जागरण मिडिया सेन्टर

Home » दलित समाचार » फलाम खानी बन्द, आरन व्यवसाय संकटमा

फलाम खानी बन्द, आरन व्यवसाय संकटमा

हेमन्त केसी

२०७२ जेष्ठ १८, जाजरकोट- जागरण मिडिया सेन्टर ।

जाजरकोटको रोकायगाउँ–५ का जस्बीर कामी अहिले परिवारको लालनपालनको चिन्तामा छन् । जीवन गुजारा गर्ने उपाय बन्द भएकाले उनलाई पिरलो बढेको हो । नायकवाडा–७ स्थित फलाम खानी बन्द गरिएपछि उनी मात्र होइन, उनी जस्ता थुप्रै आरन व्यवसायीको पेसा संकटमा परेको छ । खानी बन्दसँगै बारेकोट क्षेत्रका नायकवाडा, सक्ला, रामीडाँडा र रोकायगाउँका परम्परागत आरन व्यवसायीहरुको जीवन गुजारा चलाउने बाटो बन्द भएको छ । ‘खानी चल्दा धाउ ल्याएर फलामे औजार बनाइ बेचेर गाँस टालो हुन्थ्यो, अब बर्बाद भयो,’ जस्बीरले गुनासो सुनाए ।aaran

फलाम खानीका कारण गाउँमा पहिरोको जोखिम बढेको भन्दै नायकवाडा–७ का स्थानीयले फलाम खानी बन्द गराएका हुन् । खलिया पेशामा काम गर्ने ३ सय दलित समुदायको खानी बन्दले रोजी रोटीको जोहो गर्ने बाटो बन्द भएको छ । बारेकोट क्षेत्रका रोकायागाँउ, रामीडाँडा र नायकवाडा गाविसका दलित समुदायले व्यवस्थित रुपमा खानी संचालन गर्न माग गरेका छन् ।

‘खानी बन्द भएपछि घरजहान पाल्न कालापार जानुपर्ने बाध्यता छ,’ रामीडाँडा ७ का रतने कामीले भने । स्थानीयले भने खानीका कारण बस्ती जोखिममा पर्दै गएकाले बन्द गर्नुपर्ने बाध्यता भएको बताएका छन् । ‘खानीले गर्दा सबैलाई सुविधा भएको थियो, फलामका भाडाँकुडा पनि सस्तोमा गाउँमै पाइन्थ्यो,’ नायकवाडा ७ का मानबहादुर सिंहले भने, ‘तर के गर्ने ? पहिरोका कारण गाउँ नै असुरक्षित हुने संभावना देखिएपछि बन्द गराउनु पर्यो ।

नयाँ फलामे औजार बनाउन नपाएपछि आरनमा ब्यबसायीले पुराना औजारको मर्मत गरेर दिन कटाउने गरेका छन् । सम्बन्धित निकायले बस्तीलाई स्थानान्तरण गरेर भए पनि खानीलाई उद्योगका रुपमा विकास गर्नुपर्ने स्थानीयको माग छ ।

– See more at: http://www.ratopati.com/2015/06/01/237410.html#sthash.DYtggoBR.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: