जागरण मिडिया सेन्टर

Home » दलित समाचार » दलितमाथि मसानघाटमा पनि विभेद

दलितमाथि मसानघाटमा पनि विभेद

करन ताम्राकार

साउन १४, डडेल्धुरा- जागरण मिडिया सेन्टर

जीवित हुँदा मात्र होइन, जिल्लाका दलित समुदायमाथि मृत्युपछि पनि विभेद हुने गरेको छ । दलित समुदायलाई अन्त्येष्टिका लागि छुट्टै मसानघाट प्रयोग गर्न बाध्य पारिएको छ । अमरगढी नगरपालिका–३ मा रहेको घटालस्थानमा दलित र गैरदलितका लागि छुट्टाछुट्टै घाट निर्माण गरिएको छ । अमरगढी–३ का शिक्षक भक्तबहादुर विकेले भने, ‘हाम्रो समाजमा अझै पनि दलितमाथि ठूलो विभेद कायम छ भन्ने कुराको योभन्दा अर्को उदाहरण हुनै सक्दैन ।’ अमरगढी–७ र ८ स्थित शैलेश्वर महादेव मन्दिरनजिक रहेको सल्लगडाँ मसानघाटमा पनि फरक–फरक घाट बनाइएको छ । स्थानीय समाजसेवी इन्दिरा ताम्राकारले बाहुन, क्षेत्रीलगायतका लागि फरक र दलित समुदायका लागि फरक ठाउँमा अन्त्येष्टि गर्ने घाट बनाइएको बताइए । दलित र गैरदलितका रूपमा विभेद गर्नु कानुनी रूपमा दण्डनीय भए पनि सामाजिक रूपमा भने यस्तो विभेद अझै कायम छ । जिल्लामा यस्ता विभेद कायमै रहे पनि दलित समुदायको हितका लागि खुलेका गैरसरकारी संघसंस्थाको आँखा भने अहिलेसम्म यसतर्फ परेको छैन । दलित समुदायका अगुवाले भने, ‘हाम्रो नाममा डलर खेती गर्नेदेखि राज्यको कानुन कार्यान्वयन गर्नेहरूले पनि अहिलेसम्म यसतर्फ ध्यान दिएका छैनन् । उनले आफूहरूले दाहसंस्कार गर्ने ठाउँमा दलित समुदायको दाहसंस्कार गर्दा देवी रिसाउने भन्दै बाहुन, क्षेत्री जातिले एउटै घाट प्रयोग गर्न रोक लगाउँदै आएको जनाए । दलित अगुवा प्रकाश जैरुले सरकारले कडाइका साथ कानुन कार्यान्वयन नगरेकाले अहिलेसम्म विभेद कायमै रहेको बताए । जातीय छुवाछुत अन्त्यका लागि चार वर्षअघि बनेको ‘जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐनबारे सरकारले जनचेतना नफैलाउँदा पनि यस्तो विभेद कायमै रहेको हो,’ जैरुले प्रश्न गरे, ‘सदरमुकाममै यस्तो विभेद हुन्छ भने विकट गाविसमा हुने विभेदको अन्त्य कसरी कल्पना गर्न सकिन्छ ?’

See more at: http://www.enayapatrika.com/2015/07/18685#sthash.ZZJvi9dV.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: