जागरण मिडिया सेन्टर

Home » दलित समाचार » पश्चिमा मुलुकमा पनि हिन्दु वर्णाश्रममा आधारित जातपात र छुवाछुतको प्रभाव ।

पश्चिमा मुलुकमा पनि हिन्दु वर्णाश्रममा आधारित जातपात र छुवाछुतको प्रभाव ।

विरु नेपाली
२०७२ असार १६, जागरण मिडिया सेन्टर

समता फाउण्डेसनका अध्यक्ष पदम सुन्दासले दक्षिण एसियामा अवस्थित जातिय भेदभाव तथा छुवाछुत जस्तो सामाजिक कुप्रथाले पश्चिमा मुलुकमा समेत प्रभाव पारेको वताउनु भयो । समता फाउण्डेसनद्धारा आयोजित भारत र वंगलादेशको अध्यन र अनुभव वाँड्ने कार्यक्रममा अध्यक्ष सुन्दासले नेपालवाट गई अन्तराष्ट्रिय मुलुकमा वसोवास गरिरहेका नेपालीहरुविच पनि यस्तो किसिमको भेदभाव तथा छुवाछुत कायमै रहेको उल्लेख गर्नुभयो । fkउहाँले हिन्दु वर्ण व्यवस्थामा आधारित जातपात तथा छुवाछुत प्रथाका कारण विदेशमा रहेका दलितहरुमाथी छुवाछुत तथा भेदभाव भईरहेको छ भन्नुुभयो । हिन्दु धर्मको उपज जातपात र छुवाछुतका कारण दलितहरुले धर्म परिवर्तन गरिरहदाँ उहाँले हिन्दु धर्मभित्रै वसेर यसको भण्डाफोर गर्नुपर्ने विचार राख्नुभयो । धर्म परिवर्तन गरेर मात्रै दलितको मुक्ति नहुने भन्दै उहाँले हिन्दुधर्मभित्रै वसेर दलितहरुले आफ्नो मुक्ति खोज्नुपर्छ भन्नुुभयो ।
यसका साथै दलितहरुले किन थर फेरेको भन्ने प्रसंगमा उहाँले, पहिला दलितहरुले थर लेख्न नपाएर नलेखेको र अहिले थर लेख्न छुट भएर लेख्न पाएको वताउनुभयो । पहिला दलितहरुले जात नै लेख्नुपथ्र्याे ताकि उनीहरु छिटो चिनिउन्, तर गैरदलितहरुले भने आफ्नो थर लेख्न पाउँथे, अहिले दलितहरुलाई पनि थर लेख्न स्वतन्त्रता छ, त्यसैले दलितहरुले पनि थर लेख्छन्, उहाँले भन्नुभयो, “गैरदलितहरु र दलितहरुको थर एउटै हो, दैलेखको दुल्लुबाट आउने वाहुन पनि दुलाल हुन्, कामी, दमाई, सार्की पनि दुलाल हुन् तर पहिला वाहुनले मात्रै दुलाल लेख्ने गर्दथे, दलितहरुले लेख्न पाउदैनथे । ”
डा याम वहादुर किसानले ऐतिहासिक कालखण्डमा भारतवर्षबाट नेपालमा हिन्दु वर्णाश्रममा आधारित जातपात र छुवाछुत प्रथाले प्रवेश पाएको वताउनुभयो । नेवारी दलितहरुको भेदभावको जग पनि हिन्दु धर्ममा आधारित जातिय व्यवस्था नै भएको उल्लेख गर्दै, उहाँले भारतवर्षमा हिन्दुहरुले शाषन गरिरहदा मुगलहरुको आक्रमणबाट पराजित भई आर्यनहरु नेपाल प्रवेश गरेका हुन् भन्नुभयो । आर्यनहरुको नेपाल प्रवेशसंगै जातपात तथा छुवाछुत प्रथा सँगै लिएर आएका कारण त्यसको अवशेष अहिलेको नेपाली समाजमा रहीरहेको उहाँको भनाई थियो ।
१४ औ शताव्दितिर नेपाल खाल्डोमा लिच्छवी वंशका राजाहरुले शाषन गर्दै आए र मल्ल कालमा जयस्थिती मल्ले ६४ जातमा जात विभाजन गरेपछि नेवारभित्र पनि भेदभावको सुरुवात भयो, उहाँले भन्नुभयो, त्यसपछि नेवारी दलितहरुको उत्पत्ति भएको हो, अहिले नेवारी दलितभित्र पनि जातिय भेदभाव र छुवाछुत छ ।
भारत र वंगलादेशको अध्यन र अनुभव वाँड्ने क्रममा वंगलादेशको दलितहरुको वारेमा अध्ययन गरी फर्कनुभएका गोपाल नेपालीले वंगलादेशको सरकारले दलित शव्दलाई अहिलेसम्म पहिचान नगरेको तथ्य सार्वजनिक गर्नुभयो । उहाँले वंगलादेशको संविधानमा धारा २८ले कुनै पनि जाति, धर्म, लिंग र वर्गको आधारमा विभेद गरिने छैन भने पनि व्यवहारमा जातिय भेदभाव चरम उत्कर्समा रहेको कुरा उल्लेख गर्नुभयो । उहाँको अध्ययनमा ९.६ प्रतिसत हिन्दुहरुको जनसख्यामा ५.५ प्रतिसत दलितहरु जातिय भेदभावबाट पिडित रहेको देखाएको छ । अध्ययनमा उहाँले वंगलादेशमा दलितहरुको संगठित र संस्थागत रुपमा आन्दोलन भएको छैन भन्नुभयो । यद्यपी सन २००२ देखि वंगलादेशमा क्रियासिल गैरसरकारी निकाय र नागरिक समाजले संगठित रुपमा दलित मुद्धालाई उठाएको देखिन्छ, उहाँको अध्ययनमा उल्लेख छ । उहाँको अध्ययन अनुसार ६२ प्रतिसत दलितहरु मन्दिर प्रवेश गर्नबाट वञ्चित भएका छन् । यसका साथै राजनीतिक रुपमा त्यहाँको दलितहरुको प्रतिनिधीत्व शुन्य रहेको छ भने सामाजिक आर्थिक अवस्था पनि अत्यन्त कमजोर रहेको छ ।
त्यसैगरी भारतबाट निर्माण मजदुरको वारेमा वनाईएको श्रम कानुन र ऐनका वारेमा अध्ययन गरी फर्कनु भएका राजेन्द्र सेन्चुरीले भारतमा निर्माण मजदुरका लागि छुट्टै कानुन वनाइएको उल्लेख गर्नुभयो । उहाँले भारतले सन १९९६मा वनाएको श्रम कानुन भारतभित्रैका सबै राज्यहरुमा एकिकृत रुपले कार्यन्वयन हुन नसकेको बताउनुभयो । भारतले वनाएको मजदुर कानुन अन्तर्गत मजदुरले सोसल सेकुरिटी वेनिफिट अन्तर्गत थुप्रै किसिमका लाभहरु लिन सक्नेछन्, उहाँको अध्ययनमा उल्लेख छ । उहाँले भारतमा निर्माण मजदुरका लागि लागि वनाइएको कानुनबाट नेपालले पनि मजदुरहरुका लागि कानुन वनाउन आवस्यक रहेको उल्लेख गर्नुभयो । उहाँले गत वैशाष १२ गते र २९ गते गएको विनासकारी महा भुकम्पपछिको पुनर्निमाण कार्यका लागि यस्तो किसिमको मजदुर कानुनले मजदुर वर्गको हित हुने पनि उल्लेख गर्नुभयो ।
नर्वे सरकारको एफ के एक्सेचेन्ज कार्यक्रम अन्तर्गत समता फाउण्डेसनका तर्फबाट भारतका लागि राजेन्द्र सेन्चुरी र वंगलादेशका लागि गोपाल नेपाली एक वर्षको अध्ययनमा जानु भएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: