जागरण मिडिया सेन्टर

Home » दलित समाचार » रुकुममा अन्तर्जातीय विवाह गर्ने जोडी सम्मानित

रुकुममा अन्तर्जातीय विवाह गर्ने जोडी सम्मानित

२०७२ असार १६, रुकुम-जागरण मिडिया सेन्टर ।

रुकुम जिल्लालाई जातीय भेदभाव तथा छुवाछूतमुक्त जिल्ला बनाउन र दलित नमुना बस्ती निर्माण गर्न आवश्यक सल्लाह, सुझाव सङ्कलनका लागि रुकुमको मुसिकोटमा एक दिने अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय दलित आयोग, जावलाखेलको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जातीय छुवाछूतमुक्त तथा दलित बस्ती विकास योजनाको आवश्यकता र महत्व, आगामी कार्ययोजना, रणनीतिक योजना र रुकुमेली दलित समुदायको वर्तमान अवस्थालगायत विषयमा गोष्ठीमा छलफल भएको थियो ।

उक्त कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष मानबहादुर नेपालीले एउटा वर्गले मात्र जातीय भेदभाव तथा छुवाछूत अन्त्य नहुने भएकाले समुदायका सबै वर्गको सहयोगको आवश्यकता रहेको बताए । जब समुदायमा बसोबास गर्ने मानिसको बानी व्यवहारमा परिवर्तन हुन्छ, त्यतिबेला नै भेदभावमुक्त समाजको निर्माण हुने भएकाले समाजका मानिसको बानी, व्यवहार परिवर्तन गर्न लाग्नुपर्ने अध्यक्ष नेपालीको भनाइ रहेको छ ।

राष्ट्रिय दलित आयोगको वार्षिक कार्यक्रमअनुसार रुकुम जिल्लामा अन्तर्जातीय विवाह गरी नमुना बनेका पाँच जोडीलाई दोसल्ला र नगद २० हजारसहित सम्मान गरिएको छ । सम्मान हुने जोडीहरुमा मुसिकोट नगरपालिकाका गणेश विक र प्रेमा गौतम, गरायला गाविसका धनवीर ओली र तारा विक, घेत्मा गाविसका शशिराम नेपाली र कमला शाह, सिम्ली गाविसका चंखबहादुर विक र कौशिला ओली, आठबिसकोट गाविसका कलश परियार र सीता शाह रहेका छन् । रासस

source: Esamata.com

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: