जागरण मिडिया सेन्टर

Home » अन्य » ओलीको हस्तक्षेपमा कृपासुर र गणेशबीच समझदारी

ओलीको हस्तक्षेपमा कृपासुर र गणेशबीच समझदारी

kirpasur-famili

एक दिनअघिसम्म गणेशले पत्रकारलाई आफ्नै कोठामा लगेर आमाको सिरानीमा कृपासुरको तस्बिर पनि देखाएका थिए । उनले अदालत, दलित आयोग र एमाले मुख्यालयसम्म उजुरी हालेको कागजात दिएका थिए । उनको बयानको अडियो रेकर्ड नयाँ पत्रिकासँग सुरक्षित पनि छ । नयाँ पत्रिका काठमाडौं, १९ जेठ पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पा र उनलाई बाबु दाबी गरेका गणेश शेर्पाबीच तत्कालका लागि समझदारी भएको छ । एमाले अध्यक्ष केपी ओलीकै हस्तक्षेपमा गणेशलाई न्याय दिने गरी समझदारी भएको हो । गणेश शेर्पाले आफूले ३५ वर्षसम्म नागरिकता नपाएको भन्दै अदालत, दलित आयोग र एमाले मुख्यालयमा समेत उजुरी दिएका थिए । एमाले अध्यक्ष ओली र उपाध्यक्ष विद्या भण्डारीले गणेश र कृपासुरको नाताबारे चासो राखेका छन् ।स्रोतका अनुसार ओलीले आफ्नै निवासमा कृपासुर र गणेशलाई भेटेर सम्बन्धबारे जानकारी लिएका थिए । उपाध्यक्ष भण्डारीले पनि मन्त्री शेर्पासँग जानकारी मागेकी थिइन् । ओली र भण्डारीसँग भेटमा मन्त्री कृपासुरले गणेशसँगको सम्बन्ध स्वीकारेको स्रोतले बतायो । स्रोतका अनुसार यसवीचमा कृपासुर र गणेशबीच पनि संवाद भएको छ । एमालेका एक स्थायी समिति सदस्यका अनुसार सोमबार बसेको स्थायी समिति वैठकमा उपाध्यक्ष भण्डारीले गणेशको निवेदनमाथि छलफल गर्न माग गरेकी थिइन् । उनको मागपछि यो विषयमा मंगलबार बस्ने स्थायी समिति बैठकमा छलफल गर्ने सहमति भएको ती सदस्यले जानकारी दिए । गणेशले गत बुधवार एमाले मुख्यालयमा नागरिकता दिलाइदिन माग गर्दै तीन पृष्ठ लामो निवेदन दर्ता गराएका थिए । त्यसैदिन गणेशले राष्ट्रिय दलित आयोगमा समेत न्याय दिलाइदिन भन्दै निवेदन दिएका थिए । गणेशले नागरिकताको माग गर्दे जिल्ला अदालत काठमाडौंमा समेत मुद्धा दर्ता गराएका छन् । उनले कृपासुर र धनमाया दर्नालको सम्बन्धबाट आफू १ मंसिर ०३७ मा आफु जन्मेको उल्लेख गरी नाता प्रमाणित गराई नागरिकता दिलाइदिन माग गर्दै आएका थिए । –

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: