जागरण मिडिया सेन्टर

Home » अन्य » भुकम्प प्रभावित क्षेत्रमा गरिएको अनुगमन तथा राहत वितरण कार्यक्रमहरुको प्रतिवेदन सार्वजनिक कार्यक्रममा आमन्त्रण

भुकम्प प्रभावित क्षेत्रमा गरिएको अनुगमन तथा राहत वितरण कार्यक्रमहरुको प्रतिवेदन सार्वजनिक कार्यक्रममा आमन्त्रण

२०७२ जेठ ११ जागरण मिडिया सेन्टर ।

 मिति : २०७२।०२।१०
                                            सम्पूर्ण अधिकारकर्मीज्यूहरु
विषयः कार्यक्रममा आमन्त्रण गरिएको वारे ।
उपरोक्त सम्वन्धमा यही वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पले देशमा ठूलो जनधनको क्षति भएको र सिंगो देश शोकमा डुवेको छ । यो जटिल परिस्थितिमा दलित नागरिक समाजले महाभूकम्प पीडितलाई सहयोग गर्नका लागि महाभूकम्प पीडित सहयोग तथा समन्वय समिति र यस अन्तरगत सूचना÷क्षतिविवरण संकलन उपसमिति, राहत संकलन उपसमिति र अनुगमन उपसमिति गठन गरी राहत संकलन, वितरण, अनुगमन लगायतका काम अगाडि बढाएको जानकारी गराउन चाहन्छौं ।
यस समितिले राष्ट्रिय दलित आयोग, उपेक्षित उत्पीडित र दलित वर्ग उत्थान विकास समिति, वादी समुदाय उत्थान विकास वोर्डको अगुवाईमा भूकम्पले वढी प्रभावित ११ वटा जिल्लाहरुको अनुगमन गरी पीडितको अवस्था र उनीहरुका आवश्यकता पहिचान गर्दै क्षति विवरण संकलन गर्ने, राहत वितरण प्रणाली र दलित, महिला, बालबालिका लगायतका सीमान्तकृत समुदायको राहत वितरणमा भएको प“हुचको अवस्थाको अनुगमन गरी प्रतिवेदन तयार गरेको छ ।
अनुगमनका क्रममा देखिएका तथ्यहरुका आधारमा राहत वितरण तथा पुननिर्माणका कार्यक्रमहरु सहज र न्यायोचित रुपमा संचालन गर्नका लागि नेपाल सरकार तथा अन्य सरोकारवाला निकायको ध्यानाकर्षण गर्ने उद्देश्यले सरकारी निकाय, मिडिया, दातृ निकाय, राष्ट्रिय÷अन्तरराष्ट्रिय संघ संस्थाहरु, दलित समुदायका नेता तथा सभासदहरु तथा अन्य सरोकारवाला निकायको वृहत उपस्थितिमा तपसिल वमोजिम उपरोक्त प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रम भएको हुदा सो महत्वपूर्ण कार्यक्रमका निम्ति हार्दिक अनुरोध गर्दछौं ।
तपसिल
मिति : २०७२÷०२÷१२ गते मंगलबार
समय : ठीक २.०० वजे
स्थान : राष्ट्रि«य दलित आयोगको प्राङ्गण,जावलाखेल,ललितपुर
गजाधर सुनार
संयोजक
दलित नागरीक समाज महाभूकम्प पीडित सहयोग तथा समन्वय समिति
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: