जागरण मिडिया सेन्टर

Home » दलित समाचार » वानेश्वरमा दलितहरुको धर्ना कार्यक्रम

वानेश्वरमा दलितहरुको धर्ना कार्यक्रम

२०७२ साउन १३, जागरण मिडिया सेन्टर ।

IMG_1813

पहिलो र दोस्रो संविधानसभाबाट सर्वसम्मतीले पारित भएका दलित अधिकार नयाँ संविधानको प्रारम्भिक मस्यौदामा नलेखिएपछि आफ्नो अधिकार सुनिश्चित गर्नका लागि दलितहरुले सडक र सदनबाटै निर्णायक आन्दोलन सुरु गरेका छन् ।
संविधानको मस्यौदामा संकलन भएको सुझावमाथी संविधानसभामा छलफल हुने भएपछि दलित नागरिक समाज र संयुक्त राजनीतिक दलित संघर्ष समितीले दलित सभासदहरुलाई सहयोग पु्याउने उदेश्यले हिजो वानेश्वरमा दवावमुलक धर्ना कार्यक्रम गरिएको थियो ।
उता संविधानसभाभित्र नेपाली कांँग्रेसका तर्फबाट सभासद मान वहादुर विश्वकर्मा, एमालेका तर्फबाट जितु गौतम र एकिकृत नेकपा माओवादीका तर्फबाट दलजीत श्रीपाईलीले दलितका वारेमा वोल्ने तय भएको थियो । वैठक सुरु भएलगत्तै दलित सभासहदरुले आफ्ना कुराको सुनवाईका लागि नारावाजी गरेका थिए ।
सभासद जीतु गौतमले संविधानमा दलितका अधिकार पार्न कुनै पनि कसुर वाँकी नराख्ने वताउनुभयो । अधिकारलाई लेखाउन राजनीतिक दलका नेताहरुसँग र संविधान सभाको संवाद समितीसँग पनि कुरा गर्नेछौं उहाँले भन्नुभयो ।
यता धर्ना कार्यक्रममा गजाधर सुनारले संविधानसभाभित्र मस्यौदामाथी हुने छलफलमा दलित सभासदहरुलाई वल पुगोस भनेर वाहिर धर्ना गरिएको वताउनुभयो । उहाँले यो, अधिकार लिने लडाई भएकाले संविधानसभाभित्र दलित सभासदहरुले लडिरहनुभएको छ हामीले वाहिरबाट दलित नागरिक समाज, दलित भातृसंगठन लगाएत सम्पुर्ण दलित अधिकारकर्मीहरुले साथ दिईरहेका छौं भन्नुभयो ।
धर्ना कार्यक्रममा पाँच वजे जम्मा भई साँझ एक घण्टासम्म गरिएको थियो ।

IMG_1803

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: