जागरण मिडिया सेन्टर

Home » समाचार » भैँसी खोज्न जंगल पसेका अर्जुन अझै घर फर्किएनन्

भैँसी खोज्न जंगल पसेका अर्जुन अझै घर फर्किएनन्

२०७२ असार २१, जागरण मिडिया सेन्टर ।

कैलालीको पहलमानपुरका एक बालक चार दिनदेखि बेपत्ता भएका छन् । पहलमानपुर–१ का अमर विकका १२ वर्षीय छोरा अर्जुन विक बेपत्ता भएका हुन् ।

घर नजिकैको बालविकास निमावि विद्यालयमा कक्षा ४ मा पढ्ने अर्जुन विद्यालयको छुट्टीपछि असार १६ गते दिउँसो नजिकैको जङ्गलमा गोठाला गएका थिए । अर्जुनका दुई वटा भैँसी जङ्गलमा हराएका थिए । घरमा गाली गर्ने डरले अर्जुन जङ्गलमै भैँसी खोज्न लागेको सँगै गोठाला गएका विरु वडुवालले बताए ।

हराएको दिन ठुलदाई (अमर विक)को घरमा गएको हुन सक्ने भन्दै आफूहरुले कुनै खोजी नगरेको अर्जुनकी फुपू तुल्सी विकले बताइन । चार दिन भइसक्दासमेत अर्जुन घर नआएपछि परिवारले उनको खोजी गरिदिन पत्रकार, प्रहरी र स्थानीयवासीलाई आग्रह गरेको छ । अर्जुनका बुबा कामको सिलसिलामा भारतमा रहेका छन् ।

– See more at: http://medianp.com/2015/07/61250.html#sthash.C0LcHjFb.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: