जागरण मिडिया सेन्टर

Home » दलित समाचार » विजुलीबजारमा झडप ३ डिएपीसहित एक दर्जन प्रहरी र केही सभासद घाइते

विजुलीबजारमा झडप ३ डिएपीसहित एक दर्जन प्रहरी र केही सभासद घाइते

२०७२, साउन १९ जागरण मिडिया सेन्टर

विभिन्न दलहरुका सभासद मिलेर गठन भएको दलित संघर्ष समितिले काठमाडौंमा विजुली बजारमा आयोजना गरेको विरोध कार्यक्रममा झडप हुँदा ३ डिएसपीसहित झण्डै एक दर्जन प्रहरी घाइते भएका छन् ।

यसैगरी, झडपका क्रममा केही सभासद र दलित नेता समेत घाइते भएका छन् । प्रहरीकाअनुसार झडपका क्रममा विरोधकर्ताहरुको आक्रमणबाट ३ जना डिएसपी, १ इन्सपेक्टर, १ असई र १ हवल्दार घाइते भएका छन् । यस्तै १० जना प्रहरी पनि घाइते भएका छन् । घाइते भएकाहरुमा डिएसपी रेवती ढकाल, दानबहादुर कार्की र सन्तोष खडका रहेका छन् ।

घाइते हुने सभासदहरुमा नेपाली कांग्रेसका सभासद मानबहादुर विश्वकर्मा, नेकपा एमालेका सभासद जितु गौतम एकिकृत नेकपा माओवादीका सभासद दलजित श्रीपाईली समेत रहेका छन् । पूर्व सभासद दलजित श्रीपाईलीको मुखमा चोट लागेको छ । त्यसैगरी दलित अधिकारकर्मी गणेश विकको टाउकोमा चोट लागेको छ ।

दलित अधिकारकर्मी दुर्गा सोव, कमला हेम्चुरी, सहेक विश्वकर्मा, रण वहादुर रम्तेल, पुष्प वादी भद्रमान मोते, दिनेश हरिजन लगाएतका दर्जनौ अधिकारकर्मीहरुलाई सामान्य चोट लागेको छ ।

विजुली बजारबाट र्‍याली नयाँ बानेश्वरतिर बढ्न खोजेपछि झडप भएको थियो । प्रहरीले रोक्न खोज्दा आफूहरुमाथि ढुंगा मुढा प्रहार भएको जनाएको छ भने दलित नेताहरुले भने प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएका छन्  ।

http://www.nepalipatra.com/news/detail/16091/14

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: