जागरण मिडिया सेन्टर

Home » दलित समाचार » यसरी हुँदैछ दलित समुदायबाट राहत वितरण

यसरी हुँदैछ दलित समुदायबाट राहत वितरण

२०७२ जेष्ठ ७, जागरण मिडिया सेन्टर

हामीले दलितलाई मात्रै छानेर दिएका छैनौं, दलितहरुको बाक्लो बसोबास भएको ठाउँलाई भने छानेका छौं ।

यसरी हुँदैछ दलित समुदायबाट राहत वितरण

‘आजसम्म यहाँ सरकारी राहत आइपुगेको छैन । निजी क्षेत्रबाट पनि प्रतिपरिवार ६ किलो चामलबाहेक अरु राहत नपाइएको भन्ने सुनेर हामी अहिले यहाँ आइपुगेका हौं ।’ राहत वितरण गर्न सिन्धुपाल्चोक जिल्लाको फुन्टिङ गाविस–५ मा पुगेका पूर्वसभासद तथा दलित अगुवा विनोद पहाडीले भने ।

वैशाख १२ गतेको विनासकारी महाभूकम्पले धेरै दलितहरुको पनि धनजन क्षति भएको छ । सबै समुदायका भूकम्पपीडितका लागि राहत संकलन र वितरण अभियानमा अहिले विभिन्न सामाजिक संघसंस्था लागिरहेका छन् । यो अभियानमा दलित समुदायका विभिन्न सामाजिक संघसंस्था तथा अभियन्ताहरु राहत संकलन र वितरणमा लागेका छन् ।

उनीहरु चामल, नुन, तेल, जीवनजल बोकेर दलित समुदायको बाक्लो बसोबास भएका ठाउँहरुमा पुगिरहेका छन् । तर, राहत वितरण गर्दा दलितलाई मात्रै दिएका छैनन् । पहाडी भन्छन्, ‘पीडा भनेको सबै समुदायको हो । दलित समुदायका पीडितलाई मात्रै दिने भन्ने हुँदैन । हामीले दलितलाई मात्रै छानेर दिएका पनि छैनौं । तर, दलितहरुको बाक्लो बसोबास भएको ठाउँलाई छानेका छौं ।’

समता फाउन्डेसन, साम इन्टरेसनल, कोपिला गृह, हिमाली सहयोग केन्द्रलगायतका संस्थाहरु अहिले दलित बस्तीतिर राहत बोकेर पुगेका छन् । उनीहरुले जेठ ५ गते सिन्धुपाल्चोकको फुन्टिङ गाविस–५ मा मात्रै ४ लाख बराबरको राहत वितरण गरे । त्यहाँका २ सय घरलाई राहत वितरण गरिएको हो । यही क्रममा उपत्यकाको साँखु, टेल्कोट, दोदामेचौर, थानकोटको गोलढुङ्गा, पाँचखालका राहत वितरण भइसकेको छ ।

यसका लागि राहत स‌ंकलन गर्ने क्रममा समता फाउन्डेसनका कर्मचारीहरुले मात्रै २ लाख सहयोग गरे आफ्नो तलबबाट कटाएर । फाउन्डेसनका अध्यक्ष तथा दलित अगुवा पदम सुन्दास भन्छन्, “हामी संस्थागत रुपमा मात्रै हैन व्यक्तिगत रुपमा पनि राहतका लागि लागिरहेका छौं । दलित महिला संघ (फेडो) लगायत धेरै सामाजिक संस्थाहरु दलित बस्तीमा पुगेका छन् । उनीहरुले चामल, नुन, तेल, जीवनजलजस्ता रासनपानी वितरण गर्दैछन् ।”

यसै क्रममा विदेशबाट पनि दलितहरुका लागि राहत संकलन भइरहेको छ । अमेरिकाबाट सुरज गौतम र विक्रम चौधरीले यसको संयोजन गरिरहेको विनोद पहाडीले जानकारी गराए ।

Source : Esamata

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: