जागरण मिडिया सेन्टर

Home » समाचार » गायनमा फर्किए गायक प्रेम परियार

गायनमा फर्किए गायक प्रेम परियार

२०७२ असार २१, जागरण मिडिया सेन्टर ।

prem pariyarचलचित्र नाईं नभन्नु ल २ निक्कै चर्चित बन्यो । चलचित्र त्यसभित्र समावेश गरिएको कथाबस्तुले भन्दा धेरै चलचित्र भित्र समावेश गरिएका गरिएका गीतका कारण चर्चा पायो । चलचित्रमा समावेश ‘मर्ने कसैलाई रहर हुँदैन र यी आँखामा तिमी छौं’ बोलका गीतले चलचित्र मात्रै चलेन गायक प्रेम परियारको उचाइलाई उचो बनायो । तर, गायक परियार त्यसपछि गायनमा देखा परेनन् । चलचित्र नाईं नभन्नु ल ३ बन्यो चलचित्र चल्यो त्यो चलचित्रमा उनी अटाउन सकेनन् । निर्माण पक्षले उनको गायकी नचाहेका होइनन्, परियार आफैले आवाज परिवर्तनको समय परेकाले गीत गाउन सकेनन् ।

फेरि चलचित्र नाईं नभन्नु ल ४ बन्ने पक्का भयो । फेरी खोजीए गायक परियार । यसपटक भने उनले राम्रो गीत गाए । प्रेमका गीत सुन्न पर्खिएका उनका फ्यानलाई यो गीतले राहत दिन गीतका संगीतकार बसन्त सापकोटाले बताए । शनिबार नक्साल स्थित एकोस्टिक स्टुडियोमा उनले बसन्त सापकोटाको संगीतमा ‘कसम हामीले’ र ‘उत्तरमा छन् है बुढाहाङ’ रकेर्ड गरे । दुवै गीतमा बिकास आचार्यका शब्द छन् ।

गायनमा फर्किए पनि उनको स्वर अझै पूर्ण रुपमा फिट भइसकेको छैन । हाई रेन्जमा जाँदा स्वर फाट्न समस्या छँदैछ । तर स्रोताले प्रेमको खोजी गरेका हुनाले थोरै समस्याका बावजुद पनि प्रेमलाई नै गाउन लगाएको संगीतकार वसन्तले बताए । दोस्रो शृंखलामा अनुभव रेग्मीका लागि सुहाउने स्वरको खोजी भईरहँदा प्रेमले चलचित्रमा गाउने मौका पाएका थिए । चौथो शृंखलामा पनि प्रेमको स्वर अनुभव रेग्मीकै लागि रेकर्ड गरिएको चलचित्र निर्देशक बिकास आचार्यले बताए । प्रेमले दुई गीत गाएसँगै ‘नाइँ नभन्नू ल ४’का पाँचमध्ये चार गीत रेकर्ड भइसकेका छन् । यसअघि चिलचित्रमा राजेशपायल राई, रजिना रिमाल र प्रह्लाद तिमल्सिनाले गीत रेकर्ड गराईसकेका छन् । चलचित्रको सुटिङ भदौको पहिलो सातामा सुरु हुनेछ ।nai nabhanu la 4

– See more at: http://medianp.com/2015/07/61379.html#sthash.lzz1lptj.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: