जागरण मिडिया सेन्टर

Home » प्रेस विज्ञप्ति » प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

२०७२, साउन २० जागरण मिडिया सेन्टर

जातीय विभेद बिरुद्ध विश्व मंच

GLOBAL FORUM AGAINST CASTE BASED              DISCRIMINATION (GFACD)

  निर्माणाधीन नेपालको नयाँ संविधानमा दलित समुदायका हक र अधिकार सुनिश्चित गराउने उद्देश्यले सम्बन्धित निकायलाई दवाव दिनका निमित्त विभिन्न पार्टीका दलित भातृसंगठनहरुको संयुक्त राजनीतिक संघर्ष समिति, दलित नागरिक समाज, सभासद समन्वय समिति लगायत दलित समुदायका हक हितका निमित्त स्थापित बिभिन्न संघ संस्थाहरुले संयुक्त रुपमा हीजो साउन १९, २०७२ गते काठमाडौंमा आयोजना गरेको शान्तिपूर्ण आन्दोलनको क्रममा सरकारका तर्फबाट प्रहरीले हस्तक्षेप गरी २६ जना भन्दा बढी नेता, कार्यकर्ता, सभासद लगायतलाई घाइते बनाएको घटनाले‘जातीय बिभेद बिरुद्ध बिश्व मंच’ (Global forum Against Caste Based Discrimination) ले दुख व्यक्त गर्दै घोर भर्सना गर्दछ ।

पूर्व घोषित कार्यक्रम अनुसार नयाँ संविधानमा दलित अधिकार सुनिश्चित गराउनका लागि शान्तिपूर्ण आन्दोदनमा उत्रिएका आन्दोलनकर्मीहरुमाथि प्रहरीले गरेको हस्तक्षेप, कुटपिटले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने नागरिकका सामान्य अधिकारमा समेत बन्चित गरेको छ । गिरफ्तार गरिएका व्यक्तिहरुलाई तुरन्त रिहा गर्न, घाइतेहरुको शिघ्र निशुल्क उपचार गराउन, दोसी माथि कडा कार्वाही र यस प्रकारका शान्तिपूर्ण प्रदर्शन गर्न लगाइएको बन्देज तुरुन्त रोक्न ग्लोबल फोरम जोडदार माग गर्दछ । घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै यस्ता निन्दनीय कार्यहरु पुन: दोहोरिन गएमाजातीय बिभेद बिरुद्ध बिश्व मंच अन्तर्राष्ट्रियस्तरमा पुग्ने समेत सबैमा जानकारी गराउन चाहन्छौं ।
धरम बिश्वकर्मा                                          
संयोजक
ग्लोबल फोरम                                                                 
 
मिति : अगस्ट ४, २०१५
 Source: nepaldalitinfo
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: