जागरण मिडिया सेन्टर

Home » प्रेस विज्ञप्ति » दलित अधिकारमाथी भएको प्रहरी दमन विरुद्ध प्रेस विज्ञप्ति

दलित अधिकारमाथी भएको प्रहरी दमन विरुद्ध प्रेस विज्ञप्ति

२०७२ साउन १९ जागरण मिडिया सेन्टर ।
प्रेश विज्ञप्ती
मिति ः २०७२÷०४÷१९
नयाँ संविधानमा दलित अधिकार सुनिश्चित गराउनका लागि दवाव दिनका लागि विभिन्न पार्टीका भातृसंगठनको संयुक्त राजनीतिक संघर्ष समिति, सभासद समन्य समिति, दलित नागरिक समाजले संयुक्त रुपमा आयोजना गरेको शान्तिपूर्ण आन्दोलनको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी २६ जना नेता, कार्यकर्ता, सभासद लगायलतलाई घाइते वनाएको घटनाको नेपाल दलित मानवअधिकार संगठन घोर निन्दा एवं भत्र्सना गर्दछ ।
पूर्व घोषित कार्यक्रम अनुसार राजधानीको विजुलीवजारमा शान्तिपूर्ण रुपमा एक घन्टे चक्काजाममा उत्रेका  दलित आन्दोलनकर्मीहरुलाई प्रहरीले निर्मम रुपमा रुपमा कुटपीट गर्दा २६ जना घाइते भएका छन् । ति मध्ये केहीको अवस्था गम्भिर । घाइतेहरुको राजधानीको सिभिल अस्पताल र मोडल अस्पतालमा उपचार भैरहेको छ । सिभिल अस्पतालका डा. विमल थापाले दिएको जानकारी अनुसार केहीको अवस्था जटील रहेको छ ।
प्रहरीको कुटाइवाट मुक्ति समाजका अध्यक्ष एवं सभासद जितु गौतम, महासचिव गणेश विके, कांग्रेश नेता एवं सभासद मानवहादुर विश्वकर्मा, एमाओवादी नेता एवं सभासद दलजीत श्रीपाली, पूर्व सभासदहरु परशुराम रम्तेल, विनोद पहाडी, धर्मराज विश्वकर्मा, एमाओवादी नेता रणेन्द्र वराली, वुद्धि नेपाली विराट, अम्वरवहादुर विक, फत्तेमान परियार, विशाल दानकोटी तथा दलित नागरिक समाजका अगुवाहरु क्तमश ः गजाधर सुनार, दुर्गा सोव, भक्त विश्वकर्मा, रणवहादुर रम्तेल, सहेक विश्वकर्मा, कमला हेमचुरी, भीम विश्वकर्मा, भद्रमान मोते, गोपाल नेपाली, ओमकुमारी रिजाल विके, दिनेश हरिजन, तिलक विक, शोभा दुलाल, वेलकुमारी विक कुसुम घाइते भएका छन् । साथै प्रहरीले केही आन्दोदलनकारीहरुलाई गिरफ्तार समेत गरेको जनाइएको छ ।
नयाँ संविधानमा दलित अधिकार सुनिश्चित गराउनका लागि शान्पिूर्ण आन्दोदनमा उत्रेका आन्दोलनकर्मीमाथि प्रहरीले गरेको हस्तक्षेप नागरिकले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने मानवअधिकार समेत उलंगन भएको । सरकारले घाइतेको निशुल्क उपचार गराउदै, गिरफ्तार व्यक्तिलाई रिहा गर्नका लागि म जोडदार माग गर्दछु । साथै जवर जस्ती आक्रमण गर्ने प्रहरीहरुलाई कारवाही गर्न पनि माग गर्दछु । साथै नयाँ संविधानमा दलित आन्दोलनले उठाउँदै आएका मागहरु समावेश गराउन पनि माग गर्दछु ।
सुशील विके
अध्यक्ष
नेपाल दलित मानवअधिकार संगठन
Advertisements

1 Comment

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: