२०७२ साउन २१, जागरण मिडिया सेन्टर ।
संविधान निर्माणको काम अन्तिम चरणमा पुगिरहँदा संविधानसभा भवन आसपास दिनहुँ आन्दोलनकारीको नियन्त्रणमा हुन्छ ।
बिहान १० नबज्दै थरीथरीका आन्दोलनकारी सडकमा निस्कन्छन् । र, नाराबाजी सुरु गरिहाल्छन् । उनीहरुको हाउभाउ पनि हेर्न लायक देखिन्छ ।
आन्दोलनकारीका अनेक रुप देखिन्छन् । हिन्दू धर्मराष्ट्र माग्ने, जातीय राज्य माग्ने, महिलाका नाममा नागरिकता माग्ने, आदिवासी, जनजाति, अल्पसंख्यक, महिला, दलितसहित विभिन्न समूहको कब्जामा हुन्छ सडक ।
दिउँसोभर माइतीघर–तीनकुने सडक हिंडिनसक्नु हुन्छ । जिल्ला प्रशासन कार्यालयले पश्चिममा बिजुलीबजार र पूर्वमा मीनभवनसम्म निषेधित क्षेत्र घोषणा गरेकाले सबै प्रदर्शनकारी त्यहिं जम्मा हुन्छन् र भट्याउन थाल्छन् ।
विपरीत माग गर्नेहरुको जम्काभेट त्यहिं हुन्छ । सम्भावित झडप रोक्न बाक्लोगरी प्रहरी तैनाथ गरिएका देखिन्छन् । बुधबार पनि आन्दोलनकारीको भीड त्यस्तै देखियो । हेरौं बुधबारका आन्दोलनकारीहरु–
http://www.ekantipur.com/np/2072/4/20/full-story/414142.html