जागरण मिडिया सेन्टर

Home » अन्य » मुक्त हलियाका लागि नयाँ घर

मुक्त हलियाका लागि नयाँ घर

जागरण मिडिया सेन्टर 

असार ६

सरकारले हलिया मुक्तिको घोषणा गरेको झन्डै ६ वर्षपछि पुनस्र्थापना प्याकेजअन्तर्गत घर निर्माण गर्न थालेको छ । मुक्त हलियाको पुनस्र्थापनाका लागि ल्याएको योजनाअन्तर्गत यसै आर्थिक वर्षभित्र घर बनाइसक्ने मुक्त हलिया समाज डडेल्धुराका अध्यक्ष तुलाराम सार्कीले जानकारी दिए । त्यसका लागि धमाधम काम गरिरहेको मुक्त हलिया पुनस्र्थापना समितिका सदस्यसमेत रहेका सार्कीले बताए । उनका अनुसार हाल २८ हलिया परिवारका लागि घर बनिरहेको छ । यस्तै, २० परिवारको घर मर्मत गर्ने तथा १५ परिवारका लागि जग्गा खरिद गर्ने निर्णय भएको अध्यक्ष सार्कीले जानकारी दिए । पुनस्र्थापना समितिले १५ परिवारका लागि जग्गा खरिद गर्न एक लाख ५० हजार रुपैयाँ, घर मर्मतका लागि एक लाख रुपैयाँ र घर निर्माणमा दुई लाख ५० हजार बजेट विनियोजन गरेको जनाएको छ । पुनस्र्थापनाको कार्यक्रम अन्तिम चरणमा पुगेको सार्कीले बताए । जिल्लाका प्रमाणीकरणमा परेका दुई हजार पाँच सय ७६ हलिया परिवारमध्ये हालसम्म एक हजार चार सय ४२ जनाले परिचयपत्र लिएका छन् । दुई सय ६१ हलियाले क वर्ग, पाँच सय १७ ले ख वर्ग, ६५ ले ग वर्ग र पाँच सय ९९ ले घ वर्गको परिचयपत्र पाएका छन् । तर, कतिपय वास्तविक हलियाले अझै परिचयपत्र पाउन सकेका छैनन् । आफ्नो बस्ने झोपडीसमेत नभएका अमरगढी नगरपालिका–१० का हरुवा सार्कीले परिचयपत्र पाएका छैनन् । आफूजस्ता वास्तविक हलियाको पक्षमा कसैले पनि नबोलेको उनको गुनासो छ ।

साभांरः नयाँ पत्रिका दैनिक-

See more at: http://www.enayapatrika.com/2015/06/11859#sthash.WoqESoqQ.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: