जागरण मिडिया सेन्टर

Home » विचार » जात, विभेद अनि म

जात, विभेद अनि म

२०७२ जेठ २९, जागरण मिडिया सेन्टर

‘छोरी,के थरी ?’ म घर्ती मगर । ‘ए…..मगर पो ?’किन र मामु ?‘मैले त अरु नै जात सोचेकीथिएँ । मगर भएनि राम्री रहिछ्यौ ।’
साँझको खानाखाने समय भयो । असजिलो हुंदै मामुले भन्नु भयो–‘छोरी अँगेनार भित्रबाहीर गर्दा भ¥याङबाट ओर्लिएर जाने बाटो एकै प¥यो त्यसो हुनाले अप्ठेरो नमानी अल्लीयता बस ल !’ भन्दै मलाई भ¥याङ छेउको चकट्टी देखाउनुभयो । केहिनबोली बसें । बसेको ठाउं पछाडीबाट छिप्पेकाबोकाहरु गन्ध छोडीरहेका थिए । हामी पाहुनाहरुलाई भनि निकै मेहनतका साथ मरमसलाहाली पकाईएको मासुको बास्ना भन्दा पनि बोकाको गन्ध बढी । खाने समयमा बोकाहरु बड्किम्ला (बोकाको दिशा) झार्थे बररर । थालमा पर्ला कि भन्ने डर । ठाउँ साटेर बसौं कि झैं लाग्यो । आफु संगै आएकि साथीलाई चुल्होको छेउमा बसालियो । सोचें अँगेना छेउ ठाउँ हुँदाहँुदै किन मलाई यी बोकाहरुसंग राखेको होला? मनमनै सम्झें ‘यिनका घरका यिनै राजा, मलाई केको कस्कस्? मत आज्ञाको पालनागर्ने पाहुना न परें ।’ संगैंको साथी र मलाई गरीएको व्यवहारले सोच मग्न भएँ । सुर्खेत देखि भक्तपुर सम्मको यात्राको थकानले छोड्यो बरु तर त्यो विभेदले चिन्ताले छाडेन । मस्तिष्क भरि, किन यस्तो विभेद गरिएको भन्ने सोचें । के म मगर र साथी कंडेल (बाहुनं) भएकोले नै यस्तो भेदभाव गरीएको होला?
  यो अनुभवझण्डै ६ वर्ष पहिलको हो । साथीले काठमाडौं जाँदा मेरो घरमा बसे हुन्छ भनेको थियो । २०६५ सालभदौ महिनामा रेडियोको तालिम परेर ५ दिनकालागि एक जना साथी र म काठमाण्डौ गएको समयमा उसको घर गयौं । त्यतिबेला उ अमेरीका थियो । चार दिनको बसाईमा संयोगले कृष्णजन्माष्टमी पनि त्यहि मनाउनु प¥यो । पूजागर्न चाँगुनारायण मन्दीर गयौं । पूजाको थाली र सामाग्री मैले समात्दा छोईन्छ भनेर मामुले साथी र भाउजुलाई सामाग्री समात्न लगाई मलाई आफुसंगै हिंडाउनु भएको थियो । बुझ्दै जाँदा साथीको मामुले मात्र होईन रहेछ, भक्तपरको पिखेल गा.वि.सका प्रायले जातिय छुवाछुतलाई परम्परा नै मान्दा रहेछन् । परम्पराको विपरित गए घरलाई, घरलाई नभए आफन्तलाई अनि ईष्टमित्रलाई र तिनलाई पनिनभए छिमेकीलाई “छेद” लाग्छ भन्ने मान्यता रहेछ । दुर्भाग्यबस् म पनि त्यही मान्यताले गाडेको जरा मुनि गडिन पुगेछु ।
   २०७० साल श्रावण महिनामा एक जना साथीको घर ईलाम गएकि थिएँ । छिट्टै घुलमलि हुने, व्यवहारिक र बोल्ने स्वाभावको कारण बिरानो ठाउँमा पनि चिनेजाने झैंगरि सबैसंग घनिष्टता कायम गर्न सक्ने बानीभ एकाले त्यति अफ्ठेरो भोग्नु पर्दैन मलाई । त्यहाँपनि सबैको मन जीतें । त्यस घरको रुद्री पूजामा आउने जाने सबैको माया पाएँ । हामि पश्चिमेलीहरुमा पुर्वेलिहरु प्रति अनेक सोंच र भ्रमहरु हुन्छन् । सायद हामीप्रति पुर्वेलिहरुका पनि हुँदाहुन । तर मैले सोंचे भन्दा सहज र सरल पाएँ त्यो परिवार र समाज । खुसी भएँ मनमनै ।
नेपालगञ्जफर्कदै गर्दा साथीले उसको परिवारको म प्रतिको धारणलाई यसरी सुनायो–‘तिम्लाई थाहा छ रुपी? तिम्रो सबैसंग मिजासिलो भएर बोल्ने बानी र सहयोगी व्यबहार देखेर आमाले मलाई माथि कोठामा बोलाई केटी चाही हामीलाई मन प¥यो यत्तिको गुण र खुबि भएकी केटीले परिवारलाई खुशी राख्न सक्छे । बरु के थरी हो ? भनी सोध्नु भाको थियो, मैले मगर भने पछि लु भयो नी त कुरै सकियो नी भनीउहाँहरु त उठेर हिंडिदिनु भो ।’ उसको कुराले ०६५ को भक्तपुरको घटनालाई सम्झें । मलाई ती आमाले बुहारी बनाए हुन्थ्यो भन्ने चाहाना एक रत्तिपनि थिएन । न त म त्यो समाजको बुहारी बन्ने वाली थिएँ । मेरो चाहाना भनु या अपेक्षा केवल यत्तिमात्र थियो कि, म पुर्व जस्तो विकसित ठाउँमा जाँदा आफ्नो पहिचानलाई गर्वका साथ मगर भनेर चिनाउदा कुनै पनि किसिमको छुवाछुत व्यहोर्नु पर्दैन या नपरोस् । बुवावरिष्ठ अधिवक्ता, आमा सरकारी शिक्षिका । त्यस्तो परिवारमा त म जस्तो व्यक्तिलाई जातिय विभेदको कारण यत्रो अपमान हुन्छ भने अरुलाई झनकुन रुपमा हुन्छ होला? आखिर कहिले सम्म मान्छेले मान्छेलाई जात, धर्म, रितीरिवाज, संस्कृति, वंश, समुदाय र पेशाकानाममासार्वजनिक र नीजी स्थानहरुमा यस्ता जातीय छुवाछुतको आडमा बिभेद गरि रहने ? कहिले सम्म मान्छे मान्छेको बसाईलाई घर र गोठको जस्तो बनाएर बीचमा जातीय छुवाछुतको पर्खाल लगाई रहने हो ?
  पत्रकारीताको दौरानमा क्षमता विकास, रिपोर्टीङ या व्यक्तिगत घुमघामको शिलशिलामा नेपालको धेरै ठाउं पुग्ने अवसर मिल्यो । जातीय छुवाछुतका कारण विभेदीकरणको शिकार बन्न बाध्य भएर शारिरीक तथा मानसिक रुपमा पीडित भएका घटनाहरु देखें र सुने पनि । तर आफु नै छुवाछुतको शिकार बन्नु प¥यो भने मात्र वास्तविक अनुभुति हँुदो रहेछ । अनि मात्र थाहा हुन्छ, पीडाको गहिराई । नेपाली समाजमा झट्ट हेर्दा दलित र गैरदलितको विचमा मात्र जातिय भेदभाव देखिन्छ । समाजलाई केलाएर हेर्ने हो भने हरेक जातिभित्र भेदभाव छ । बाहुनमा पनि विभिन्न तहहरु छन् । क्षेत्रीमा पनि को असली क्षेत्रि (काजि) हो भन्ने विवादहरु भईरहेका हुन्छन् । जनजातिहरुमा पनि सानो र ठुलो जात छ । सबै भन्दा बढी त दलित समुदायभित्रै जातहरुको तह छ । यसले के देखाउंछ भने हाम्रो समाजमा जातिय रुपमा विभिन्न पर्खालहरु छन् । जसलाई संस्कार, दम्भ, घमण्ड र संकोचले जोगाई राखेको छ । परम्पराले जोगाई राखेको जातिय दुरी क्रमश घटीरहेको छ । सरकारी र गैरसरकारी पहलहरु भइरहेका पनि छन् । तर सम्पन्न, ठुला जात र शिक्षित भनाउंदाहरुको सोचमा परिवर्तन नभएसम्म हामि जस्ताले पीडा भोगीरहनु पर्छ । झन पानी नचल्ने भनिएका समुदायका व्यक्तिहरुको के हालत होला?
  जहाँ निरक्षरहरु छन्, जहाँ गरिवि छ, जहाँ सभ्यताको चेतना छैन, तिनिहरुलाई जातिय विभेदको सवाल फिक्का हुनसक्छ । हाम्रो छुवाछुत विरुद्धको अभियान गाउँ घरका बस्तिहरुमा, अनी हिमाल पहाडका पाखापखेरा र कुनाकन्दराहरुमा छुवाछुत भनेको विभेद होे भनिरहेको छ । र उनीहरुलाई नै सम्झाउदै हिंडिरहेका छौं, जो परम्पराको नाममा जातियविभेद कायम राख्नु पर्छ भन्ने तहको चेतनामा छन् । शहरका ठूलाठूला महलहरुमा बस्ने, सम्पन्नशाली र विलासी जीवन बिताउने, शिक्षित र नीतिनिर्माणको तहमा रहेकाहरुको घैंटोमा घाम लाउने खालको अभियान त सुरु गरिएकै छैन । सरकारले जातिय भेदभावतथा छुवाछुत (कसुर तथा सजाय ऐन २०६८)पनिल्याएको छ ।तर यसको कार्यान्वयनपक्षनिकै फितलो छ ।
  पीडितहरुलाई लाग्छ, सबैभन्दा पीडित म छु । तर आफुले अरु जातिहरुलाई पीडा दिने काममा सहयोग गरिरहेको छु कि छैन भन्ने तर्फ पनि सोच्न जरुरी छ । जसलाई पीडाको अनुभुति छ वास्तवमा ति व्यक्ति र समुदाय जाग्ने बेला हो यो । छुवाछुतलाई अन्त्य गर्ने अभियान सबै ठाउँमा आवश्यक होला तर त्यहाँ अझ जरुरी छ जहाँ निरक्षर हैन साक्षरहरुको बाहुल्यता छ, जाहाँ गरिबका झुपडी हैन सम्पन्न र विलासी जीवन बिताउनेहरुको संख्या धेरै छ, छुवाछुतको विषयमा भाषण सुन्नेहरुको जमात होईन गर्नेहरुको होडबाजी छ । जसले चिन्तन र व्यवहारमा परिवर्तन ल्याओस ।
Advertisements

10 Comments

  1. साहै तितो यात्रा थियो त्यो । तर आजका हामी युवाले त्यो कुरामा खिन्नता महशुस गर्दा आफै मुर्ख भएको ठान्छु म । तपाईलाई तपाई सँगको साथीले र तपाई सँगैको दामलीले त पक्कै त्यसो गर्नु भएको छैन भन्ने कुरा प्रष्ठ छ तपाईको लेखबाट त्यस अर्थमा तपाईलाई नै थाहा छ “जातिय भेदभाव तथा छुवाछुत एेन २०६८” अनि आफै सच्नुस त खापुङ जी र शक्ति जी ले भन्नु भएको कुरा हाम्रो संस्कार । तपाईलाई तपाईका दामलीले गरेको विभेदको कुरा चै पिडादायी हो र त्यसलाई कसुर मान्नु सही छ । तर हाम्रो अभिभावकले गरेको विभेदमा मन सानो बनाउनु गलत हो । किनकी खापुङ जि र शक्ति जी ले प्रष्ट पारी सक्नु भएको छ म यहा दोहोर्याउदिन ।

  2. पर्शुराम खापुङ says:

    भगवानको पालामा यस्तो प्रकृतिको क्रियाकलाप हुन्थ्यो र येस्तो विभेद थियो भन्ने जस्ता धार्मिक कथन सुन्दै र पढ्दै बिकास भएको संस्कार र समाजमा छुवाछूत जस्ता अन्य बिकृतीले जरा गाड्नु स्वभाविक होला । प्रस्तुत बिचार एकदम सहि लाग्यो । यसलाई परिस्कृत गर्न नितिनिर्माण्को साथै आत्म परिबर्तनको खाचो छ । बोल्ने एउटा गर्ने अर्को येस्तै छ समाजमा ।

  3. Biraj Yonghang says:

    Hajurle vogeko yo pida, man ko baha,gunaso ra dukheso Lai yasari lekh ma sarbajanik garnu vayo tyasko thulo samman ra kadar garxu.tapaile sahi vannu vayo,Nepal ko bikasit thau ko bidwan Manis harule nai yasto kusangskar Lai paliraheko xan vane ti garib ra akshikshit ta badya vayeka xan.uccha taha ko kshikshya ko pramanpatra paudaima bidwan manidaina jaba ki usko soch ma paribartan aaudaina….

  4. shaktimagar says:

    भगवानको नजरमा के दलित के ब्राम्हण मनुस्ये सबै बराबर हुन् / तर यो हिन्दु धर्मको बेद पुरणहरुमा जातियताको वर्ग छुट्याइएको छ अनि त्यहाँ पनि छुवाछुत बारे थुप्रै ठाउहरुमा उल्लेख भएका छन् / धर्म जहाँ आस्था हुन्छ पून्यको लागि प्राथना गरिन्छ विश्वास हुन्छ भगवान प्रति मोक्ष्यको लागि तर् त्येही सानो जति र ठुलो जातिका बारेमा लेखिएको कुराहरु सुन्न र पढ्न पुग्छन हिन्दु धर्मालाम्बिहरु हो येही बाटनै सुरु हुन्छ विभेद अनि कहाँ बाट हुन्छ अन्त्य जातियेताको ….????

  5. Krishna Hari Maharjan says:

    बास्तबिक घटनामा आधारित लेख भएको ले सार्है राम्रो लाग्यो / हामीले खोजेको संबिधान भनेको यस्तो जातीय विभेद लाई निम्त्यान्न पार्ने खालको हो, नकि यथास्थिति लाई नै सत्य हो भनि अंगाल्नु पर्ने संबिधान /

  6. Deb Rumdali Rai says:

    Saru ji hajurle bhoganu vaya ko sabee padhanu paya bado dhukha lagera ayo. ke garnu Nepal ma chetana cheena. UK ra USA ma sabee barabar cheena, Jaata ko kuree cheena manabadhikarle garda sabee barabar.

  7. R.D. Magar says:

    ma aafu magar bhaekoma garva garxu. malai yo jat nai thik xa.

  8. dal budha magar says:

    Saru ji namaskar hajur lai pare ko anubob sunaunu bha ko ma dherai 2 dhanyabad yasto kuruti bebahar haru lai samaj dekhi nirmol parnu parcha ball nepal ko bikash ma tuwa pugne chha sabai milir yas ma birodh gardai janu parcha hardik 2 anurodh sabai nepali janta haru ma dhanyabad regards dal

  9. Namsyu magar says:

    Ma pani merai sathi bata jatiyabibhed ma pareko xu.

  10. Lokendra sunar says:

    thar sunar vayakai karan hami naya baneshwor ma raheko ak Police ko ghar bata niklinu paryo………..karan je dekhaya pani kura oohi jatpat kai thiyo hami le karan janna chahe pachi ghar beti le directly spasta vnin oonlai vadama basne thulo jatkai chaeyako 6 (educated vanaooda haru yati batho vayako 6 sarpa pani mar6 lathi pani vachadaina).
    ra teyo pariwarko kehi detail tapai lai bataoo.
    -teyo aaemai SANTISENA ho ra bedes aaoone jane garchin.
    -oosko Buda DSP
    -oosko baba English ko lacture.
    -ra aanya sabai educated(jatpat jasto bichar aamanviya karma ho vanne thaha payaka.)

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: