जागरण मिडिया सेन्टर

Home » दलित समाचार » पुननिर्माण र पुनस्र्थापनामा दलित समुदाय विषयक छलफल

पुननिर्माण र पुनस्र्थापनामा दलित समुदाय विषयक छलफल

२०७२ असार १०, जागरण मिडिया सेन्टर ।

दलित गैर सरकारी संस्था महासंघ र दलित नागरिक समाज महाभुकम्प पीडित सहयोग तथा समन्वय समितिको आयोजना र युएनडीपीको सहयोगमा मिति २०७२ असार ८ गते मंगलबार राजधानीमा एक गोष्ठीको आयोजना गरी विपदपश्चातको पुननिर्माण र पुनस्र्थापनामा दलित समुदायको सवालहरुका विषयमा सुझावहरु संकलन गर्यो । गोष्ठीबाट आएका सुझावहरुलाई पुनर्निमाण र पुनस्र्थापनामा प्रक्रियामा सम्बोधन गर्न सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने उद्देश्यले आयोजित कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा, सभासद ओफिलाल ओखेडा, सभासद दिलबहादुर नेपाली, पूर्व सभासद विनोद पहाडी, दलित नागरिक समाजका प्रतिनिधिहरु पदम सुन्दास, भक्त विश्वकर्मा, महासंघका अध्यक्ष गजाधर सुनार, युएनडिपीका प्रतिनिधि साधना घिमिरेलगायत दलित
नागरिक समाजको उल्लेख्य सहभागिता रहेको थियो । गोष्ठीमा युएनडीपीका प्रतिनिधि प्रेम ओझा र दलित गैर सरकारी संस्था महासंघका सचिव सुशील विश्वकर्माले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुले विपदबाट सबैभन्दा बढी जोखिममा दलित, महिला र सिमान्तकृत समुदाय परेको हुँदा पुननिर्माण र पुनर्सरचना गर्दा उनीहरुलाई विशेष प्राथमिकता दिनुपर्ने सुझावहरु दिएका थिए । दलित गैर सरकारी संस्था महासंघ र दलित नागरिक समाजले कार्यक्रमबाट आएका सुझावहरुलाई पत्रकार सम्मेलन र सम्बन्धित सरोकारवालासंग लबिंग गर्ने
जनाएको छ ।

source : nepaldalitinfo

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: