जागरण मिडिया सेन्टर

Home » दलित समाचार » नागरिकता माग्दै एमाले मुख्यालयमा गणेशको निवेदन

नागरिकता माग्दै एमाले मुख्यालयमा गणेशको निवेदन

२०७२ जेठ १४, जागरण मिडिया सेन्टर ।

नागरिकता माग्दै एमाले मुख्यालयमा गणेशको निवेदन

cc

पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पालाई बाबु दाबी गर्दै आएका गणेश शेर्पाले नागरिकता दिलाइदिन माग गर्दै बुधबार एमाले मुख्यालयमा निवेदन दिएका छन् । तीन पृष्ठ लामो निवेदनमा उनले बाबु कृपासुरको नामबाट नागरिकता दिलाइदिन माग गरेका छन् । टेन्टबाट सञ्चालन हुँदै आएको एमाले मुख्यालयमा गणेशको निवेदन कार्यालय सहयोगी चन्द्रदेव पासवानले दर्ता गरेर कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठलाई बुझाएका छन् । गणेशको निवेदनको दर्तानम्बर ४३३ छ । एमाले केन्द्रीय कार्यालय सचिव श्रेष्ठले गणेशले दिएको निवेदनबारे अध्यक्षलाई जानकारी गराउने बताए । ‘म कृपासुरको छोरा हुँ, उनको नाममा नागरिकता दिलाइपाऊँ भनेर निवेदन आएको छ,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘म त्यो निवेदन चाँडै अध्यक्षज्यूमा जाहेर गर्छु ।’ गणेशले आफू मन्त्री कृपासुरको छोरा भएको प्रमाणित कागजातका रूपमा शैक्षिक प्रमाणपत्र, काठमाडौं जिल्ला अदालतमा दिएको मुद्दाको फोटोकपी पनि निवेदनसँगै संलग्न गरेका छन् । निवेदनमा कृपासुरले जागिरको सिलसिलामा ०३६ मा ताप्लेजुङ बस्दा आफ्नी आमा धनमाया दर्नाललाई गर्भवती बनाएको र आफू जन्मिएकोदेखि नागरिकताका लागि आफूले कष्ट पाएको बताएका छन् । निवेदनमा भनिएको छ, ‘न्यायका लागि अदालत जाँदा म र आमालाई भेटेरै तिमीहरूका लागि सबै व्यवस्था गरिदिन्छु, मुद्दा–मामिलामा लाग्दा मेरो राजनीतिक भविष्य नै समाप्त हुन्छ भनेपछि मिलापत्र गरियो । तर, त्यसपछि कुनै रेस्पोन्स नै गरेनन् ।’ डिएनए परीक्षण गर्न पार्टीले पहल गर्नुपर्छ : पोलिटब्युरो सदस्य विन्दा पाण्डे एमाले पोलिटब्युरो सदस्य विन्दा पाण्डेले गणेशको निवेदनका विषयमा पार्टी चुप लागेर बस्नु नहुने बताइन् । पार्टीले डिएनए परीक्षणका लागि पहल गर्नुपर्ने उनको भनाइ छ । ‘पीडित हुँ भन्नेले पार्टीमा निवेदन नै दर्ता गराइसकेको अवस्थामा नेतृत्वले यसको छानबिन गर्नुपर्छ,’ पाण्डेले भनिन्, ‘छोरा हुँ भन्नेले डिएनए टेस्टको माग गरेका छन्, अर्को पक्षले छोरा हो भन्ने अस्वीकार गरिरहेको अवस्थामा त्यसको अन्तिम छिनोफानो हुने डिएनए परीक्षणबाटै हो । डिएनए परीक्षणका लागि पार्टीले पनि पहल गर्नुपर्छ र छोरा नै भएको पुष्टि भएमा जोसुकै भए पनि कारबाही गर्नुपर्छ ।’ गणेशले नागरिकता पाउनुपर्छ मोहना अन्सारी, सदस्य, राष्ट्रिय मानव अधिकार आयोग माननीय मन्त्री (कृपासुर शेर्पा)ज्यू र उहाँसँग जोडिएको विवादबारे मैले पनि मिडियाबाटै थाहा पाएँ । सरसर्ती हेर्दा इस्यु गम्भीर छ । यो केस अदालतमा छ भन्ने पनि मैले बुझेकी छु । छोरा–बाबुबीचको नाता प्रमाणितको कुरा अदालती प्रक्रियाबाट टुंगो लाग्ला । कानुनभन्दा कोही पनि ठूलो छैन । कानुनी कारबाही सबैले भोग्नुपर्छ । त्यो मन्त्रीज्यूको केसमा पनि लागू हुन्छ । यो विवादमा महिला हिंसाको कुरो पनि छ । त्यसको पनि छानबिन हुनुपर्छ र कानुनबमोजिम कारबाही गरिनुपर्छ । गणेश शेर्पाले नागरिकता पाउनुपर्छ । नेपालमा जन्मेको कुनै पनि नागरिक अनागरिक भएर बस्ने भन्ने हुँदैन । नागरिकको अधिकार पाउनुपर्छ । आमाको नामबाट पनि नागरिकता दिने कानुनी प्रावधान छ । त्यहीअनुसार गणेशले नागरिकता पाउनुपर्छ । यदि उनले नागरिकता नपाउने हो भने कानुन खारेजी गर्नुपर्‍यो । म माननीय सभासद्ज्यूहरूलाई चुनौती दिन्छु– कार्यान्वयन नहुने कानुनी धारा बरु खरेजी नै गर्नुहोस् । एमाले कार्यालय सचिव भन्छन्, ‘उजुरी आएको छ, अध्यक्षज्यूलाई जाहेर गर्छु म कृपासुरको छोरा हुँ, उनको नाममा नागरिकता दिलाइपाऊँ भनेर निवेदन आएको छ, म त्यो निवेदन चाँडै अध्यक्षज्यूमा जाहेर गर्छु : एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ   –

: Source : http://www.enayapatrika.com/2015/05/8272#sthash.0aZBXMbj.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: