जागरण मिडिया सेन्टर

Home » दलित समाचार » भोजभतेरमा जातीय विभेद भयो भनि सामुहिक आक्रमण

भोजभतेरमा जातीय विभेद भयो भनि सामुहिक आक्रमण

२०७२ जेष्ठ ७, दैलेख  जागरण मिडिया सेन्टर
 मालिका गाविस-३ की १८ वर्षीया सिमा विकले सोही ठाउँका गैरदलितहरूले वैशाख २९ गते दिउसो स्थानीय सुरेश नेपालीको विवाहमा जातीय भेदभाव गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दैलेखमा जेठ ५ गते जातीय विभेद सम्वन्धी मुद्दा दर्ता गरेको बताइन् ।
उनले सो विवाहमा गैरदलितहरूको लागि बेग्लै व्यवस्था गरिएको भोजभतेरमा गएको भन्दै तिमी डुमकामीले हाम्रो भान्सा छुने, तिमीहरूले छोएको हामी खाँदैनौ भनेपछि विवाद हुँदा बाजे सहविर कामीलाई १०-१२ जनाको समुहले कुटपिट गरेको बताइन् ।
कुटपिटका कारण सहवीर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको सिमाले बताइन् । मुलुकी ऐन ज्यान सम्वन्धी महलको १५ नं. र जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ बमोजिम सजायको माग गर्दै जेठ ३ गते प्रहरीमा जाहेरी दिएको उनले जानकारी  दिईन् ।
पीडितको जाहेरीको आधारमो सोही ठाउँका तेजबहादुर खड्का, मानबहादुर खड्का, शेरबहादुर खड्का र लालबहादुरलाई जेठ ४ गते नै घरवाट गिरफ्तार गरिएको प्रहरीले  जानकारी दिएको छ ।घटनाका सर्न्दर्भमा आवश्यक अनुसन्धान गरी  रहेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर पुस्कर चन्दले बताए ।
source : विभेद बिरुद्ध अभियान । http://alldalit.blogspot.com/2015/05/blog-post_99.html?m=1
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: