जागरण मिडिया सेन्टर

Home » जानकारी » साउन ३१ गते संविधान जारी गर्ने यस्तो छ कार्यतालिका

साउन ३१ गते संविधान जारी गर्ने यस्तो छ कार्यतालिका

२०७२ साउन १३, जागरण मिडिया सेन्टर ।

संविधानसभा सचिवालयले आन्तरिक रुपमा तय गरेको कार्यतालिका प्रभावित नभए मात्र साउन ३१ गते संविधानसभाले संविधान पारित गर्ने देखिएको छ । साउन मसान्तभित्र संविधान जारी गर्नेगरी प्रमुख दलका शीर्ष नेता, प्रमुख सचेतक र संविधानसभा अध्यक्ष सुवास नेम्वाङवीचको समझदारीमा सचिवालयले काम अघि बढाइरहेको छ ।  कार्यतालिकाअनुरुप नै मंगलवार नागरिक सम्बन्ध तथा संविधान सझुाव समितिले जनताबाट आएका सुझावको प्रतिवेदन संविधानसभामा पेश गरेको छ । पेश भएको प्रतिवेदनमा बढीमा दुई दिनसम्म संविधानसभामा छलफल चलाउने तयारी सचिवालयले गरेको छ । जस अनुसार साउन १३ र १४ गते जनताका सुझाव समेटिएको प्रतिवेदनमाथि संविधानसभामा छलफल हुनेछ । सुझावमाथिको छलफल एक दिनमै टुंगिने सचिवालयले अनुमान गरेको छ ।  प्रतिवेदनमाथिको छलफल सकिएपछि १४ देखि १९ साउनसम्म संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा प्रतिवेदनका सुझाव संविधानका मस्यौदामा समेट्ने विषयमा छलफल हुनेछ । १९ साउनमा संबैधानिक तथा राजनीतिक संवाद समितिले संविधानको अन्तिम मस्यौदाका लागि मस्यौदा समितिमा प्रतिवेदन बुझाउनेछ । संविधानको अन्तिम मस्यौदा लेखनका लागि १९ साउनदेखि २६ साउनसम्मको समय छुट्याइएको छ । २६ साउनमा संविधानसभामा मस्यौदामाथि छलफल हुनेछ ।  मस्यौदा समितिले संविधानसभामा प्रतिवेदन बुझाएपछि २७ र २८ गते मस्यौदामाथि संशोधन प्रस्ताव दर्ता गर्ने समय छुट्याइनेछ । मस्यौदामाथि संशोधनका लागि दुई दिनको समय दिन संविधानसभा कार्य सञ्चालन नियमावलीको नियम ९६ निलम्बन गर्नु पर्नेछ । नियमावलीको नियम ९९ले संशोधन प्रस्तावका लागि ७ दिनको समय दिएकाले त्यसलाई घटाएर दुई दिनमा ल्याउन नियम निलम्बन गर्नु पर्नेछ ।  २९ साउनसम्म संविधानको अन्तिम मस्यौदा तयार भएपछि साउन ३० र ३१ गते संविधानका विधेयकमाथि छलफल हुनेछ । यसअघि नै अघिल्लो संविधानसभाले अन्तरिम संविधानको धारा ७० संशोधन गरी संविधानको विधेयक एकमुष्ट पारित गर्ने ब्यवस्था गरेकाले साउन ३१ गते नै संविधान संविधानसभाबाट पारित गर्न सहज हुनेछ ।  संविधानको विधेयक पारित गरी उपाध्यक्ष सहित सभासद्को हस्ताक्षर भएपछि सभाध्यक्ष नेम्वाङले विधेयक प्रमाणित गर्न हस्ताक्षर गर्नेछन् । पारित भएको संविधान राष्ट्रपति डा रामवरण यादवले अनावरण गर्नेछन् ।

– See more at: http://www.chakrapath.com/content/ca-31.html#sthash.hfZih6qD.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: