जागरण मिडिया सेन्टर

Home » दलित समाचार » दलित आन्दोलनमाथी भएको प्रहरी दमनको चौतर्फी विरोध

दलित आन्दोलनमाथी भएको प्रहरी दमनको चौतर्फी विरोध

विरु नेपाली
२०७२, साउन १९ जागरण मिडिया सेन्टर

दलित आन्दोलनलाई निस्तेज पार्नेगरी दलित अधिकारकर्मीहरुमाथी भएको प्रहरी दमनको चौतर्फी विरोध भएको छ । प्रहरी दमनको क्रुरता विरुद्ध विभिन्न संघसंस्थाहरुले विज्ञप्ति जारी घोर आपक्ति जनाएका छन् । प्रहरी दमनबाट घाईते भएका डेढ दर्जन भन्दा वढि दलित अधिकारकर्मीहरुको निशुल्क उपचारका लागि सरकारसँग माग गरिएको छ ।
मस्यौदामा कटौती गरिएका दलित अधिकार, नयाँ संविधानमा जस्ताको तस्तै सुनिश्चित गराउन माग गर्दै, संयुक्त राजनीतिक दलित संघर्ष समितिले काठमाडौंको बिजुली बजारमा निकालेको शान्तिपूर्ण जुलुसमा प्रहरीले बल प्रयोग गरी सभासद तथा दलित अधिकारकर्मीहरुमाथी गरेको कुटपिट र दुब्र्यबहारप्रति गम्भिर ध्यानाकर्षण भएको राष्ट्रिय दलित आयोग नेपालको विज्ञप्तिमा छ ।
त्यसैगरी संयुक्त राजनीतिक दलित संघर्ष समितीले पनि प्रेस विज्ञप्ति जारी गरी प्रहरीको पाशविक दमनको घोर निन्दा एवं भत्र्सना गरेको छ । आन्दोलनमा उत्रेका दलित सभासदहरु, विभिन्न राजनीतिक पार्टीका दलित शिर्षस्थ नेताहरु, दलित नागरिक समाजका अगुवा लगाएका अधिकारकर्मीहरुलाई लाठी वुट तथा ढुंगाले निर्मम तरीकाबाट कुटपिट गरी घाईते वनाएको घटनाले सिंगो दलित आन्दोलनलाई स्तव्ध र मर्माहत वनाएको छ, प्रेस विज्ञप्तिमा लेखिएको छ ।
प्रहरीको कुटाईबाट नेपाली काँग्रेसका सभासद मान वहादुर विश्वकर्मा, नेकपा एमालेका सभासद जीतु गौतम, एकिकृत नेकपा माओवादीका सभासद दलजीत श्रीपाईली, पुर्व सभासद विनोद पहाडी, एमाओवादीका रणेन्द्र वराईली, सयुक्त राजनीति दलित संघर्ष समितीका परशुराम रम्तेल, दलित अधिकार कर्मी गणेश विके, गजाधर सुनार, दुर्गा सोव, कमला हेम्चुरी, रण वहादुर रम्तेल, सहेक विश्वकर्मा, भद्रमान मोते, गोपाल नेपाली, दिनेश हरिजन, लगाएत २६ जना घाईते भएका छन् ।
दलित अधिकारकर्मी गणेश विकेको टाउको गम्भिर चोट लागी टाँका लगाइएको छ । त्यसैगरी कमला हेम्चुरीको खुट्टा भाँचिएको छ । शरीरका विभिन्न भागहरुमा भित्रीभागमा गहिरो चोट पुगेको सवै कुटिएका सवै अधिकारकर्मीहरुले वताएका छन् । उपचार्थ घाईते दलित अधिकारकर्मीहरुलाई भेट्न एकिकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेता जनार्दन शर्मा प्रभाकर सिविल हस्पिटल पुग्नुभएको थियो ।
आन्दोलनका क्रममा मिन वहादुर गहतराज, वागलुंगका राजकुमार वस्याल लगाएका अन्य अधिकारकर्मीहरुलाई देशका विभिन्न जिल्लाहरुबाट गिरफतारी गरिएको थियो ।
त्यसैगरी प्रहरी दमनविरुद्ध जागरण मिडिया सेन्टर, दलित महिला संघ फेडो, नेपाल दलित मानव अधिकार संघ, दलित गैरसरकारी संस्था महासंघ डिएनएफ लगाएतका थुप्रै संघसस्थाहरुले प्रेस विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा घाईते दलित अधिकारकर्मीहरु सवैको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
संयुक्त राजनीतिक दलित संघर्ष समिती, दलित सभासद समन्वय समिती, दलित नागरिक समाज, दलित अधिकार संघर्ष समितीले संयुक्त रुपमा आन्दोलनको घोषणा गरी आज देशभर एक घण्टे चक्काजाम कार्यक्र गरेको थियो । चक्काजाम कार्यक्रममा दलित अधिकारकर्मीहरुमाथी भएको प्रहरी दमनको विरोध गर्दै, नेकपा एमालेका सभासद जितु गौतमले राजनीतिक दलहरुलाई ध्यान आकर्षणका लागि अग्रिम घोषणा गरी आयोजना गरिएको कार्यक्रममा प्रहरीले योजनावद्ध ढंगले दलित आन्दोलनलनलाई असफल वनाउन क्रुर दमन गरेको वताउनुभयो । उहाँले भन्नुभयो “हाम्रा साँसदहरु कुटिएका छन, दलित नेताहरु कुटिएका छन, हाम्रा सम्पूर्ण दाजुभाई दिदि–वहिनि कुटिएका छन, यसको म घोर भ«त्सना गर्दछु, ”
दलित आन्दोलनका नेत्रि कमला हेमचुरीको खुट्टा भाँचिएको छ, हाम्रा दलित नेता गणेश विश्वकर्माको टाउको फुटाईएको छ, माननिय सभासद एनेकपा माओवादीका नेता कमरेड दलजीत श्रीपाईलीको मुख रक्ताम्य हुनेगरी फोडिएको छ, उहाँले भन्नुभयो हामीले हाम्रा मागहरु शान्तिपूर्ण राखेका थियौ, हाम्रा आवाजहरु सुनाउने कोशिष गरेका थियौ, तर आज प्रहरीको क्रुुर दमनले दलित आन्दोलनका नेताहरु रक्ताम्य, र अङ्गभङ्ग हुनेगरी मुर्छित वनाईएको छ, यो अत्यन्त निन्दनीय छ ।
त्यसैगरी एकिकृत नेकपा माओवादीका सभासद दलजीत श्रीपाईलीले आफुलाई स्वयं डि.एस.पि कार्कीले ताकी ताकी हानेको,वताउनुभयो । उहाँले दलित, महिला, जनजाति, मधेशी समुदाय सिमान्तकृत समुदायको अधिकार संविधानमा सुनिश्चित गर् भन्दा उनीहरुमाथी लाठी वर्साउने, आक्रमण गर्ने काम गरेको छ यो गृहप्रशासनको निरङकुसता हो, भन्नुभयो । हामीले हाम्रो अधिकारका निम्ति लडेका हौ । नेपाली काँग्रेसका सभासद मान बहादुर विश्वकर्मा घाईते हुनुभएको भएको छ, स्वयं म घाईते भएको छ, सभादलाई आक्रमण गर्न मिल्छ ?
संयुक्त राजनीतिक दलित संघर्ष समितीका संयोजक परशुराम रम्तेलले डि.एस.पी तोर्ण कार्कीको नेतृत्वमा आएको प्रहरी फोर्सले दलित आन्दोलनका अगुवा तथा दलित नेताहरुलाई दमन गरी कुटसपट गरेको वताउनुभयो । मुक्तिसमाजका माहासचिव गणेश विश्वकर्मा घाईते भई सिविल अस्पतालमा उपचार भैरहेकाले, अरु जति पनि घाईते भएका छन् उहाँहरु सबैको सरकारसँग यथासिघ्र उपचारको माग गर्नुभयो । आज प्रहरीहरुले महिला माथी दुब्र्यवहार गर्नुका साथै ढुंगा प्रहार गरेको छ, भोली ठिक १२ वजे फेरी आन्दोलनलाई सफल पार्न वृहत जनप्रर्दशनका लागि सहभागी हुन आह्वान गर्छु, उहाँले थप्नुभयो ।

सिविल अस्पतालमा उपचार गराईरहनुभएका घाईते दलित अधिकारकर्मी गणेश विकेले आफ्नो फसवुक मार्फत लेख्नुभएको छ, देश हाम्रो भयो राज्य हाम्रो भएनछ, पार्टी हाम्रो भयो नेता आफ्नो भएनछन्, परिवर्तन हाम्रो भयो गणतन्त्र हाम्रो भएनछ, त्यसैले संविधानसभा हाम्रो भएपनि संविधान हाम्रो नवन्ने पक्का भएछ ।
उहाँले “केही दिन अगाडि कमल थापाले वानेश्वरको प्रमुख चोकमा खुलमखुला व्यवस्थाको विरोध गर्दै भाषण गरे प्रहरीले सरक्षा दिए, हिजो खुमबहादुर खड्काले पुष्पलाल, विपि, मदन भण्डारी मात्र होइन अन्तरिम संविधानको खिलापमा काठमाडौं ठप्प बनाए त्यसमा पनि प्रहरीले सुरक्षा प्रदान गरे र केही समय अगाडि नेत्रविक्रम चन्द माओवादीले बन्द गरे प्रहरी मुखदर्शक भए, तर आज हामी दलितहरुले २ मिनेट पनि सडकमा टेक्न नपाउँदै निर्घात कुटियो । बुट बसाइयो । सभासदहरुको अपमान गरयो । महिला दिदि बैहिनीहरुका छातिमा बुट बसाइयो । त्यसैले अब शासन मात्र होइन प्रशासन समेत बदल्ने आन्दोलन गरौं ” भन्नुभयो ।

दलित, महिला, जनजाति, मधेशी, मुश्लिम र मजदूर, किसान, गरीवहरुको साझा लडाइले मात्र हामी जित्न सक्छौं नत्र अरुलाई स्वीकार गर्नुको विकल्प हुने छैन । हिजो राणाकालमा शासकका बीचमा राणाहरु तगारो थिए, पंचायतमा पंचहरु थिए, राजाकालमा राजा थिए तर अब शासक र शासितको बीचको लडाई आम्नेसाम्ने हुने भयो तर यसले समय लामो लिन सक्छ तर जित निश्चित छ सुनिश्चित छ , उहाँको विचार फेसवुक स्टाटसमा छ । 
उता प्रहरी पक्षका डियस्पी ईनेस्पेक्टर लगाएत १० जना घाईते भएको थाहा हुन आएको छ आन्दोलनका घोषित कार्यक्रमहरु मध्ये भोली वुधवार साउन २१ गते १२ वजे काठमाण्डौमा दशौ हजारको सहभागीतामा वृहत र्याली गरी जन शक्ति प्रदर्शन गर्ने भएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: