जागरण मिडिया सेन्टर

Home » दलित समाचार » दोल्खाको पवटीमा दलित एकता संजाल नेपालले गर्यो राहत बितरण

दोल्खाको पवटीमा दलित एकता संजाल नेपालले गर्यो राहत बितरण

२०७२ जेठ १३, जागरण मिडिया सेन्टर ।

भूकम्पबाट अति प्रभाबित दोलखा जिल्लाको पवटी गाबिस ४ मा रहेका भूकम्प पिडितहरुलाई दलित एकता संजाल नेपालले राहत बितरण गरेको छ ।
सदरमुकाम चरिकोटबाट लगभग ३२/३३ किलोमीटरको दुरीमा बिकट गाबिसको रुपमा रहेको दोलखा जिल्लाको पवटी गाबिसमा संजालका कोषाध्यक्ष बिष्णु सागर धमला, महिला सशक्तिकरण अभियानकी संयोजक सरू सुनार सहितको संजाल राहत बितरण टोलीले बिभिन्न कठिनाईका बाबजूद राहत बितरण गरी फर्केको टोलीले जानकारी दिएको छ ।
भौतिक रुपमा सर्वस्व गुमाएको सो गाबिसका मानिसहरुले बास बस्ने घर छैन, खाने सामान छैन, सरकारले राहतलाई ब्यबस्थित गरेको छैन राहतको नाम मात्र भएको छ सबै घरहरु ढुंगा र माटोबाट निर्मित भएका कारण ध्वस्त भएका छन स्वस्थ समस्या छ भन्दै राहतको लागी अपील गरे पश्चात संजाल सो गाबिसमा पुगी राहत बितरण गरेको संजालले जनाएको छ । सो गाबिसको ४ नम्बर वडामा  ठुलो दलित बस्ती छ भने केही संख्यामा अरु समुदाय रहेका छन । दाल, चामल, सोयाबीन, साबुन, तेल चिउरा, नून लगायत तरकारिकाहरु आज बिहान बितरण गरेको हो । वडाका सबै घर मिली १२० जना भन्दा बढिको संख्यामा मानिसहरु सामुहिक रुपमा खाना खाने गरिरहेका छन भने बाहिर टहरामा बस्न बाध्य छन ।
दोलखा भूकम्पबाट अत्याधिक क्षति भएको जिल्ला हो मानबीय भन्दा पनी भौतिक रुपमा पुर्ण रुपमा नष्ट भएको सबै भन्दा प्रभाबित जिल्ला हो ।
साभार- परदेशी खबर/ विभेद  बिरुद्ध अभियान
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: