जागरण मिडिया सेन्टर

Home » विचार » विरक्तिएको माओवादी आन्दोलन– २ : बहुमत, भिन्नमत र गुटको तातो तावा

विरक्तिएको माओवादी आन्दोलन– २ : बहुमत, भिन्नमत र गुटको तातो तावा

आहुति

२०७२ साउन १४, जागरण मिडिया सेन्टर ।

आज माओवादी आन्दोलनमा जुन गुटवन्दी र उप–गुटवन्दीको अराजकता व्याप्त छ त्यसलाई हल गर्न बहुमत– अल्पमत र भिन्नमतको परिचालनमा भएको ऐतिहासिक गल्तिबारे छलफल गरी नयाँ संस्लेषणतिर नलाग्ने हो भने माओवादी आन्दोलनको संगठनात्मक क्षेत्रलाई थप टुक्रा टुक्रा हुनबाट कसैले जोगाउन सक्दैन र षडयन्त्रमा आधारित कार्यशैलीबारे पुनरविचार नगर्ने हो भने नयाँ बन्ने टुक्रा समूहलाई पनि थप अति साना टुक्रामा विभाजित हुनबाट कसैले रोक्न सम्भव छैन ।

१. लेनिनको नेतृत्वमा क्रान्ति सम्पन्न गर्ने पार्टीको नाम रुसी सामाजिक जनवादी पार्टी (बोल्सेभिक) थियो । रुसी भाषामा बोल्सेभिकको अर्थ बहुमत र मेन्सेविकको अर्थ अल्पमत हो । पार्टीको नाम नै बहुमत राख्नु के सही हो ? पार्टीको नाम त्यसको कार्यक्षेत्र, राष्ट्रियता र उद्देश्य झल्काउन प्राय राखिन्छ तर वोल्सेभिक न त कार्यक्षेत्र, न त राष्ट्रियता, न त उद्देश्य हो । बोल्सेभिक अर्थात बहुमत भनेको खास विषयमा पार्टी भित्र वा समाजमा प्रकट हुने संख्यात्मक बढी अंक हो । त्यहाँ भन्दा बढी केही पनि होइन । बहुमत भनेको सत्य होइन, न त अल्पमत भनेको असत्य र बेठीक हो । लेनिनको पार्टीमा खास विषयमा अर्थात् अग्रदस्ताको पार्टी बनाउने कि आम जनपार्टी बनाउने भन्ने विषयमा मतदान हुँदा  अग्रदस्ता बनाउनुपर्छ भन्ने लेनिनको मतका पक्षमा बहुमत जुट्यो । तर, त्यसैको आधारमा पार्टीकै नाम ‘बोल्सेभिक’ राख्नु जताबाट हेरेपनि गैर सैद्धान्तिक कार्य हो । तर, लेनिनहरुले यो कार्य गरेको देखियो । रुसी कम्युनिष्टले गरेको यो गैर सैद्धान्तिक कामले दुनियाभर र नेपालमा कस्तो परिणामलाई प्रोत्साहित ग¥यो भन्ने कुरा आगामी अनुच्छेदमा चर्चा गरिनेछ । यसरी आफ्नो टाउको आफै हल्लाएर सोच्ने भन्नुको मतलब नेपालको आन्दोलन भित्रको मात्र होइन बरु कम्युनिष्ट प्राधिकारहरुको कदमबारे समेत आवश्यक आलोचनात्मक दृष्टिकोण अपनाउन तयार हुनु भनेको हो । हो, आफ्नो ज्ञान र सिमाले भ्याएसम्म हामीले आफूलाई त्यसका निम्ति तयार पार्नै पर्दछ । नेपालमा जब यो बोल्सेभिक भन्ने शब्द आइपुग्यो, त्यो एउटा अवधारणा जस्तो बन्यो र ‘बोल्सेभिक स्पिरिटमा काम गर्नु पर्छ’ भन्न थालियो । कतिपयले भन्दछन्– ‘बोल्सेभिक स्पिरिट भनेको त क्रान्तिकारी वा लेनिनवादी स्पिरिट भनेको हो ।’ त्यसै हो भने त सिधै क्रान्तिकारी वा लेनिनवादी स्पिरिट भने भै हाल्यो त । कुरा त्यति सरल होइन । लेनिनहरु कसरी मेन्सेभिकलाई परास्त गरेर बोल्सेभिक बन्नु भयो भन्ने इतिहासको कथा कण्ठ गराउँदै ‘बोल्सेभिक स्पिरिट’ भनिएको हो । यो विषय विस्तारै एउटा अवधारणा जस्तो बन्न पुग्यो । अर्थात बोल्सेभिक याने बहुमत हुनु भनेको लेनिनवादी वा क्रान्तिकारी हुनु हो । क्रान्तिकारी हुनु ठिक हो, त्यसैले आफू बोल्सेभिक हुने हो । क्रमसः यो विकास भएर बहुमत हुनु नै सत्य हुनु, ठीक हुनु हो भन्ने तहमा पुग्यो र संगठनात्मक जीवनमा जसरी पनि विधि, प्रक्रिया, नैतिकता मिचेर भए पनि बहुमत बन्ने दौड लगातार चल्दै आयो । यो नेपाली कम्युनिष्ट आन्दोलनमा निकै नै ठूलो रोगका रुपमा विकसित हुन पुगेको छ । र यो रोग माओवादी आन्दोलनमा सैनपल्टेको घाउ झै सधैैभरी दुखिरहेछ । २. कुनै पनि समाज वा संगठनमा कुनै पनि विषयमा सबै मानिसको एउटै मत नहुने संभावना नै बढी हुन्छ । तर कामलाई अगाडी बढाउन एउटा जे भए पनि निर्णय लिनै पर्ने बाध्यता रहन्छ । त्यसकारणले गर्दा नै कुनै समितिमा रहेका सबैभन्दा बढी मानिस जता छन् त्यसलाई निर्णय मानी संगठनलाई अकर्मण्य हुनबाट जोगाउन बहुमतद्वारा निर्णय गर्ने परिपाटी सुरु हुन पुगेको हो । बहुमत हुने वित्तिकै ठीक र सत्य भन्ने अर्थमा बहुमत–अल्पमत गर्ने परिपाटी बसेकै होइन । आज संसारभरी आदर्शवादी विश्व दृष्टिकोण बोक्ने मानिस बहुमतमा छन्, के ती सही हुन् त ? प्रष्ट छ, होइन् । कुनै पार्टी वा संगठनमा बहुमत र अल्पमत सँगै खुसीका साथ कुन अवस्थामा के कारणले बस्दछन ? वा कुन अवस्थामा सँगै बस्नै सक्दैनन् ? पार्टी वा संगठनमा आधारभूत दार्शनिक, वैचारिक र रणनैतिक विषयमा एउटै मतमा रहेसम्म मात्र उनीहरु सँगै बस्न सक्दछन्, आधारभूत विषयमै प्रष्ट अन्तर भयो भने उनीहरुबीच सँगै बस्ने पद्धति लागु हुन संभव नै छैन, त्यस अवस्थामा अलग हुनु स्वाभाविक र अनिवार्य बन्दछ । यदि आधारभूत दार्शनिक, वैचारिक र राजनीतिक विषयमा एउटै मत छ तर, त्यसलाई लागु गर्ने सवालमा अर्थात् त्यसका कार्यनीतिहरुमा अन्तर छ भने उनीहरु बहुमत–अल्पमतका आधारमा निर्णय र काम गर्दै मित्रतापूर्ण ढङले सँगै बस्न सक्छन् । त्यस्तो अवस्थामा बहुमत पक्षले आफ्नो मत ठीक लाग्दालाग्दै पनि अल्पमतले राखेको विचार ठीक पनि हुन सक्छ भनी आत्मसात गरेर अल्पमतलाई पनि हार्दिकता पूर्वक सँगै काममा लिएर जानु आफ्नो अनिवार्य कर्तव्य ठान्दछ । र, अल्पमतले चाहीँ बहुमतको निर्णय त बेठीक छ तर आफूजस्तै व्यक्तिहरुको बहुसंख्याको विचार भएकाले ठीक हुन पनि सक्तछ, यदि लागु गर्दा बेठिक परिणाम आएमा आफूले भनेको कुरा आजको बहुमतले भोली मान्नुपर्नेछ, भन्ने समझदारीका साथ खुसी खुसी  बहुमतको निर्णय लागु गर्न तयार हुन्छ । यदि बहुमत र अल्पमत दुबैले एकले अर्कालाई शंकाको फाइदा दिँदैनन् भने उनीहरुमा सँगै बस्दा सुमधुरता सुरु हुन संभवै छैन । यसप्रकारको बहुमत–अल्पमतको  सम्बन्धमा थोरै पनि बैमानीले धेरै गडवढी निम्त्याउने निश्चिित छ । यथार्थमा बहुमत–अल्पमत सम्बन्ध निकै नाजुक र संवेदनशिल नै रहन्छ किनकी विचार र भावना सिधै जोडिएको हुन्छ । नेपालको कम्युनिष्ट आन्दोलनमा बहुमत–अल्पमतको द्वन्द्धात्मक सम्बन्धलाई पुरै विकृत बनाइएको पाइयो । पहिलो, बहुमतमा पुग्न वैचारिक विषय मात्रै होइन अन्य अनगिन्ती उपायहरुको अवलम्बन गर्न थाल्ने गरिन्छ, जसलाई अर्को पक्षले स्वतः षड्यन्त्रको रुपमा बुझ्न पुग्दछ र अनावश्यक प्रतिशोधको जन्म हुन पुग्दछ । जनवादी केन्द्रियताको लेनिनवादी सिद्वान्तले बहुमत अल्पमतको विधिलाई सैद्वान्तिक र आधारभूत पद्धतिमा दिशानिर्देश गरेको छ । त्यसमा समय अनुसार थप परिमार्जन जरुरी हुन्छ नै । तर, नेपालको कम्युनिष्ट आन्दोलनमा बहुमत–अल्पमतको द्वन्द्धात्मक सम्बन्धलाई पुरै विकृत बनाइएको पाइयो । पहिलो, बहुमतमा पुग्न वैचारिक विषय मात्रै होइन अन्य अनगिन्ती उपायहरुको अवलम्बन गर्न थाल्ने गरिन्छ, जसलाई अर्को पक्षले स्वतः षड्यन्त्रको रुपमा बुझ्न पुग्दछ र अनावश्यक प्रतिशोधको जन्म हुन पुग्दछ । दोस्रो, बहुमतमा पुग्नेले आफूलाई शतप्रतिशत ठीक घोषणा गर्दछ र अल्पमतलाई शतप्रतिशत बेठिक घोषणा गर्दछ । तीन, बहुमतले स्वतः कार्यालय सम्हाल्ने हुँदा उसले आफूलाई सत्ताधारी ठान्न थाल्दछ । त्यसपछि बहुमतले आफ्नो सङ्ख्यात्मक बाहुबल प्रयोग गरेर अल्पमत पक्षलाई त्यतिमात्र संगठनात्मक पहुँच दिन तयार हुन्छ जतिबाट आफुनो बहुमतिय सत्तालाई कुनै खतरा उन्पन्न हुँदैन । के कुरा स्वभाविक हुन्छ भने– पार्टी वा संगठनको निर्णय कुतैबाट लागु हुने कुरामा बाधा नहोस् भन्ने कुरालाई ख्याल गर्नै पर्दछ, त्यसको निम्ती बहुमतले अल्पमत पक्षलाई षड्यन्त्र गरेर होइन नीतिगत रुपमा सहमतिमा लिएर त्यो क्रियान्वयनको अनुकुलता सृजना गर्ने हो । तर नेपालमा आम रुपमा विल्कुल षड्यन्त्रको कार्यशैली अपनाउने गरिएको छ । जसरी हुन्छ नीति निर्माण गर्ने थलो होस् या सामान्य मोर्चा संगठन सबैमा अल्पमतलाई कुँज्याएरै राख्ने खेलमा बहुमत निरन्तर मस्त रहन्छ । अनि खास खास पद विभाजनको बेला त्यो स्थिति निकै नै डरलाग्दो ढंगले प्रकट हुन्छ । राज्यसत्तामा पुगेको बेला त त्यो  लाजघिन समेत सबै फालेर नाङ्गेझार हुनेगरि देखापर्छ । केही समय अगाडि एमाओवादीको एउटा जनसंगठनको सम्मेलनमा बुहमत प्रतिनिधिले विगत ३० वर्षदेखि त्यही क्षेत्रमा क्रियाशिल व्यक्तिलाई अध्यक्ष बनाउन चाहे । पार्टी नेतृत्वसँग हुँदैन भन्ने कुनै तर्क पनि थिएन तर सबै पद्धतीलाई उल्लघंन गरेर पुरै जुद्धशमशेरको पारा निकालेर जबरजस्ती अर्को व्यक्तिलाई अध्यक्ष घोषणा गरियो । अध्यक्ष घोषणा गरिएका व्यक्तिको योग्यता क्षमता आफ्नो ठाउँमा छ । तर बहुमतले बनाउने इच्छा गरेको व्यक्तिलाई किन नबनाउने  भन्ने कुराको उत्तर कहीँ पनि नदिई नबनाउन मिल्छ कि मिल्दैन ? वास्तवमा मिल्दैनथ्यो, तर गरियो । त्यसरी बताउँदै नबताई किन उनलाई बन्न दिइएन त भन्दा आयोग्यता बताउन केही पनि थिएन । त्यसो भए किन बनाइएन त भन्दा  उनले कुनै समय बहुमतको विचार भन्दा केही मामलामा कुनै समयमा फरक मत राखेका थिए । अझ विडम्बनापूर्ण यसैसँग जोडिएको रोचक अर्को घटना पनि भनिहालौं । त्यो जनसंगठनको सम्मेलन सकिए पछि त्यस संगठनबाट स्वेच्छिक अवकास लिएर आफ्नो धौलागिरी अञ्चलमा पर्ने गृह जिल्ला फर्केका एक कार्यकर्तालाई त्यस जिल्लाको पार्टी जिल्ला कमिटीको प्रमुखमा जिल्लाका बहुसंख्यकले निर्वाचित गर्न चाहे तर माथिबाट आएका ईन्चार्जले ती कार्यकर्तालाई सिधै भने, ‘तर्पाईलाई बनाउन सकिँदैन, किन भने तपाईले फलानो जनसंगठनको सम्मेलनमा फलानो फरक विचार राख्नेलाई समर्थन गर्नु भएको थियो’ अब पुगेन त भारी ? बहुमत–अल्पमत सम्बन्धको आम रुपमा वास्तविक चित्र माओवादी आन्दोलनमा जति तितो लागे पनि यही नै हो । जब एउटा व्यक्ति बीस/तीस/चालिस वर्ष मेहनत गरेर खास विषयमा नेतृत्व गर्न सक्ने हैसियतमा पुग्छ, सम्भावना पनि प्राकृतिक ढङ्गले पैदा हुन्छ तर फरक विचार राखेकै कारणले उसलाई वलात् त्यो भूमिका पाउनबाट रोकिन्छ भने त्यो व्यक्तिका अगाडि तीनवटा विकल्प मात्र बाँकी रहन्छ । एक, विचारमा आत्मसमर्पण गर्नु । दुई, राजनैतिक जीवनबाट अलग हुनु र तीन, त्यो पार्टी छोड्नु । उसले आफ्नो फरक विचारमा दृढ रहेसम्म उसको प्रतिभा, क्षमता र योगदान मूताविकको भूमिका कहिले नपाउने निश्चित भए पछि उ त्यहाँ किन बसिरहन्छ ? यो एउटा निकै संवेदनशील गम्भीर प्रश्न हो । केही वर्ष अगाडि कुनै पत्रकारले पत्रिकामा पार्टीको बहुमतलाई ‘संस्थापन पक्ष’ भनेर लेखिदियो, त्यसपछि सबैजसो पार्टीभित्र संस्थापन र भिन्नमत भन्ने अवधारणा प्रचलित बन्न पुग्यो । हुँदा हुँदा त एमाओवादी पार्टीमा तीन महिना अघि गैरकम्युनिष्ट पार्टी मधेसी जनाधिकार फोरमबाट आएका व्यक्ति प्रचण्डको पक्षमा देखिएकाले संस्थापन पक्ष हुन पुगे तर विगत तीन दशकदेखि कम्युनिष्ट आन्दोलन बनाउन क्रियाशील बाबुराम भट्टराई चाहिँ अ–संस्थापन हुन पुगे । यस्तो लगातारको परिघटना घटित हुने परिस्थिति बन्न पुग्यो । कम्युनिष्ट आन्दोलनमा दृढतापूर्वक भिन्न मत राख्ने व्यक्ति वाध्य भएर गुट बनाउनु पर्ने स्थितिमा पुग्नु पर्ने परिवेश बन्न पुगेको छ । भिन्न मत राख्ने वित्तिकै उसलाई कमिटिहरुबाट हटाउने, पदोन्नतीमा सिन्डिकेट लागू गर्ने र आर्थिक रुपमा समेत नाकाबन्दी हुन थाले पछि या त उसले विचारमा आत्मसमर्पण गर्नु पर्ने हुन्छ या त आफ्नो सुरक्षाका निम्ती शक्ति आर्जन गर्न गुट बनाउने वा संरक्षण गर्न सक्ने गुट तिर लाग्नु पर्ने हुन्छ । बहुमतले आफूलाई शतप्रतिशत सत्य, संस्थापन ठान्दै जाँदा पार्टीभित्रको उ शासक ठान्न थाल्ने र अल्पमतलाई शासन गर्ने मानसिकता विकसित भएको छ । जब कि माक्र्सवादले एक वर्गले आर्को वर्गमाथि शासन गर्ने भनेको हो । के बहुमत र अल्पमत भेनका फरक फरक परस्पर विरोधी वर्गहरु हुन् त ? होइनन् भने यस विषयमा गम्भीर ढंगले पुर्नविचार जरुरी छ । कम्युनिष्ट आन्दोलनमा दृढतापूर्वक भिन्न मत राख्ने व्यक्ति वाध्य भएर गुट बनाउनु पर्ने स्थितिमा पुग्नु पर्ने परिवेश बन्न पुगेको छ । भिन्न मत राख्ने वित्तिकै उसलाई कमिटिहरुबाट हटाउने, पदोन्नतीमा सिन्डिकेट लागू गर्ने र आर्थिक रुपमा समेत नाकाबन्दी हुन थाले पछि या त उसले विचारमा आत्मसमर्पण गर्नु पर्ने हुन्छ या त आफ्नो सुरक्षाका निम्ती शक्ति आर्जन गर्न गुट बनाउने वा संरक्षण गर्न सक्ने गुट तिर लाग्नु पर्ने हुन्छ । यो वास्तवमा दुर्भाग्यपूर्ण पटक पटक दोहोरिएर आएको परिघटना हो । विचारणीय कुरा के छ भने माक्र्सवादले गुटको कारण अवसरवाद र निम्न पुँजीवादी अधैर्यता हो भन्छ । तर नेपालमा माक्र्सवादी त्यस सैद्धान्तिक मान्यताको अलावा बहुमतको दमनका कारणले पनि गुट मौलाउने प्रक्रिया एउटा नयाँ संस्लेषण नै गर्नु पर्ने स्तरमा विकसित हुन पुगेको छ । मानिस एक स्थुल भौतिक वस्तु मात्र भए त प्राविधिक रुपमा भिन्न मतको समस्या हल हुन्थ्यो होला । तर मानिस त व्यक्तिगत अहम् र भावना सहितको विकसित पदार्थको जटिल रुप भएकाले तर्क, तथ्य र व्यवहारको न्यानोपन सहित प्राविधिक उपचार गरे मात्र प्रसन्न हुने रहेछ । स्थुल पदार्थ र भावना एवंम अहम् सहितको पदार्थ मानिसबीचको अन्तरवारे हामीले थप माक्र्सवादलाई बिकसित गर्नु पर्ने आवश्यकता छ । त्यसबारे उपयुक्त समयमा चिन्तन गर्दै जानु ठिक हुन्छ । वर्गीय समाज अझ नेपाल जस्तो निम्न मध्यम र मध्यम वर्गको चिन्तन संस्कृतिमा हालिमुहाली भएको समाजमा अवसरवादका जराहरु स्वभाविक रुपमा छ्याप छ्याप्ती छन्, हुन्छन र अवसरवादी रुझान र प्रवृतिहरुले अनेक कोणबाट स्वतः पार्टीलाई कमजोर पार्ने गतिविधि गर्छन नै । तिनै गतिविधि मध्य एक हो गुटवन्दी र बहुमतको नाममा दमनकारी निरन्तरको प्रक्रियाले अवसरवादलाई र पिडित क्रान्तिकारीलाई समेत गुटवन्दीको निरन्तर प्रक्रियामा जान मलजल पुगिरहेको छ । पार्टी वा संगठनको बहुमतले अल्पमत वा भिन्नमतमाथि निषेधको बाटो अख्तियार गरेपछि अल्पमत वा भिन्नमतले स्वतः आफ्नो रक्षाको निम्ति मोर्चावन्दी गर्न थाल्छ । त्यसमा अवसरवादलाई त राम्रो अवसर मिल्छ नै, पीडित क्रान्तिकारीहरु पनि त्यही अवसरवादी प्रक्रियामा मिसिन पुग्ने परिवेश बन्न पुग्दछ । नेपालको अधिकांश गुटवन्दीहरुमा यस्तै देखिने गरेको छ । बहुमत पक्षका स्तर नमिल्ने नेता/कार्यकर्ता अल्पमतबारे के गर्ने भनी सल्लाह गर्न छुट्टै बस्छन् भने त्यो गुटबन्दीबाहेक अरु के हो त ? यस्तो व्यवहार हेर्दा नेपालका कम्युनिष्ट पार्टीका बहुमत स्वयंममा सबैभन्दा ठूला गुटका रुपमा चलिरहेका, चल्दै आएको प्रस्टै देखिन्छ । बहुमत पक्षले आधिकारीक मञ्चहरु र समितिहरु प्रयोग गर्ने भएकाले बहुमत पक्षका नेताकार्यकर्तालाई आफूले पार्टी चलाएको हो गुट चलाएको होइन भन्ने भ्रम परिरहन्छ । तर, जब बहुमतले अल्पमतलाई विभिन्न अप्राकृतिक नाकाबन्दी लगाउने योजना बनाउँछ भने बहुमत स्वयं सबैभन्दा ठूलो गुट बन्न पुग्दछ । गुट भनेको बहुमत र अल्पमत होइन बरु अर्को विचार र प्रवृत्तिलाई पद्धतीसम्मत ढङ्गले होइन कि अलग छुट्टै सल्लाह गरेर षड्यन्त्रकारी तरिकाद्वारा तल पार्ने योजना बनाउने थलो वा प्रक्रिया नै गुट हो । बहुमत पक्षका स्तर नमिल्ने नेता/कार्यकर्ता अल्पमतबारे के गर्ने भनी सल्लाह गर्न छुट्टै बस्छन् भने त्यो गुटबन्दीबाहेक अरु के हो त ? यस्तो व्यवहार हेर्दा नेपालका कम्युनिष्ट पार्टीका बहुमत स्वयंममा सबैभन्दा ठूला गुटका रुपमा चलिरहेका, चल्दै आएको प्रस्टै देखिन्छ । आजभोली भनिने गैह्र सैद्धान्तिक शब्द ‘संस्थापन पक्ष’ नै ठूलो गुटको रुपमा चल्छ भने अरु गुटहरु जन्मिनु स्वाभाविक छ । यसप्रकार नेपाली कम्युनिष्ट आन्दोलनमा बहुमत र अल्पमत एकआपसमा सारमा एकअर्काको पुरकको रुपमा नभई एक अर्काविरुद्ध षड्यन्त्रकारी हर्कतमा व्यस्त गुटहरु बन्ने गरेका छन । जबकी जनवादी केन्द्रीयताको लेनिनवादी सिद्धान्तले बहुमत र अल्पमतलाई एकआपसका पुरक एवं स्वस्थ प्रतिस्पर्धी बनाउन चाहेको हो । वास्तवमा आज माओवादी कम्युनिष्ट आन्दोलनले स्विकार्नै पर्दछ कि कम्युनिष्ट पार्टीभित्रको फरक मत बारेको कार्यशैली मुलतः षड्यन्त्रमा आधारित छ । आफ्नै वर्ग अझ एउटै पार्टीभित्र नै षड्यन्त्रको कार्यशैली मुल प्रवृत्ति भएर संस्थागत हुनु भनेको माक्र्सवाद होइन, अवसरवाद मात्र पनि होइन, यो सिधै प्रतिक्रियावाद हो । जसको लक्ष्य विचारको परिवर्तन नभई केवल सत्ताप्राप्ति मात्र हुन्छ । २०४७/४८ तिर रुपचन्द्र बिष्टले आफ्ना सहकर्मीलाई नेपाल कम्युनिष्ट पार्टी (जनमुखी) का नाममा त्यतिबेलाको नेकपा (एकता केन्द्र)मा सामेल गराइदिँदै गर्दा उनले आफ्ना सहकर्मीलाई भनेका थिए, ‘तँ भातेले फेरी कम्युनिष्ट पार्टीको काम गर्ने तरिका अर्कै हुन्छ बुझ्नु, हाम्रो जस्तो हुँदैन त्यहाँ । त्यहाँ त अन्तै बसेर निर्णय गरेर बैठकमा आउने गर्छन् नि, बुझिराख !’ वास्तवमा रुपचन्द्र बिष्टले त्यतिबेला आफ्नै शैलीमा व्यक्त गरेको यथार्थ कति सान्दर्भिक छ, अब सबैले आत्मसात गर्नुपर्ने भएको छ । गुटबन्दीको स्रोत के हो ? निश्चित रुपमा गुटबन्दीको सैद्धान्तिक स्रोत अवसरवाद र निम्न पुँजीवादी अधैर्यता नै हो । नेपालमा एकपटक गुट बनेपछि त्यो स्थायी शिविरमा परिणत हुने गरेका छन् र दशकौंसम्म खास गुटका समर्थक त्यहि गुटमा रहने गरेका छन् । त्यतिमात्र होइन, आफ्नो स्थायी गुटको नेताको मृत्यु भयो भने त्यसको स्थायी समर्थकले राजनीति नै छोड्ने वा सदाकाल नयाँ नेतृत्वको स्थायी आलोचक बनेर जीवन धान्ने गरेको पनि भेटिन्छ । यो गजबको परिघटना हो । एउटा नेताले जीवनभर कहिले गल्ती नगर्ने कसरी हुन्छ अनि एउटा स्वस्थ समर्थकले त्यो नेताको सधैंभरी, सबै विषयमा समर्थन कसरी गर्न पुग्छ ? यो हुनै नसक्ने कुरा हो तर कम्युनिष्ट आन्दोलनमा निरन्तर सिद्धान्त जस्तै यो परिघटना घटित छ । ३५ वर्षअघि प्रचण्डको विचार मनपराउने मान्छे २०७२ सम्म सबै विषयमा जबकि स्वयंम प्रचण्डले गल्ती भयो भनेको विषयमा समेत सधैं समर्थक कसरी हुन्छ ? त्यसैगरी बाबुरामको, नारायणकाजीको इत्यादि । यो माक्र्सवाद हुनै सक्दैन । यो दुर्भाग्यपूर्ण सिलसिलाका पछाडी आलोचनात्मक चेतसहितको माक्र्सवादी नेता, कार्यकर्ता नहुर्काउने विरासत मुख्य रुपमा जिम्मेवार त सैद्धान्तिक रुपमा छँदै छ, यसबाहेक फरक मतका विरुद्ध गरिने शिविरबन्दी, त्यस शिविर भित्र निर्माण हुने भावनात्मक अनुराग तथा भौतिक व्यवस्थापनको आवश्यकताले ठूलो भूमिका खेल्ने गरेको छ । एकपटक राम कार्की ‘पार्थ’ले भन्थे, ‘म पनि अलग समूह बनाउन चाहन्छु तर भोलीपल्टदेखि कार्यकर्ताले घर चलाउने पैसा माग्छन् अनि कसरी बनाउने ?’ स्थायी शिविर बन्दीको नकारात्मक सहायक महत्वपूर्ण पक्ष यस भनाईमा गतिलो गरी अभिव्यक्त भएको छ । गुटबन्दीको स्रोत के हो ? निश्चित रुपमा गुटबन्दीको सैद्धान्तिक स्रोत अवसरवाद र निम्न पुँजीवादी अधैर्यता नै हो । तर नेपालमा बहुमत र अल्पमत वा भिन्न मत बीचको स्वस्थ द्वद्वात्मक सम्बन्धलाई ठिक ढङ्गले परिचालन नगर्दा पनि गुट जन्मिने, मौलाउने र स्थायी शिविरबन्दीमा परिणत हुने गरेका छन् । चाहे त्यो बहुमत नामको गुटबन्दी होस्, चाहे त्यो अल्पमत वा भिन्न मत नामको गुटबन्दी । मानिस एक पटक गुटवन्दीमा प्रवेश गरेपछि त्यसबाट निस्कन निक्कै गारो छ । गुटमा रमाउँदै जाने प्रक्रिया नै वेगवान हुने रहेछ । त्यसो किन हुन्छ ? एक, गुटमा लागेपछि योग्यता, क्षमता र योगदान जे भएपनि गुटको प्रतिनिधिका रुपमा सुविधा पाउने ढोका खुल्छ । दुई, गुटमा लागेपछि सांस्कृतिक रुपान्तरण हुन जरुरी हुँदैन । गुटले सांस्कृतिक अग्रगामी रुपान्तरणको माग गर्दैन । तीन, गुटमा लागेपछि समग्र पार्टीको अनुशासन मान्न उ बाध्य हुँदैन । चार, गुटको अस्तित्वको लागि उसका आफ्ना भौतिक आवश्यकता गुटले पुरा गरिदिन्छ । र, पाँच, निरन्तरको निकटताले भावना अनुरागमा उ बाधिदै जान्छ । यो विषय बहुमत, अल्पमत वा भिन्न मतका नाममा रहने सबै गुटका सम्बन्धमा हो । केही उदाहरण यस्ता छन्– एमाओवादीको एउटा वर्गिय संगठनका फरक प्रवृति बोक्ने चार जना केन्द्रीय सदस्यलाई केन्द्रीय समितिको वैठक नै नबसी अञ्चल स्तरको कमिटिले निस्कासन गरि दियो । यो दुनियामा प्रतिक्रियावादी संगठनमा पनि कहीँ नमिल्ने कुरा हो । त्यसविरुद्ध पार्टी केन्द्रीय समितिमा समेत बारम्बार कुरा उठ्यो, उजुरी दर्ता भयो । तर, गल्ती गर्नेलाई कार्यवाही त के अञ्चल स्तरको कमिटिद्वारा बिना आरोप निस्काशनमा परेका केन्द्रीय सदस्यको पुनर्रवाहाली समेत भएन । किन ? किनकी त्यसरी निकाल्नेहरु बहुमत गुटका हर्ताकर्ता थिए, अनुशासन र विधी मान्नु परेन । अनि त्यसै गरी सभासद न्युक्ति गर्दा पार्टी सदस्यता नै नभएका व्यक्ति समेत परे किनकी ती खास गुटको कोटामा थिए । त्यस्ता हजारौं घटनाहरु छन् जुन गुटबन्दीका परिणाम हुन् र जसले पार्टीलाई क्रमशः मन्द विष लागेको मानिस झै मर्दै जान्छ । यसकारण आज माओवादी आन्दोलनमा जुन गुटवन्दी र उप–गुटवन्दीको अराजकता व्याप्त छ त्यसलाई हल गर्न बहुमत– अल्पमत र भिन्नमतको परिचालनमा भएको ऐतिहासिक गल्तिबारे छलफल गरी नयाँ संस्लेषणतिर नलाग्ने हो भने माओवादी आन्दोलनको संगठनात्मक क्षेत्रलाई थप टुक्रा टुक्रा हुनबाट कसैले जोगाउन सक्दैन र षडयन्त्रमा आधारित कार्यशैलीबारे पुनरविचार नगर्ने हो भने नयाँ बन्ने टुक्रा समूहलाई पनि थप अति साना टुक्रामा विभाजित हुनबाट कसैले रोक्न सम्भव छैन । मैले बाबुराम भट्टराईलाई एकपटक भनेको थिएँ ‘तपाई र प्रचण्ड कसरी मिल्न सक्नु हुन्छ जबकी ठिक बेठिक जे भए पनि धोविघाट गठबन्धन नगरेको भए मलाई प्रधानमन्त्री बन्न दिँदैनथेँ भन्ने विषय छलफलमा ल्याउनै तयार हुनुहुन्न ।’ त्यसैगरी प्रचण्डलाई भनेको थिएँ, ‘तपाई मलाई माया त गर्नु हुन्छ तर मेरो असाध्धै मन प¥यो भनेको विचार पनि तपाई आफ्नो परम्परागत विश्वासिलो पात्र मार्फत नआएमा अन्तिम स्विकृति त दिनुहुन्न !’ के यी विषयमा नयाँ छलफल र संस्लेषण जरुरी छन् । मेरो विचारमा अघि बढ्न अर्को विकल्प छैन् ।

soruce : – See more at: http://www.khabardabali.com/2015/07/31369/#sthash.5UftxqVo.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: