जागरण मिडिया सेन्टर

Home » दलित समाचार » दलित संघर्ष समितिद्वारा बिहानै चक्काजाम

दलित संघर्ष समितिद्वारा बिहानै चक्काजाम

२०७२ साउन १९ ताप्लेजुङ,-जागरण मिडिया सेन्टर ।

तल्लोदेखि माथिल्लो निकायसम्म दलित समुदायको समानुपातिक प्रतिनिधित्वलाई संविधानमै सुनिश्चितता गर्नुपर्ने भन्दै दलितहरुले आज (मंगलबार) बिहानै एकघण्टा चक्का जाम गरेका छन् ।

ताप्लेजुङ, पाँचथर लगायतका जिल्लाका राजमार्गमा बसेर बिहान ६ देखि ७ बजेसम्म यातायात अवरुद्ध पारेका हुन् । दिउँसो देशभरी खबरदारी सभा गर्ने संयुक्त राजनीतिक दलित संघर्ष समितिले जनाएको छ ।

समितिद्वारा प्रेषित विज्ञप्ति अनुसार संघमा तीन, प्रदेशमा पाँच र स्थानीय निकायमा १० प्रतिशत थप दलित प्रतिनिधित्व हुनुपर्ने, प्रतक्ष्यतर्फ दलित समुदायबीच मात्रै प्रतिष्पर्धा गराउनु पर्ने, राज्यका सबै निकायमा क्षतिपुर्ति स्वरुप थप प्रतिनिधित्वको संवैधानिक व्यवस्था गरिनुपर्ने माग राखिएको छ ।

यस्तै सरकार र दलितबीच २०६९ जेठ १३ गते भएको सहमतिलाई अक्षरस पालना गर्नुपर्ने, अन्तरिम संविधानमा भएका अधिकार समेत कटौती भएकाले त्यसलाई समाबेश गर्नुपर्ने लगायतका माग राखिएको छ ।

http://www.ekantipur.com/np/2072/4/19/full-story/414017.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: