनि ब्यबहारमा त्यो राज्यको धर्म रहदै आएकोले हिन्दु धर्मको निर्देशनमा सञ्चालित राज्य र राजनीतिबाट दलित समुदायको मुक्ति सम्भव छैन ।
नेपालको राष्ट्रिय जनगणना, २०६८ ले नेपालका दलितहरुको जनसंख्या १३.२ प्रतिशत रहेको देखाएको छ, आधिकारीक रुपमा नेपाली दलितहरुको जनसंख्या तथ्याङ्क विभागले सार्वजनिक नगरेको भएतापनि दलित वर्गमा सुचिकृत रहेका जातीहरुको जनसंख्यालाई आधार मान्दा दलितहरुको जनसंख्या १३.२ रहेको छ । तर दलित अधिकारकर्मी एवं संघ संस्थाहरुले नेपालमा ६० लाख दलितहरु रहेको र २० प्रतिशत जनसंख्या दलितहरुको रहेको दावी गर्दै आएका छन । नेपालको औसत गरिवी २५ प्रतिशत हुँदा ४२.६३ प्रतिशत पहाडि दलित र ३८.१६ प्रतिशत मधेशी दलितहरु गरिवीको रेखामुनी रहेका छन ।  २५० बर्षको इतिहासमा कहिल्यै पनि यो देशमा दलितबाट राष्ट्रको कार्यकारी प्रमुख बनेको छैनन  । यी तथ्यलाइ बुझेर यो लोकतान्त्रिक व्यवस्थामा समेत बर्षौ देखि पछाडि पारिएको जातिलाई, दलित समुदाय क्षेत्रि–ब्रामण समुदायको स्थारमा नउठाउने हो भने ,  अन्य धर्मलाई हिन्दु धर्मको स्थरमा उठाउने हो भने , दलितलाई मान्छेको स्थरमा नउठाउने हो भने, तत्काल हिन्दु सामन्तवाद बाट शासित सामन्तवादी सरचना अन्तर्गत आर्थिक छेत्रमा दलित जातिको मुक्ति कसरि गर्न सकिन्छ भनेर नसोच्ने हो भने । राजनैतिक प्रशासनिक छेत्रमा दलित हकको स्थापना कसरि गर्न सकिन्छ भनेर नथाल्ने हो भने । सामाजिक सास्कृतिक छेत्रमा दलित जातिको बढी भन्दा बढी अन्तरघुलन कसरि गराउन सकिन्छ भनेर ब्यबहारिक रुपमा  काम नगर्ने हो भने ।राज्यको पुन सरचनामा दलित समश्याको समाधान गर्न रणनैतिक कार्यक्रम र लक्ष्य बिन्दुको किटान सहित कसरि जाने भन्ने कुरा को ब्यबहारिक थालनी नगर्ने हो भने । निश्चित छ असमानताको ठुलो खाडल बन्ने छ ।अत मुलुकमा बर्णश्रम ब्यबस्था बोकेर ६० लाख जनतालाई जातिय विभेद्, शोषण र उत्पिडन लाद्न हिन्दु धर्मले अब नसोचे हुन्छ । समय छँदै हिन्दुले हिन्दु नचिन्ने हो भने र समाजमा ब्याप्त विसंगतिलाई फाल्न सक्ने हिम्मत नगर्ने हो भने हिन्दू धर्म बाट दलितहरु धर्म परिबर्तन गर्न बाध्य हुनेछन ।

बर्षौ देखि पीडाले जेलिएका लाई त् दलित हैनस हिन्दुधर्ममा यो चलन छैन भनेर पन्सिने र हिन्दु धर्ममा त्यस्तो विकृति छैन भन्ने जवाफ आउँन सक्छ तर विकृति हिन्दु धर्ममा होइन हिन्दु संस्कृतिमा छ । शासक बर्गले मनुस्मृतिको आधारमा मुलुकको समाजको बिबिधता लाइ हिन्दु एकल जातीय (खस) सामन्ती सरचना भित्र समाबेश गरि साशन चलाई आएको कारण राज्यको समाबेशी सरचना भित्र दलित उत्पीडित समुदाय र बर्गले विभेदको सिकार हुनु परेको अढाई सय वर्षसम्मको केन्द्रिकृत एकाधिकार अहंकारवादी सामन्तवादको लामो इतिहास छ   ।
त्यहि भएर जातीय भेदभाब  र छुवाछुत संगै बोकेर हिड्नेहरुको मति फिरोस् र जातीय भेदभाब  र छुवाछुत बाट ब्यबहारिक रुपमा प्रताडित भएका आफु संगै आस्था राख्ने लाखौ मानिसहरु आफुले भोगाइ बाट उठाएका मुद्दाहरु एउटा टुङ्गोमा पुर्यारउन यिनको पनि सकारात्मक योगदान रहोस् । बेला अझै घर्किसकेको छैन तर घर्किन बेर पनि लाग्ने छैन। तत्कालिन समयका सासकहरुले स्वार्थबस बनाएका रीति-थीति तथा नियमहरु परिस्थिती सुहाउँदा तथा समय सापेक्ष मानिए पनि अहिलेको परिस्थिती र समयको माग तथा आबश्यकता फरक छ र आजको समय सुहाउँदो बन्न सकेनन् र त्रुटीका रुपमा देखिए । त्यसैअनुसार अव फेरी पनि यसमा थपघट तथा फेरबदल गर्नुपर्ने समय र जिम्मेवारी हाम्रो सामु आएको छ । हिन्दु राष्ट्र वा जाति र हिन्दु सामन्तवाद बाट शासित सामन्तवादी सामाजिक तथा राजनैतिक सरचनाले साशन गरि रहेको बर्गीय समस्या को एउटा गम्भीर रुप र समस्या हो ।
अत वर्ग विभाजित समाजलाई स्थायीत्व प्रदान गर्ने सवालमा अचुक हतियार सावित भएको हिन्दु धर्मको उपज नै वर्णाश्रम व्यवस्थाको जातपात, छुवाछुत तथा भेदभावजस्तो निकृष्ट प्रथा हो भनि बुझ्न ढिलो नगरौ ।  हिन्दु धर्म को शुभ-चिन्तकहरु मिलेर कहाँ ? के ? कसरि ? कमि कमजोरी भो भनेर आत्मा समिक्छा गरेर समय सापेक्छ कमि कमजोरी लाई ब्यबहारिक रुपमा सुधार गर्नु पर्ने बेला भएको छ ।  बर्ण ब्यबस्था र छुवाछुत बाट ब्यबहारिक रुपमा प्रताडित भएका लाखौ मानिसहरुलाई मानिश बनाउन साँच्चै व्यवहारिक प्रतिवद्ध हामी नागरिकहरुले सोच्न जरुरी भैसकेको छ। अहिले मुलुक नयाँ संविधान निर्माणको चरणमा छ, राज्यको पुनःसंरचना गर्ने तरखरमा छ, दीर्घकालीन शान्ति स्थापना गर्ने मोडमा छ । त्यसैले  हिन्दु धर्मको उपज नै वर्णाश्रम व्यवस्थाको जातपात, छुवाछुत तथा भेदभावजस्तो निकृष्ट प्रथा हो । त्यसलाई सही तरिकाले बुझ्ने, धर्मं तथा संस्कृतिमा कति र कसरी थपघट तथा फेरबदल गर्ने हो, यो शिर्षक ब्यापक छलफलको बिषय बन्नु तथा बनाइनु पर्दछ र त्यस्तो गलत संस्कार, संस्कृतिको प्रथाको अन्त्य गर्ने ब्यबहारिक अभियानमा लागेर मात्र धर्म परिवर्तनको समस्याको समाधान हुन सक्दछ ।

प्रतिक्रियाको लागि :-gopsiwa@gmail.com

Source : विभेद बिरुद्ध अभियान

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: