जागरण मिडिया सेन्टर

Home » दलित समाचार » दलित प्रदर्शनमा धरपकड

दलित प्रदर्शनमा धरपकड

बसन्त बस्नेत

२०७२, साउन २० जागरण मिडिया सेन्टर


संविधान मस्यौदामा दलित हक काटिएको भन्दै विरोधमा ओर्लेका दलित नेता, कार्यकर्तालगायत प्रदर्शनकारीले मंगलबार बिहान राजधानीलगायत देशैभर एक घण्टा चक्काजाम गरे। त्यसक्रममा प्रहरीले जाम खुलाउन खोज्दा ५० भन्दा बढी दलित घाइते भएका छन्।

कांग्रेस केन्द्रीय सदस्य तथा सभासद् मानबहादुर विश्वकर्मा, एमाले सभासद जितु गौतम, सभासद दलजित श्रीपाली, नेताहरू रणेन्द्र बराइली, गणेश विक, विनोद पहाडी, भद्रमान मोते, दिनेश हरिजन, कमला हेम्चुरी घाइते भए। त्यसैगरी अधिकारकर्मी पदम सुन्दास, सरु सुनुवार, दुर्गा सोब, रणबहादुर रम्तेललगायत घाइते छन्। अधिकांशको टाउको, हात र खुट्टामा चोट लागेको छ। घाइतेहरूको मीनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ।

निषेधित क्षेत्र तोड्न खोज्दा प्रतिरोध गरेको प्रहरीले जनाएको छ। तर आफूहरू निषेधित क्षेत्रभन्दा दुई सय मिटरभन्दा पर बिजुलीबजारमा छँदा प्रहरीले आक्रमण गरेको कांग्रेस सभासद मानबहादुर विश्वकर्माले कान्तिपुरलाई बताए। ‘सभासदको लोगो लगाएर आएका साथीहरूलाई समेत प्रहरीले छानीछानी आक्रमण गर्‍यो,’ उनले भने, ‘शान्तिपूर्ण संघर्षमा व्यक्त भावनाको सरकारले अपमान गरेको छ।’

सर्वदलीय दलित राजनीतिक संघर्ष समितिले संयोजन गरेको जुलुसमा आक्रमण भएको भन्दै नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेपाल दलित संघ, एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज, नेकपा माले, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चालगायतले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी प्रहरी आक्रमणको निन्दा गरेका छन्। प्रहरीका एसपी विश्वराज पोखरेलले भने कान्तिपुरसँग कुरा गर्दै आफूलगायत थुप्रै प्रहरीहरू संयमित रहँदासमेत आन्दोलनकारीको निसानामा परेको दाबी गरेका छन्।

यसैबीच, सभामुख सुवास नेम्वाङले मंगलबार बिहानको घटनाबारे स्पष्ट पार्न सरकारलाई रुलिङ गरेका छन्। संसद्मा दलित सभासदले आफूहरू शान्तिपूर्ण प्रदर्शनमा रहेका बेला प्रहरीले व्यापक धरपकड गरेको भन्दै आवाज उठाएपछि नेम्वाङले घटनाबारे सदनलाई जानकारी दिन सरकारलाई निर्देशन दिएका हुन्।

पहिलो र दोस्रो संविधानसभामा सर्वसम्मतिले पारित दलित हक मस्यौदा समितिले काटेको भन्दै दलित नेता र अधिकारकर्मीहरू आन्दोलनमा छन्। आफ्ना मागहरू सुनुवाइ हुनुको साटो उल्टै दमन हुनु अनौठो भएको भन्दै उनीहरूले मागहरू सम्बोधन नभए आन्दोलन कडा पार्दै लैजाने चेतावनी दिएका छन्

http://www.ekantipur.com/kantipur/2072/4/19/full-story/351871.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: